बार्सेलोनामा बारा र बदेल खादै मगरले मनाए माधी

Read Time:3 Minute, 59 Second

बार्सेलोना / स्पेन ,

(फोटो :रुपेश रामजाली मगर र कृती आले मगर)

 

२१ जनवरि , मगर संघ स्पेनले बार्सेलोनाको भरत बुडा मगर रुकुम संचालक रहेको नोभ बोरेल बार रेष्टुरेन्टमा माघे संक्रान्ति बेलुकी ८ बजे देखि मिडनाईट सम्म भब्यरुपमा मनायो । २००९ साल देखि मगरको बिषेश राष्ट्रिय चांडको रुपमा मनाउदै आएको यो पटक  बिगतका बर्षहरुमा भन्दा केहि भिन्न तरिकाले मनाईएको हुंदा मगरहरुको उललेख्निय उपस्थिति रहेको थियो ।

 स्पेन जस्तो ठाउमा मगरहरुलाइ आकर्शित गर्न  बार्सेलोनाको बारा , तरूल, सेलरोटी ,स्पेनिज बदेल ,ताजा खसिको मासु स्पेशल अार.एस.एम चट्नि बिषेश परिकारहरु आ आफ्नै घरबाट तयार पारि लगीएको थियो । स्वादिस्ट खाना तयार गर्नेहरुमा पाल्पा ता .न .पा. का भगवती थापा मगर / बुद्ध थापा मगर, रुपन्देहि भलबारीका लक्ष्मी थापा मगर / शुनिल थापा मगर ,सुनसरी ईटहरीका कृती आले मगर / मदन आले मगर साथै पात्लेखेत म्याग्दीका मीना रोका मगर /मानबहादुर रोका मगर ,जोबिङ ८ खरिखोला सोलुखम्बुका हरीमाया मगर/कान्छाबहादुर मगर लगाएत हरुले तयार पारेका थिए । हाल सम्म यि पाँच यूगल मगर जोडी बाहेक बार्सेलोनामा प्राय:सबै जोडि बिनाका मगरहरुको बसोबास छ । पेय पदार्थ बाहेक खाना निशुल्क उपलब्ध गराईएको थियो ।

साथै मगर चेली हिमा आले मगरले मगर समाजलाइ खोज्दै आफ्ना स्पेनिज श्रीमान र २ छोरा छोरीका साथमा काथालोनिया,कालाईया बाट रेलमा २ घंटाको बाटो भएर हौसिदै माघी मनाउन र आफ्ना नेपाली दाजुभाई दिदी बैनीलाइ भेट्न आएका थिए । हेमा दंग पर्दै भन्दै थिन यति टाडां पनि आफ्नो मौलिक चांड यसरि मनाउन पाउदा अति खुसि लागेको प्रतिकृया दिए ।

स्पेन मगर संघका अध्यक्ष बुद्ध थापा मगर भन्छन बिगतका बर्षहरुमा आफ्नै घरमा माघी मनाउदै आएकोमा मगरको धेरै उपस्थितिले यो बर्ष देखि बाहिर आएऔ तर यो रेष्टुरेन्ट पनि अब सानो होला जस्तो छ ।

याहा तमु समाज र मगर समाज दुइवटा जातिय सक्रिय समाज हुन भने म्याग्दी र चितवन समाज क्षेत्रिय हुन । नेपाली कांगेस,नेकपा एमाले , एमाओबादी र माओबादी बैध समुह लगाएत  एन.आर.एन.ए याहां क्रियशिल छन ।

बुद्ध थापा मगरको अध्यक्षतामा ,मगर संघ हंगकंगका अध्यक्ष तथा राज्यसत्ता डट्कमका निर्देशक हुमबहादुर थापा मगरको बिषेश अथिति र गोरेबहादुर खपांगी मगर बचाउ अन्तराष्ट्रिय सहयोग समितिका सदश्य देब घर्ति (महेन्द्र) मगर लगाएत उपस्थित अथिति पाहुनाहरुलाइ सस्थाका कोषाध्यक्ष सुभाश थापा मगरले  स्वागत र सस्थाका महासचिब राजु थापा मगरले संचालन गरेका थिए ।

देब घर्ति (महेन्द्र) मगर / स्पेन

(श्री मान mateo vargas  छोरी  sara vargas ale छोरा  Bishal vargas Ale संग हीमा आले मगर )

 

 

  

  

  

  

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %