तेलअभिब, इजरायल
१७ जनवरि , सुक्रबार । इजरायलमा बस्ने मगरहरूको सस्था मगर संघ इजरायलले माघेसंक्रान्ति भव्यताका साथ मनाएका छन् । संघले तेलअभिबस्थित एक कार्यक्रमको आयोजना गरी मगरको पर्व माघेसंक्रान्ति मनाएको हो । उक्त कार्यक्रममा मगर संघ इजरायलका अध्यक्ष बसन्त रास्कोटीमगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा तमु समाजको अध्यक्ष दिप कुमार गुरुङ,एन आर एन इजरायलको उपाध्यक्ष बिशाल ज्ञावाली,शेर्पा समाज इजरायलको अध्यक्ष छिरिंग शेर्पा,किरात राई याक्थुंग चुम्लुंग इजरायलको बरिष्ट उपाअध्क्ष कुमार राई, मगर संघ इजरायलका सल्लाहकार नन्द राना मगर, प्रमुख सल्लहाकार केशब राना मगर, उपाद्यक्ष बिष्णु पुन मगर,साहारा बाग्बल मगर, सल्हाकार राधा आले मगर बिषेश अतिथि थिए । सो कार्यक्रममा मन्तब्य दिने सबै बक्ताहरूले माघेसंक्रान्ति मगरहरूको रास्ट्रिय पर्ब भएको जिकिर गरेका थिए । साथै यसको महत्व र आफ्नो भाषा,सस्कृति,रीतिरिवाज,लाई संसारको जुनसुकै ठाउमा रहेतापनि जर्गेना गर्नुपर्छ भन्ने वारेमा सबैले प्रकाश पारेका थिए ।
उक्त कार्यक्रम सस्थाका महासचिब सुश्री माया घले मगर र कलाकार तारा काउछा मगरले संचालन गरेका थिए । मगर संघ इजरायल २०१३ जुलाई १३ तारिखमा मात्रै गठन गरिएको हो , भने संघले पहिलोपटक माघे संक्रान्ति कार्यक्रम भब्यरूपमा मनाएको छ ।
सोहि अवसरमा कलाकार हरु: तारा काउचा मगर, बिष्णु बहादुर पुन मगर,जया पुन मगर,नन्द राना मगर,केशव राना मगर,राम थापा मगर,पुर्णिमा पुन मगर,पुजा पुन मगर,खिमा पुन मगर,पुजा आले मगर,माया गर्बुजा मगर, सारा थापा मगर,सुकमाया थापा मगर,दिलु आले मगर,मन कुमारी गर्बुजा मगर,शान्ति फगामी मगर,खिमा पुर्जा मगर, मनिषा पाइजा मगर,पुनम पुन मगर,टिका पुर्जा मगर,कुमारी पुन मगर, मिना पुन मगर, लगायतका कलाकारले अतिनै मनोरञ्जनातमक गीत तथा नृत्य प्रस्तुत गरि उपस्थित अथिति,पाहुनाहरूलाइ भरपुर मनोरञ्जन दिलाएका थिए ।
सो कार्यक्रम मगर जातीको संस्कृति झल्किने भेषभूषामा सज्जिएर लोक नृत्य र गित गाइएको थियो । खाना ब्यबस्थापनमा: बिष्णु पुन मगर,सुमित्रा राना मगर,तारा गर्बुजा मगर,मन कुमारी गर्बुजा मगर,दिपा श्रीस मगर,गीता पुन मगर ,अनु राना पुन मगर,प्रेम पुन मगरहरू थिए ।
त्यस्तै भिडियोमा मदन आले मगर र फोटोमा श्याम पुन मगर थिए । विदेशमै भएपनि आफ्नो देश र जातीको झल्को दिने गरी आयोजकहरूले पाहुनाहरुलाई सेलरोटी , तरुल ,तरकारी,अाचार, लगायतका स्वादिश्ट परिकारहरु खुवाएका थिए ।
माया घले मगर , इजरायल