‘तमुको संस्कार र सँस्कृति’ नामक किताब बिमोचन

Read Time:3 Minute, 31 Second

मनोज धर्ती मगर

पोखरा, २० फागुन – लेखक पोल बहादुर तमु द्धारा लिखित जनजाति भित्र तमुको संस्कार र सँस्कृति किताबको एक कार्यक्रमका बिच विमोचना गरिएको छ ।  

  पुस्तकको सोमबार तमु प्ये ल्हुँ संघ केन्द्रीय अध्यक्ष लेफ्टीनेट रुप बहादुर तमु  र तमु प्ये संकलन समितिका संयोजक लेफ्टीनेट इन्द्र बहादुर तमुले सयुक्त रुपमा विमोचन गरे । किताबको विमोचना गर्दै तमु प्ये ल्हुँ संघ केन्द्रीय अध्यक्ष लेफ्टीनेट रुप बहादुर तमुले पुस्तकले तमु जातिको संस्कार संस्कृति प्रवद्र्धनमा टेवा पुग्ने दावी गरे । उनले तमु भएर पनि तमुको संस्कार र सँस्कृतिमा अनविज्ञहरुलाई पुस्तकले साक्षात्कार गर्ने विश्वास व्यक्त गरे । उनले प्यें ल्हुँ संघले पुस्तकलाई देश विदेश सम्म पुर्याएर सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।  

त्यसैगरि प्ये संकलन समितिका संयोजक लेफ्टीनेट इन्द्र बहादुर तमुले किताब समय सान्दार्भिक भएको बताए । उनले तमु जातिको इतिहास मै पहिलो पटक प्यें सम्मेलित पूस्तक प्रकाशन भएको दावी गर्दै यसले संस्कर सँस्कृति जगेर्ना ठुलो महत्व खेल्ने बताए । उनले किताब आदीवासी जनजाति प्रादायक रहेको भन्दै समुदायमा लोकप्रिया समेत बन्ने ठोकुवा गरे । विमोचन कार्यक्रममा बोल्दै लेखक पोल बहादुर तमुले पुस्तकमा २० वर्ष देखि विभिन्न पत्रपत्रिकामा प्रकाशन भएका १२ वटा लेखहरुलाई समावेश गरिएको जानकारी दिए । उनले किताब तमु शस्त्र र भाषालाई आधार बनाएर लेखिएको भन्दै प्राविधिक त्रुटिहरु भए सुझाव सल्लाह दिन आग्रह गरे ।  

पौरे शाखाको आयोजनामा भएको विमोचन कार्यक्रममा बोल्दै तमु प्ये ल्हुँ संघ केन्द्रीय सदस्य आइ बहादुर तमुले तमु जातिका लागि निकालिएका पूस्तकहरु मध्येको सर्वोकृष्ट पूस्तक बन्ने दावी गरे । उनले रु भाषा, संस्कर सँस्कृति भएर पनि वेखबर बनेको जिकिर गर्दै पूस्तकले प्यें को खुलासा गरेको बताए ।

पौरे शाखाका अध्यक्ष सुवेदार नर बहादुर तमुको अध्यक्षतामा सम्पन्न कार्यक्रम तमु प्येँ ल्हुँ संघका केन्द्रीय महासचिव तथा किताब प्रकाशक पोल बहादुर तमुले संचालन गरेका थिए । लेखक पोल बहादुर तमु कास्कीको सिक्लेसमा विंक्रम सम्बत २०२८ सालमा जन्मेका थिए ।  त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्रमा एम ए गरेका तमु एम फिल गर्ने तयारीमा छन् । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %