प्रथम ओलम्पियन नामसिँ थापा मगरलाइ सम्मान

Read Time:7 Minute, 49 Second

राज्यसत्ता (बार्सा )सम्बादाता

१५ फागुन, काठमाडौं – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रथम नेपाली ओलम्पियन मध्येका क्या.नामसिंह थापा मगर र क्या. रामप्रसाद गुरुङलाई ‘स्व. गजराज जोशी खेल आदर्श व्यक्ति अवार्ड- २०६९’ बाट १३ गते मंगलबार सम्मानित गरेको छ ।

१९६४ मा जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा नेपालले पहिलोपटक सहभागिता जनाउदा दुवैले बक्सिङमा प्रतिस्पर्धा गरेका थिए । उनि लगाएत क्या. राम प्रसाद गुरुंग ,भिम बहादुर थापा मगर र ओम प्रसाद पुन मगरले पनि भाग लिएका थिए । उनिहरु चारै जनाले बक्सिङमा प्रतिस्पर्धा गर्न बेलायति सेनामा कार्यरत रहदा हङकङ बाट सिदै जापान पुगेका थिए । ऐथ्लेटिक्सको म्याराथनका भुपेन्द्रबहादुर शाही र गंगाबहाद थापा क्षेत्री नेपाल बाट गएका थिए,हाल ति दुबै जनाको मृत्यु भैसकेकोछ ।

क्याप्टेनद्य मगर र गुरूङलाई जनही २५ हजार, प्रशंसा पत्र र डाबर नेपालको गिफ्ट हृयाम्पर प्रदान गरियो । यो पुरस्कार स्व. गजराज जोशी ट्रस्टले प्रायोजन गरेको हो ।

त्यस्तै वर्ष २०६९ मा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न १९ खेलका उत्तिकै खेलाडीलाई खेलाडी संघले एनएनआईपीए स्पोर्ट्स अवार्ड प्रदान गरेको छ । आठौं संस्करणको अवार्ड पाउनेमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का, भारोत्तोलनका कमलबहादुर अधिकारी, बक्सिङका दीपक महर्जन, करातेका सुनील लामा, फुटबलका सन्दिप राई, तेक्वान्दोकी यानकुमारी चौलागाईं, ब्याडमिन्टनकी सरादेवी तामाङ, भलिबलका सञ्जय अर्याल, उसुकी चाहना बमजन लामा, टेबलटेनिसकी नविता श्रेष्ठ, पौडीकी श्रेया धिताल, जुडोकी देवकीमाया श्रेष्ठ, लनटेनिसका जितेन्द्र परियार, क्यानोइङका महादेव कट्वाल, कुस्तीका सत्येन्द्र यादव तथा इक्वेस्टि्रयन -घोड चढी) का रामहरि खड्का छन् । उनीहरुलाई ट्रफी र गिफ्ट हृयाम्पर दिइयो ।

त्यस्तै कार्यक्रममै अनुपस्थित सुटिङकी स्नेहाराज्यलक्ष्मी राणा, हक्कीका दीपेन्द्र ऐर र स्कीका डा छिरी शेर्पा पनि सम्मानित हुनेको सूचीमा रहे ।

 

  राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङ, युवा तथा खेलकुद मन्त्रालयका युवा तथा खेलकुद मन्त्रालयका निमित्त सचिव शान्तिराम शर्मा र सह-सचिव सूर्यप्रसाद शर्मा, खेलाडी संघका अध्यक्ष दीपक विष्ट र महासचिव दीपक श्रेष्ठलगायतले अवार्ड प्रदान गरेका थिए । चाहना र श्रेया भने कार्यक्रममा उपस्थित थिएनन् । चाहनको तर्फबाट पिता अशोककुमार र श्रेयाको तर्फबाट पूर्व चर्चित पौडी खेलाडी नयना शाक्यले पुरस्कार ग्रहण गरे । कार्यक्रममा खेलाडी संघको झण्डा विश्वको सर्वोच्च शिखर सागरमाथामा पुर्याएका अल्ट्राधावक एवं आरोही सञ्जय पण्डितलाई पनि अभिनन्दन गरिएको थियो ।

नामसिँको नाम अनुसारको काम ,राष्ट्रको शान

नामसिँ थापा मगरलाइ खेलाडिको नामले मात्र चिनेमा अलिक अन्याय हुनेछ । उनि समाजसेवामा पनि उत्तिकै सक्रिय र अभिरूचि राख्ने ब्याक्ति हुन् । उनि हङकङमा बस्दा होस या घर बिदा नेपालमा जादा होस सामाजिक क्षेत्रमा उत्तिकै चाँसो राख्छन । हालैमा पनि उनि २१ जनवरिमा नेपाल जाँदा आफ्नो जन्मेको ठाउं श्याङजा , मनकामना गाबिस,वार्ड नं ५ , बलेवमा रहेको जनजाग्रिति मा.बि.को भवन, गेट,बाटो  निर्माण लाइ करिब एक लाख ५० हजार रूपैया सहयोग गरे । उनि अर्काको दुख्ख देखनै सक्दैनन् ,दिन दुखिलाइ साथ दिएर रमाउन चहान्छन् नामसिँ थापा मगर । हालैमा पनि सोहि स्कुलमा कक्षा ५ मा अध्यान्रत आफ्नो आमा बाबुलाइ गुमाएकामा  गरिब तथा जेहेन्दार दलित बिध्यार्थीलाइ स्कुलको पोशाक , कापी कलम सहित १० हजार रूपैया सहयोग गरे ।

  त्यस्तै बलेवा गाउँमा रहेका अशक्त बिमारि भुलबहादुर गाहा मगर बर्ष ४० लाइ पनि औषधी उपचारको लागी १० हजार रूपैया सहयोग गरे र फर्केका छन् नामसिँ थापा मगर । उन्को सहयोग  यतिमा मात्रै सिमित रहेन यो पटक। बुटवल,मिलनचोकमा रहेको भु.पू कल्याण कलबलाइ २५,०००/-रूपैयाको L.C.D,T.V किनेर दान दिएका छन् । पक्षिम बिकाश संघलाइ रू. ५,०००/- रूपन्देहिकै पथ्थरगंज गाउँ बिकास समितिको भवन निर्माणलाइ रू. २५,०००/- र गाउको भाइखलकल मगर कुलदेउँतालाइ रू.२५,०००/- सहयोग गरेका छन् यो पटक । 

नेपाल मगर संघको केन्द्रिय भवन खरिदमा १ लाख रूपैया,मगर समाजका आदीकबि जितबहादुर सिँजाली प्रतिष्ठान लाइ १ लाख रूपैया ,मास्टर मित्रसेन प्रतिष्ठान, नेपालका प्रथम शहिद लखन थापा मगर,मोटरसाइकल दुर्घटनामा पर्नु भएका मगर समाजका अग्रणी , जनजातिका बादशाह नेता गोरेबहादुर खपांगी लगाएत बिभिन्न संघ सस्थालइ सहयोयग दिदै आएका छन् नामसिँ ।

 

यो त स्वदेशको कुरोभो, हङकङमा बस्दा पनि त्यस्तै अनगिन्ति सहयोग दिएको मध्ये लुम्बिनि मँच हङकङलाइ ३१३१ /-डलर चन्दा दिएको स्मरण गरे उनि । जातिय सस्था होस या क्षेत्रिय,राजनितिक होस या धार्मिक कुनै सस्थालाइ खालि हात फर्काको छैन ,राज्यसत्ता संगको भेटमा अगाडी थप्दै गए । 

करिब एक महिनाको नेपाल बसाइमा कतै सहयोग,कतै सम्मान पाएर क्या. थापा मगर आजै नेपाल बायुसेवा निगमबाट हङकङ अवतरण हुदैछन् ।क्याप्टेन नामसिँ थापा मगरलाइ राज्यसत्ता परिवार हार्दिक बधाइ दिदै यात्रा सफल्ताको शुभकामना दिन चहान्छ ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %