छिरिङ तेन्जिङ शेर्पा
काठमाण्डौ , फेब्रुआरी २०-शेर्पा भाषाको पहिलो कथानक चल्चित्र ‘कुसुम’ को आज बिशेस प्रद्शन भयो। राजधानीको गोपिक्रिश्ण हलमा भएको यो पर्दशनमा हजारौ शेर्पा समुदायको ब्याक्तीहरुले ‘कुसुम; चल्चित्र हेरेका छन ।
शेर्पा आदीबासी चल्चित्र प्रालीद्वारा निर्माण गरिएको करिव अढाई घन्टा लामो चल्चित्रमा शेर्पा समुदायको परम्परागत् जीवन शैली र पेशा सँग प्रत्यक्ष सम्बन्ध रहेको कथा बस्तुहरु समाबेस गरिएको छ भने जन्म, म्रित्यु, बिबाह कूल पुजा जस्तो महत्वपुर्ण साँस्क्रितिक र धार्मिक पर्वहरुको राम्रो सँग चरित्रचित्रण गरेको छ।
शेर्पाहरुको ठुलो बस्ति रहेको दो-ल-खा जिल्लामा अधिकाँस छ्यङकन गरिएको चलचित्र निक्कै रोचक र सुचनामुलक चेतनामुलक रहेका छन। अभिनेत्री सौजन्य सुब्बाले शेर्पा युवतीको भूमिका गरेकी छन् । सागर सुब्बाले निर्देशन गरेको सो चलचित्र हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको परम्परागत पेसा चौरीचरनबारे आधारित रहेको देखिन्छ।
दीपेन्द्र दोङ तामाङको कथा तथा पटकथा रहेको यस चलचित्रमा छायांकन रवीन्द्र बराल र सम्पादन शिव शर्माको रहेको छ । लचित्रमा सौजन्यका अलावा कर्मा शेर्पा, डाल्मा शेर्पा, अर्चन राई, अनिता लामा, सुप्रिम कटवाल गायतको मुख्य अभिनय छ ।
‘कुसुम’ को संगीत फारादेन्डी शेर्पाले दिएका छन् । शेर्पा समुदायको महान पर्व नयाँ बर्ष तलो लोसार पर्वको अवसरमा यो चलचित्र रिलिज भएको हो। आफ्नो पहिचानको जगेर्न गर्नु पर्ने र गराउनु पर्ने यो चल्चित्रको प्रमुख बिसेषता हो । स्मरणिय रहोस ‘कुसुम’ को अर्थ शेर्पा भाषामा त्रिदेव अर्थत त्रिरत्न हो।