भूगोलमा रहेका सबै पहिचानवादीहरु अब एउंटै थलोमा

Read Time:3 Minute, 45 Second

भैरब आङ्ला, धरान

 

सुनसरी जिल्लामा भएको पहिचानवादी शक्तिहरुको तेस्रो बैठकले ५ जनाको एक समिति तयार पारेको छ । उक्त समितिमा संघीय समाजवादी पार्टी नेपालका तर्फबाट विजय लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट राजेन्द्र राई, खम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालबाट शिखर खम्बू मञ्च सम्बन्ध संघीय लिम्बुवान राज्य परिषदबाट कुमार थाम्सुहाङ र संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका तर्फबाट दिलु राई रहेका छन् । दश दिन भित्रमा अवधारणा पत्र तयार पार्ने र त्यो अवधारणा पत्र तयार पारिसकेपछि विस्तारित बैठक पनि बोलाउने उपस्थित सबै पार्टीका जिल्ला नेताहरुले बताए । उक्त विस्तारित बैठकमा पहिचानवादीका भूगोलमा रहेका सबै केन्द्रीय नेताहरुलाई बोलाउने सहमति भएको छ ।

बैठकमा संघीय समाजवादी पार्टी नेपालका विजय लिम्बूले पहिचानवादी शक्तिहरुमा एकता नभए पहिचानसहितको संघीयताले तार्किक निष्कर्षमा पुग्न नसक्ने र अब आउने स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै पार्टी एकता गर्ने त्यो पनि नभएमा मोर्चाबन्दीको पक्षमा लाग्नु पर्ने बताए ।  सहकारी संघीयताको मान्यता अनुरुप राज्य निर्माण गरिने कुरा पनि बताए । राष्ट्रिय जनमुक्ति पार्टीका राजेन्द्र राईले स्थानीय ठाउँमा राष्ट्रिय रुपमा पार्टी एकताको बारेमा दवाव दिन बनाइएको समिति हो भने । राईले भने यसले पहिचानवादीहरुलाई सकारात्मक ढंगबाट अगाडि बढ्ने कुरा बताए ।

खम्बुवानका शिखर खम्बुले समग्रमा पहिचानका पक्षधरहरु एकता नभए अवको राज्य सत्ताले पहिचानवादीलाई अधिकार दिन नसक्ने ठोकुवा दिदै पार्टी एकताको पक्षमा रहेको बताए । त्यस्तै गरी मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कुमार थाम्सुहाङले भौगोलिक ऐतिहासिकताको आधारबाट राज्य भित्रको राज्य बनाउन र अकेन्द्रिकरण को आधारमा संघीय राज्य निर्माण गर्न पहिचानवादीहरु एकता हुने कुरामा जोड दिए भने संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका दिलु राईले अब आउने स्थानीय निकायको निर्वाचनमा पहिचानवादीहरु सकिन्छ पार्टी एकता गर्ने त्यो पनि नभएमा मोर्चाबन्दी गरेर जानुपर्ने धारणा व्यक्त गरे ।

विद्यमान अवस्थामा धरान नगरपालिका र सुनसरी जिल्ला विकास समिति लगायतका राज्यका अंगहरुमा हुने प्रमुख दलहरुको मनपरि तन्त्रलाई पनि कमी गर्न अबको नगरबैठक जिल्ला बैठकहरुमा एक भएर स्थानीय जनताका एजेण्डाहरुलाई सम्बोधन गर्ने कुरा पनि बैठकमा सहमति भएको कुरा जनाइएको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %