मगर समाज सेवा केन्द्रको भवन उद्घाटन

Read Time:2 Minute, 11 Second

फोटो फिचर सहित दीपा आले मगर

काठमाडौ

ललितपुर , २४ फागुन – मगर समाज सेवा केन्द्र ललितपुरको नवनिर्मित समाज घरको आज एक भब्य कार्यक्रम गरी उद्घाटन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अर्थमन्त्री वर्षमान पुनमगरले सो समाज घरको उद्घाटन गरे ।  

नवनिर्मित भवनको उद्घाटन गर्दै समाजमा नमुना समाज घर बन्न  सफल भएकोमा शुभकामना ब्यक्तगरे । उनले अब बन्ने संविधानमा राज्यदेखि दविएका, हेपिएका जनताको भावना लेखिनु पर्ने बताए  ।   राज्यले मगर समुदायलाई राज्यको मूलधारमा समेट्न नसकेको बताउंदै अब स्वम मगर समुदाय नै आफ्नो हक अधिकारको लागि एकजुट भएर अगाडि बढ्नु पर्ने बताए । साथै मगर समुदायले आफ्नो पहिचानलाई संरक्षण गर्दै अगाडि बढनु पर्ने पनि बताए ।  

 २०५२ सालमा सुरु भएको मगर समाज सेवा केन्द्रको भवन निर्माणमा कुल रकम ९४ लाख, ८६ हजार ७ सय ५७ रुपिया लागेको समाजका अध्यक्ष  मिनबहादुर बलालम गरलेबताए । भवन दुई तले रहेको छ । भुई तलामा ६  कोठा २ टवाइलेट २ स्टोर र हल रहेको छ भने दोस्रो तलामा ३ कोठा सहितको भवन निर्माण भएको छ ।

कार्यक्रममा नेपाल मगर संघका अध्यक्ष महेन्द्र थापामगर, नेपाली कांग्रेसका सभासद डा. कृष्ण बहादुर छन्ताल थापामगर, क्याप्टेन जमानसिंह रानामगर लगायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा मगर भाषाका गीत र नृत्य समेत प्रस्तुत गरिएको थियो । पछिल्लो समय यता मगर  समुदायमा जनचेतनाको विकासले गर्दा कार्यक्रममा मगर समुदायको संख्या बढ्दै गईरहेको सहभागीहरुले बताए ।

 

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %