अमेरिकामा लखन दिवश,मगरलाइ मन्डेला बनाउन माग

Read Time:9 Minute, 55 Second

प्रदिप थापा मगर

न्यू योर्क ,फेब्रुवरी १६ तारिख “लखन थापालाई मगर होइन मन्डेला बनाऔं, गोर्खालाई ग्लोबल बनाऔं” नेपालसंग शहीद लखन थापा मगरलाई प्रथम शहीद घोषणा गर्न माग न्यू योर्क- न्यू योर्क शहरका नेपालीहरुले नेपालका प्रथम शहीद लखन थापा मगरको १३७ औं स्‍मृति दिवस मनाएकाछन्।

Nepal’s first martyr Lakhan Thapa Magar’s 137th memorial was celebrated by Nepalese organizations in New York on February 16, 2014. Photos:eEyecam.com

फेब्रुवरी १६ तारिख आईतवार न्यू योर्कको ज्याक्सन हाइट्सस्थित ओम शक्ती मन्दिरमा आयोजित उक्त स्‍मृति दिवस संयुक्तरुपमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), गैर आवासीय नेपाली संघ अमेरिका (NRN USA), नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मंच अमेरिका, नेपाली तराईन संघ अमेरिका र संघिय लिम्बुवान समाज अमेरिकाद्वारा आयोजना गरिएको थियो।

 The participants at the 137th memorial or Nepal’s first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos:eEyecam.com

स्‍मृति समारोहमा संयुक्त राष्ट्र संघकोलागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत दुर्गाप्रसाद भट्टराई प्रमुख अतिथिकोरुपमा उपस्थित थिए भने बिशेष अतिथि मिनिस्टर काउन्सिलर घनश्याम लम्शाल उपस्थित थिए । समारोहमा ३५ वटा संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

Chief Guest and Ambassador to UN H.E. Durga P. Bhattarai (left) and Federation of Indigenous Peoples of Nepal in America (FIPNA) President Luisang Waiba Tamang paying tribute to Nepal’s  first martyr Lakhan Thapa Magar at his 137th memorial in New York on February 16, 2014. Photos:eEyecam.com
प्रथम शहीद लखन थापा मगर को हुन्? नेपालका प्रथम शहीद कहलिएका लखन थापा मगरको जन्म सन् १८३५ मा नेपालको गोर्खा जिल्लाको बुङ्कोटमा भएको थियो । प्रथम शहीद थापालाई जहाँनिया राणा शासनको बिरोध गर्दा श्री ३ जंगबहादुर राणाको ठाडो आदेशमा १३७ बर्ष अघी बिसं १९३३ (सन् १८७६) फागुनको पहिलो हप्ता उनकै गाउँ गोर्खा जिल्लाको बुङ्कोटमा झुन्ड्याई मारिएको थियो। शहीद थापाबारे बिस्त्रित जानकारीकोलागि यो लेख पढ्नुहोस्: यस कारण हुन् लखन थापा मगर (द्वित्तीय) नेपालको प्रथम शहीद


Nepal’s First Martyr Lakhan Thapa Magar. Imaginative portrait by Tekbir Mukhiya for Laaphaa cultural magazine (www.laaphaa.com).
उक्त स्‍मृति दिवस समारोहमा देशकोलागि जीवन बलिदान दिने ज्ञात अज्ञात शहीदहरुको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरि सुरु गरिएको थियो भने प्रथम शहीद लखन थापा मगरको तस्बिरमा परम्परागत खादा चढाई श्रध्दा सुमन ब्यक्त गरिएको थियो ।

 The participants at the 137th memorial or Nepal’s  first martyr Lakhan Thapa Magar in New York on February 16, 2014. Photos:eEyecam.com

स्‍मृति समारोहमा प्रथम शहीद लखन थापा मगरप्रति समर्पित बिशेष शहीद गीत “सेनानी हे मुक्तिका युग पुरुष लखन, चढाउँछौं, हार्दिक मनले, श्रध्दा सुमन” भन्ने गित बजाईएको थियो । उक्त गीतको रचना सन् २०११ मा टिका पुन मगर र राजेश थापा मगरले गरेका हुन् भने गायक एबं संगीतकार जगदीश समाल मगरले संगित कम्पोज गरेका हुन्।

Song of Nepal’s First Martyr Lakhan Thapa Magar:
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्ष लुईसाङ वाईबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिषय वक्ताकोरुपमा समाजसेवी एबं ईम्पावोर दलित वूमन अफ नेपाल (एड्वान) बोस्टनकि संस्थापक डा. बिष्णुमाया परियारले प्रथम शहीद लखन थापा मगरकोबारेमा प्रकास पारेकी थिईन्।

 

समाजसेवी डा. परियारले आफू प्रथम शहीद लखन थापा मगरकै गृह जिल्ला गोर्खा र छिमेकी गाउँको भएकोमा खुशी ब्यक्त गर्दै तर प्रथम शहीद लखन थापा कुनै क्षेत्र, जाति बिशेष मात्रको नभै सम्पूर्ण राष्ट्रकै नायक रहेको उल्लेख गरिन्। उनले प्रथम शहीद लखन थापा जन्मेको स्थानलाई पर्यटकीय स्थलकोरुपमा बिकास गर्नु पर्ने, गोर्खा जिल्लालाई राष्ट्र निर्माता प्रिथ्बीनारायण शाहको नामले मात्र नभै प्रथम शहीद लखन थापाको नामले चिनाउनु पर्ने, गोर्खा नगरपालिकालाई प्रथम शहीदको नाममा नामकरण गर्नु पर्ने, बिद्यालय पाठ्यक्रममा प्रथम शहीद थापाबारे राखिनु पर्ने र उनको नाममा एक अक्षय कोश स्थापना गरी प्रथम शहीद थापाको गाउँका गरीब बालबालिकाहरुलाई छात्रब्रिती प्रदान गर्नु पर्ने माग गरिन्।

 

Chief  Guest and Ambassador to UN H.E. Durga P. Bhattarai (center) receiving a photo frame of Nepal’s  first martyr Lakhan Thapa Magar from Federation  of Indigenous Peoples of Nepal in America (FIPNA) President Luisang  Waiba Tamang  at the 137th memorial of martyr Thapa in New York on February 16, 2014. Photos:eEyecam.com
प्रमुख अतिथी महामहिम राजदूत दुर्गाप्रसाद भट्टराईलॆ शहीद थापाबारे ईतिहासका पुस्तकहरुमा गरिएको चर्चाबारे उल्लेख गर्दै आयोजकहरुले बुझाएको ज्ञापन पत्र यथाशिघ्र नेपाल सरकारको प्रधानमन्त्री शुसिल कोईराला समक्ष पुर्याउने प्रतिबध्दता जनाउदै प्रथम शहीद लखन थापा मगरलाई मान्यता दिनेबारेमा बिभिन्न प्रकियाहरुबाट पनि सक्रिय पहल गर्नु पनि उत्तिकै आवस्यक रहेको जानकारी गराए ।

 

The organizers submitting memorandum to Chief  Guest and Ambassador to UN H.E. Durga P. Bhattarai (center) demanding from Nepal Government to recognize martyr Thapa as Nepal’s  first martyr at in New  York on February 16, 2014. Photos:eEyecam.com
स्‍मृति समारोहमा आयोजक संस्थाहरुकोतर्फबाट राजदूत दुर्गाप्रसाद भट्टराईसमक्ष्य नेपाल सरकारकोलागि ज्ञापन पत्र हस्तान्तरण गरिएको थियो।
सोही समारोहमा संयुक्त राष्ट्र संघकोलागि स्थायी नियोग न्यू योर्क कार्यालयकोलागि आयोजकहरुकोतर्फबाट चिनोस्वरुप प्रथम शहीद लखन थापा मगरको रंगिन फोटोमा आयोजक सस्थाहरुको नाम लेखेर महामहिम राजदूत भट्टराईलाई प्रदान गरिएको थियो ।

 

स्‍मृति समारोहमा संचारकर्मी एबं अधिकारकर्मी शैलेश श्रेष्ठले लखन थापालाई मगर र नेपालीको मात्र नभै दक्षिण अफ्रिकी विश्व प्रसिद्ध अश्वेत राजनेता नेल्सन मन्डेलाको स्तरमा उठाउन लाग्नु पर्ने उल्लेख गर्दै गोर्खालाई नेपालमा मात्र सिमित नराखी ग्लोबल (बिश्वब्यापी) बनाउनु पर्ने बताए।

  

स्‍मृति समारोहमा गैर आवासीय नेपाली संघ अमेरिका अध्यक्ष शिवकुमार राई, शिक्षाविद डा. तारा निरौला, कानुनविद रमेश श्रेष्ठ, संघिय लिम्बुवान समाज अमेरिकाको प्रतिनिधि बुध्द चेम्जोङ्ग लिम्बु, नेपाली तराईन संघ न्यू योर्क अमेरिका अध्यक्ष अनिकेत शाह, प्रबासी नेपाली मंच अमेरिका केन्द्रिय सदस्य कृष्णप्रसाद लामिछानेले आ-आफ्नो मन्तब्य राख्दै शहीद थापालाई प्रथम शहीद घोषणा गर्न माग गरेका थिए।
स्‍मृति समारोहमा यहि फेब्रुवरी ५ र ६ मा संयुक्त राष्ट्र संघमा आयोजना भएको अन्तराष्ट्रिय युवा सम्मेलन (UN Winter Youth Assembly) मा नेपालकोतर्फबाट सहभागी भएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको युथ ककस टिमको सहभागी युवा प्रतिनिधिहरुलाई प्रमुख अतिथिको हातबाट प्रसंसा पत्र वितरण गरिएको थियो ।

FIPNA Youth Caucus with the Cheif Guest who participated at UN Youth Forum on February 5 & 6, 2014. Photos:eEyecam.com
स्‍मृति समारोहको संचालन फिप्ना महासचिब मानबहादुर राना मगरले गरेका थिए ।

(यु.एस नेपाल अनलाईन संगको सहककार्यमा)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %