बहराईन ,
स्वर्गीय सीता थापा सिङ्गजाली मगरको उपचारकोलागी बहराईन स्थित बिभन्नि कंपनीमा कार्यरत साथीहरूको सह्योमा मगर संघ बहराईनले नेपाली रू ४५,९५०।- (पैतालिस हजार नौ सय पचास) उठाउन सफल भएकोछ । मगर संघ बहराईनका जनसंपर्क सिचब, पाल्पाली भञ्ज्याङ्ग सेवा समाज बहराईनका अध्यक्ष पाल्पा, सिलुवा-२ ताल्तुङ्गका संयोजक कृष्ण सारू मगरले उनको नाउँमा संकलित उक्त रकम पठाएका हुन ।
पाल्पा जिल्ला फोक्सिङ्गकोट गा.बि.स. वार्ड नं.१ झोकेडी निवासी मिनबहादुर सिङ्गजाली मगर ज्यूको प्यारी छोरी वर्ष १९को सीता थापा सिङ्गजाली मगरको दुई वटै मृगौलाले काम नगरेको र निज १९ वर्षीय चेलीलाई उपचार्थ मृगौला प्रत्यारोपणमा धेरै ठूलो धनरासी आवश्यक पर्ने भएको हामीलाई वास्ताविक भिडयो र पत्र प्राप्त को आधारमा यो सहयोग रकम संकलन गर्न सफल भएको संयोजक कृष्ण सारू मगरले बहाराइन देखि राज्यसत्तालाइ जानकारी दिए ।
“स्वास्थ्य रहौँ, बाँचौ अिन बचाऔ” भन्ने अभियान स्वरूप प्रतक्ष वा अप्रतक्ष केही राहत होस भन्ने हेतुले यहाँ बहराईन स्थित बिभन्नि कंपनीमा कार्यरत साथीहरूको सह्योगमा मगर संघ बहराईनले सीता थापा सिङ्गजाली मगरको उपचारकोलागी सहयोग रकम उठाउने काम भएको हो ।
तर दुर्भाग्य संसारभरीका नेपालीहरूबाट आर्थिक सहयोग जुट्ने क्रम बढेको भएता पनि उपचार गर्न नपाइ फेब्रोरि ५ तारिकका दिन भैरहवामा सिताको मृत्यु भइसकेको छ । उनि केहि दिनमै उपचार गराउंन आफ्नो बाबा संग भारत जादै थिए ।
पाल्पा फोक्सिङ्गकोट गा.वि.स. कै महान समाजसेवी,बुद्धिजिवी आदिवासी जनजातिका अगुवा नेता, नेपाल मगर संघका भुतपुर्व अध्यक्ष तथा भु.पु मन्त्री गोरेबहादुर खपाङ्गी बचाउ अिभयानका अन्तराष्ट्रिय संयोजक हुम सुनारी मगर ज्यूको धर्म पत्नी कुमारी देवी सुनारी मगर ज्यूको नाउँमा हिमालय बैँकको शाखा कार्यलय भैरहवाको खाता नं. ०१२०४३९६२८००१७ मा उक्त रकम जम्मा गरिएकोछ । सो रकम केहि दिनमा दोश्रो चरणको आर्थिक सहयोग उनको बाबालाई हस्तान्तरण गरिंदैछ । हेर्नुस बिलभरपाइ यसैसाथ नथ्थि गरिएको छ ।
स्वर्गीय सीताको लागि दोश्रो चरणको आर्थिक सहयोग, जम्मा ने.रु. १,४८,३३०/- केहि दिन मै उनको बाबालाई हस्तान्तरण गरिने हुम सुनारिले राज्यसत्तालाइ जानकारि दिए । आर्थिक सहयोग संकलन गर्ने अभियान चलाए देखि मलाई जानकारी गराई आर्थिक संकलन भएको विवरण: ने.रु. ९,२६,७१४/- जम्मा भएको पनि जानकारि दिए। यो सबै सहयोग रकम सीताको उपचारमा प्रयोग गर्न नपाउँदा म अति नै दुखि छु भन्दै यस कार्यमा अहोरात्र खट्ने र मुख्य भुमिका निभाउने साउदिका हुम सुनारि मगरले दुख्ख ब्याक्त गरे ।
यो कार्यमा मद्दत गर्नुहुने श्रीमति कुमारी देवी सुनारी मगर , लगाएत प्रतक्ष वा अप्रतक्ष रूपमा उनको स्वास्थ्य उपचारमा रकम सह्योग गर्नु हुने सम्पुर्ण सह्योगी हातहरूलाइ पाल्पाली भञ्ज्याङ्ग सेवा समाज बहराईन परिवार हृदय देखिनै स-धन्यावादका साथै हार्दिक आभार ब्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना र शोकसन्तब्ध परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै उनै भगवान बुद्दलाइ कामना पनि गर्दछौ । धन्यावाद
कृष्ण सारू मगर / बहराईन