अमरदिप मोक्तान
हलिउड को नायक बन्ने सपना असफल भएता पनि शुशिल कोइराला नेपालका नायक (हिरो) अर्थात गणतन्त्र नेपालका ५ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् । हास्यास्पद कुरा के छ भने शुशिल कोइराला हलिउडको नायक बन्ने सपना किन र कुन आधारमा गरे त्यो वहाँको नितान्त निजी विषय हो तर आश्चर्य लाग्दो के छ भने शुशिल कोइरालामा न त हलिउड नायक जस्तो डाइलग (संवाद) बोल्न सक्ने शैलीछ न त जनतालाई रोमान्चीत तथा मोहित गर्ने शैली, विलकुलै छैन ।
जानकारी अनुसार जिव्रोमा क्यान्सर हुनु अगाडी देखि नै शुशील कोइराला को वोलीमा प्रस्टता थिएन । जे होस हलिउड को नायक बन्ने मूँगेरी लालको सपना त पूरा हुन सकेन संकटग्रस्त नेपालको दुभाग्र्य उही घिसा पिटा पुरानो अनुहार शुशिल कोइराला लगभग ४०५ मत प्राप्त गरेर नेपालका गरिमामय प्रधानमन्त्रि पद प्राप्त गर्न सफल भएका छन् । र विपक्षमा एक सय ४८ मतखसेको थियो । स्मरण रहोस शुशिल कोइरालाद्धारा प्रकट नगरिएता पनी नेपालको प्रधानमन्त्रि पद प्राप्त गर्न प्रति अर्जुन दृष्टी चाँही राखेका थिए । शुशिल कोइरालाले संक्रमणकालिन नेपालको काँडा नै काँडाले भरिएको प्रधानमन्त्रि को मुकुट त प्राप्त गरेका छन् तर राष्ट्रलाई सहि पथमा डोर्याउँदै नेपाली जनाताको हृदयमा विजय प्राप्त गर्न सफल हुने हुन की हलिउड नायक वन्न असफल भए जस्तै प्रथम राउन्डमा नकआउट हुने हुन हेर्न बाँकी छ । प्रथम संविधान सभाको निर्मम हत्या, गैर दलिय सरकारद्धारा दोस्रो संविधान सभाको सफलता पूर्वक निर्वाचन सम्पन्न पश्चात सहमतीय सरकार को रट लगाउँदा लगाउँदै बहुमत प्रणालीद्धारा निर्वाचीत भई शुशील कोइराला प्रधानमन्त्री पद प्राप्त गर्न सफल भएका छन् । शुशिल को नेतृत्वमा ऐतिहासीक पार्टी कांगे्रेसका काँधमा एक बर्ष भित्र नेपाली जनचाहना बमोजिम को संविधान दिने ऐतिहासिक अभिभारा आएको छ । एकातर्फ प्रधानमन्त्रि को चयनले स्थिरता को संकेत देखीएको छ भने दोस्रो तर्फ शुशिल लाई प्रधानमन्त्रि बनाउन महत्वपूर्ण भूमीका निर्वाह गर्ने सहयात्रि पार्टी एमालेद्धारा गृह मन्त्रालय समेत सम्मानजनक मन्त्रालय प्राप्त नभए कूनैपनि हालतमा सरकारमा सामेल नहुने घोषणा ले जनता निरास साथै आक्रोसित भएका छन् । एमाले कांग्रेस विच गृह मन्त्रालय विवादको कारणले उब्जेको तिक्तता यति सम्म बढिसकेको छ कि एमाले प्रभावशालि नेता तथा सचिव विष्णु पौड्यलले अव एमाले लाई गृह मन्त्रालय दिए पनि सरकारमा नजाने अभिव्यक्ति दिएका छन् । कांग्रेसको एमालेसँग दुरी बढेको छ भने निरिह कांग्रेस, एमाओवादीलाई अप्ठ्यारोमा सहयोग गर्न आग्रह गरी रहेको छ ।
कांग्रेस, एमाले विच लिखीत सहमती वारे संचार माध्यम मार्फत सार्वजनिक भएको छ तर अलिखीत सहमति के भयो, के थियो, त्यो कांग्रेस एमालेका व्यक्तिगत विषय हो । राष्ट्रीय हितका लागि मन्त्रिमण्डलमा नजाने अथवा गृह मन्त्रालय दिने, नदिने भन्ने भन्दा पनी कांग्रेस, एमाले पार्टीगत स्वार्थका लागि विवाद को जन्म भएको देखिन्छ । तसर्थ यो विषय नेपाली कांग्रेस तथा एमालेको टाउको दुखाई को कुरो हो नेपाली जनता को होइन ? नेपाली जनताले जनचाहना बमोजिमको संविधान चाहेका छन तथा संविधान निर्माणका लागि नेपाली जनताले आफ्ना अमूल्य मत प्रकट गरेर आफ्नो दायित्व निर्वाह गरी सकेका छन् । संविधान निर्माण गर्ने वातावरण निर्माण गर्नुको सट्टा अहिले पनि कांग्रेस एमालेमा पदलोलुपताको विगतको जस्तै धङधङी यथावत कायम रहेको देखिन्छ । नेपाली जनताले परिवर्तनका लागि शान्ति, शान्तिका लागि, समृद्धि ,समृद्धिका लागि, पहिचांन स्थापनाका लागि तथा राष्ट्रलाई सही मार्गमा डोर्याउन पवित्र ग्रन्थ (संविधान) चाहेका छन तर दुभाग्र्य कांग्रेस एमाले पार्टी लाई चाँही मात्र गृह मन्त्रालय चाहीए को रहेछ ?
राष्ट्रको मुटु संविधान विना नेपाल कहिल सम्म वाच्नु पर्ने नेपाली नेताहरुकोमा यस्को केही जवाफ छ त ? छिमेकी राष्ट्र भारत तथा चिनले सवै क्षेत्रमा छलाङ्ग मार्दै विश्व मानचित्रमा आफ्नो देशको झण्डा गाडेका छन् तर यि दुई समृद्ध राष्ट्रको विचमा रहेको सवै कुराले परिपूर्ण नेपाल अहिले पनी यथास्थितिवादी चिन्तक एकात्मक वादी पक्षधर पद तथा द्रव्य पिपासु नेताको चंगुल बाट मुक्त नहुन सकेका कारण निरिह गरीव राष्ट्रमा परिणत भएको छ । २०१४ मा हुने भारतीय लोकसभा चूनाव को जनमत सर्वेक्षण अनुसार सामान्य चायवाला (चिया वेच्ने) देखि राजनैतिक यात्रा शुरु गरेको वि.जे.पी का प्रधानमन्त्रि उम्मेदवार नरेन्द्र मोदी सफल हुने अनुमान गरीएको छ । संकटग्रस्त नेपालको दूभाग्र्य के छ भने अनुभवहिन शुशिल कोइराला प्रधानमन्त्रि पदका लागि चयन भएका छन ।
भारतका संभावित आगामी प्रधानमन्त्री नरेन्द्र मोदी चायवाला, संकटग्रस्त नेपालको अनुभवहिन प्रधानमन्त्रि शुशिल कोइराला । शुशिल प्रधानमन्त्रि मा निर्वाचित भए पश्चात केही संचार माध्यम ले चाटुकारिता पराकाष्ठा नाघ्दै शुशिल लाई संतको उपमा दिएका छन् । संत जस्तो पवित्र शब्द जहा तहा प्रयोग भएर संतू शब्द सस्तो तथा कलंकीत भएको छ , संत को परिभाषा भित्र शुशील कोइराला कुन आधारमा पर्छन् ?
नेपाली राजनिति मा गृह मन्त्रालय यस्तो प्रभावशाली मन्त्रालय बनेको छ, जुन पार्टी को सरकार आए पनि सवै पार्टी को नेता को दृष्टि मा गृह मन्त्रालय नै हुन्छ । गृह मन्त्रालय देशमा शान्ति, सुव्यवस्था लाई वहाल राख्ने जिम्मेवारी बोकेका मन्त्रालय हो, गृहमन्त्रालयको विषयमा कांग्रेस एमालेको हान थाप तथा अडान का कारण गृह मन्त्रालय शान्ति सुरक्षा वहाली भन्दा पनि सूनको फूल पार्ने मन्त्रालय हो कि भनी आम जनमानसमा चासोको बिषय भएको छ । गृह मन्त्रालयलाई लिएर उब्जीएको खिचलोले कांग्रेस , एमालेको पदलोलुपता उजागर भएकोछ साथै गृह मन्त्रालय पनी कंलकीत भएको छ । नेताहरु को स्वार्थका लागि नेपाल हमेशा अस्थिरताको भूमरीमा फसेर कहिलेसम्म बस्नुपर्ने तथा नेताहरुको कुर्सी तथा पदालोलुपता नाटकको अन्त कहिल हुने? यदी अव पनी नेताहरुले राष्ट्रको जिम्मेवारीलाई बुझेनन् कुर्सीका लागि हमेशा यस्तै प्रकारको नाटक मंचन जारी राखीए यस्ता पार्टीहरुलाई समाप्त पार्न पूनः तेस्रो जनआन्दोलन को आँधी वेरी न आउन भन्न सकिन्न ।
विगतको जस्तै गरी गृह मन्त्रालय आफ्नो मातहतमा राखी प्रहरी, सिडिओ, सरुवा, बढुवामा अर्थ लाभ गर्ने, प्रहरी सि.डि.ओको दुरुपयोग गरी आफ्नो पार्टीलाई विजय बनाउने आफ्ना पार्टीका गुण्डा भ्रष्टचारी लाई जोगाउने जस्ता कुकृत्य गर्नका लागि कांग्रेस एमालेद्धारा गृहमा दावि गरीनु पूरातन शैलीवाट परिवर्तन नहुनुको संकेत हो । कांग्रेस, एमाललेलाई गृह मन्त्रालयनै समस्या हो भने शुशिल लाई प्रधानमन्त्रिमा निर्वाचीत गराउन मत दिएका थरुहट तराई पार्टी नेपाल, दलित जनजाति पार्टी, लगायत साना दलमध्येका सक्षम नेतालाई गृह मन्त्रालय दिएर अन्य मन्त्रालयमा समझदारीपूर्वक भागवण्डा गरीए सजिलै समस्या को समाधान हुने थियो तर कांग्रेस, एमाले द्धारा गृह मन्त्रालय लाई प्रतिष्ठाको विषय बनाई देशलाई अनिर्णयको बन्दी बनाउने प्रयास अति निन्दनिय छ । खबरदार ,राष्ट्रलाई अनिर्णय को बन्दी बनाउन पाइदैन ।
कांग्रेस एमालेले अव भागवण्डा को नाटक मंचनलाई तत्कालै अन्त गर्नु पर्छ, याद रहोस् कांग्रेस एमाले पार्टीको नियत तथा आचरणलाई नेपाली जनताले राम्ररी निहारी रहेका छन् । जनताले माया गरेर ठूलो पार्टी बनाइएका एमाओदीको रावण जस्तोको दम्भ तथा घमण्ड लाई चुर गर्न विवेकशिल नेपाली जनताले प्रथमबाट तेस्रो स्थानमा झारेका छन् । नेपाल राष्ट्र कांग्रेस एमालेको जागीरदारी होइन, नेपाली जनताले विश्वास गरेर राष्ट्रको समस्याको निदान तथा प्रवन्धन गर्न पठाएका हुन् । नेपाली कांग्रेस, एमालेले आफ्नो स्वार्थका लागि राष्ट्रलाई वन्धक बनाउने कार्य जनतालाई मूर्ख सम्झीने जस्ता भूल गरिए नेपाली राजनितीको भूगालवाट भेटीने छन् भनी गम्भीरतापूर्वक मनन गर्न जरुरीछ । चूनावमा जनता तथा राष्ट्रलाई समृद्ध तथा सवल बनाउने प्रतिवद्धता गर्ने चूनाव सम्पन्न पश्चात जनतालाई मूर्ख सम्झीने आचरण नेपाली जनताका लागि असहनिय भएको छ, कांग्रेस एमालेद्धारा जनता समक्ष निस्ठा तथा इमानदारी पूर्वक राष्ट्र तथा जनताको सेव गर्ने कूरा मिथ्या सावीत भएको छ । नेपालका राजनैतिक पार्टीहरुले विगतमा जे जस्ता कुकृत्य गरेता पनि जनताद्धारा सूम्पीएको राष्ट्रिय अभिभारा लाई आफ्नो स्वार्थका लागि राष्ट्रलाई अनिर्णय को वन्दि बनाउने कार्य गलत भएको भनी विचार पु¥याउने की नपु¥याने ? जनताको माया प्राप्त गर्न सके दयावान जनताले स्वर्णजडित सिहांसन मा स्थापित गराउन सक्छन भने जनताको माया तथा विश्वास माथि कुठाराघात गर्ने प्रयास गरिए जनताको ताण्डव नृत्यले भस्म हुन सक्छन् । कांग्रेस एमालेले जनताको हृदयको मर्मलाई बुझ्दै साना तिना कुरामा नअल्झी राष्ट्रलाई अन्योलता को भूमरी वाट दिव्य प्रकास पथ तर्फ डोहोर्याउन पर्छ । ठूलो छाति देखाएर राष्ट्र चिन्तन प्रति समर्पीत भई राष्ट्रलाई निकाश दिन जनचाहना बमोजिम संविधान निर्माण गरी राष्ट्रलाई हस्तान्तरण गर्न सके कांग्रेस, एमाले नेपाली राजनितीका धूव्र तारा बन्ने छन् ।
यदी पूनः प्रथम संविधान सभाको असफलता तथा निर्मम हत्या जस्तै दोस्रो संविधानलाई वलि बनाउन खोजीए राजनैतिक पार्टी तथा नेता नेपाली जनताको क्रोधाग्निको ज्वालमा डढेर खरानी हुनेछन् । न्याय प्रेमी नेपाली जनताले राजनैतिक पार्टीहरुलाई आफ्नो अमूल्य मत दिएर राष्ट्रलाई निकास दिने अभिभारा सुम्पी सकेका छन् । संकटग्रस्त नेपाललाई सहिमार्गमा डोर्याउँदै समृद्धि तर्फ उन्मुख गराएर नेपाली इतिहासमा सम्मानित हुने कि कंलकित हुने नेपाली कांग्रेस एमाले लगायत सम्पूर्ण राजनैतिक पार्टीको हातमा छ ।
डाडाँखर्क, दोलखा