मिस नेवाःको फारम खुला

Read Time:2 Minute, 49 Second

मनोज घर्तीमगर

नेवार समुदायका युवतीलाई लक्षित गरि आयोजना हुन लागेको चौथो सँस्करणको मिस नेवाः पोखरा–११३४ को आवेदन फारम खुलेको छ । नेवा खलः कास्कीले नेवारी भाषा, संस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन गर्ने भन्दै गर्न लागेको प्रतियोगिताको फारम सोमबारदेखि खुलेको मूल संयोजक प्रदीप रञ्जितले जानकारी दिए ।

 

उनले अनलाइन मार्फत पुष २० गतेदेखि आवेदन फारम खुल्ला भएको र माघ १८ गतेसम्म फारम भर्न सकिने बताए । १७ वर्ष पूरा भई २२ वर्ष ननाघेको, उचाई ५ फिट र एसएलसी उत्तिर्ण अविवाहित नेवार यूवतीले मिस नेवाःमा सहभागि हुन सक्नेछन् । मिस नेवाःमा सहभागिताका लागि फारमको ५ सय र दर्ता शुल्क ५ हजार तिर्नुपर्नेछ । फिष्टेल कलर ल्याव महेन्द्रपुल, पोखरा इम्पेक्स न्यूरोड, लामाचौर नेवा खलः, एज यू लाईक डिपार्टमेन्टल स्टोर्स लेकसाइड, नगेन्द्र राइस मिल कु“डहर र रञ्जित मेटल ईण्डष्ट्रिज रानीपौवामा मिस नेवाःपोखराको आवेदन फारम पाइने संयोजक रञ्जितले बताए ।

मिस नेवाः बिजेताले ४० हजार, फष्ट रनर–अपले २५ हजार र सेकेण्ड रनर–अपले १५ हजारसहित आकर्षक गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछन् । यस्तै वेष्ट कम्प्लेक्सन, वेष्ट स्माइल, वेष्ट ट्यालेण्टेड, वेष्ट पर्सनालिटी, वेष्ट फोटोजेनिक र भ्यूअर च्वाईस छनौट गरी टाईटलसहित नगद ५ हजार प्रदान गरिने मूल संयोजक समितिका सदस्य प्रकाशमान पालिखेले जानकारी दिए । मिस नेवाः पोखराको अन्तिम प्रतिष्पर्धा चैत १ गते पोखरा सभागृहमा हुनेछ ।

प्रतियोगितामा भाग लिनेहरुको फागुन १ गतेबाट प्रशिक्षण सुरु हुनेछ ।  प्रतियोगिहरुलाई नेवारी भाषा, संस्कृति, रितिरिवाज, रहनसहन, व्यक्तित्व विकास लगायत विषयमा प्रशिक्षण दिइनुका साथै नेवार बाहुल्य क्षेत्रको अवलोकन गराइनेछ ।

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %