निरङ्कुश राणा शासन विरुद्ध क्रान्तिको विगुल फुक्दा मृत्युदण्ड

Read Time:3 Minute, 12 Second

देबीका घर्ती मगर

दाङ, फागुन ३-नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको १३७ औं स्मृति दिवस शुक्रवार देशभर बिबिध कार्यक्रम गरी मनाईरहदा दाङमा पनि लखन स्मृती दिवस भब्य रुपमा मनाएकोछ। लखन थापा मगरलाई निरङ्कुश राणा शासन विरुद्ध ठूलो जनलहर पैदा गर्दै क्रान्तिको विगुल फुके बापत वि.सं. १९३३ सालको फागुण २ गतेका दिन गोरखा जिल्लास्थित मनकामना मन्दिर अगाडी खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उनी संगसंगै क्याप्टेन जयसिंग चुमि मगर लगाएत अन्य विद्रोहीहरुलाई पनि वलिमा चढाईएको थियो ।

 

यसरी जङ्गबहादुरको जहानियाँ शासनको विकल्पमा सुनौलो विहानी ल्याउन चाहने लखन थापा मगरले तत्कालीन नेपाली जनतामा जगाएको राजनैतिक, सामाजिक एवं धार्मिक चेतनालाई नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भविन्दु मान्न सकिन्छ र यसलाई विशेष महत्वका साथ लिनु आवश्यक छ ।

यसैबिच लखन थापामगरको १३७ औं स्मृती दिवस नेपाल मगर संघ दाङले शुक्रवार एक कार्यक्रमको आयोजना गरी मनाएको छ । संघले घोराही नगरपालिका–२ गुलरियास्थित लखन पार्कमा रहेको लखन थापा मगरको प्रतिमामा माल्यार्पण गरिएको थियो । माल्यार्पण पश्चात घोराहीनगरपालिका–१० नयाबसपार्कमा अवस्थित संघको भवनमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल मगर संघ दाङका उपाध्यक्ष भिमकुमारी बाठामगरको अध्यक्षता एवं संघका पुर्व जिल्ला अध्यक्ष जीतबहादुर बुढामगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । जिल्ला प्रहरीक कार्यालय दाङका प्रहरी निरिक्षक रामप्रसाद घर्ती मगरको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा संघका संस्थापक क्याप्टेन मनबहादुर पुनमगर, लुमाकान्त कवर मगर, नेपाल आदिवासी जनजाति महासंघ दाङका अध्यक्ष तीलबहादुर पुनमगर, संघका सल्लाहकारहरु सतबहादुर रोकामगर, दयाजी रोकामगर, टेकबिर घर्तीमगर, निवर्तमान अध्यक्ष कृतिमान पुनमगर, नेपाल मगर महिला संघका पुर्व केन्द्रिय उपाध्यक्ष पुर्णकुमारी पुनमगर लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

संघका कोषाध्यक्ष लाख बुढामगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सहसचिव खुलसलराम पुनमगरले गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %