मगर संघ युएईको माधी भव्य रुपमा सम्पन्न

Read Time:6 Minute, 43 Second

आबुधाबी ,

१९ जनवरी नेपाली मगर संघ युएईको आयोजना मगर जातिहरुको राष्ट्रिय चाड माघेसक्रान्ति २०७० को शुभकामना आदान प्रधान एवं पिकनिक कार्यक्रम गत शुक्रवार कर्नेश फेमली पार्क आबुधाबी युएईमा भब्य रुपमा सम्पन्न भएको छ ।

 

संघका अध्यक्ष चन्द्र सारू मगरको अध्यक्षता र नेपाल आदिवासी जनजाति परिषदका अध्यक्ष एवं संघका प्रमुख सम्रक्षक हरि बहादुर घर्ति मगरको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा अतिथिहरु आदिवासी जनजाति वुद्दिजिवी आर.सी.डंगोल, तामांग समाज क्षेत्रिय समिति आबुधावी युएईका अध्यक्ष एवं समाजसेवी अनिल लामा,आदिवासी जनजाति पत्रकार प्रिथिछक बुढामगर,नेपाली समाज युएईका उपाध्यक्ष भेषराज ढकाल,गल्कोट सेवा समाज युएईका अध्यक्ष तारा मल्ल,गुल्मी सेवा समाज युएईका उपाध्यक्ष कृष्ण गौतम,अर्घाखाची सम्पर्क समिति युएईका महासचिव किरण केसी, जन प्रगतिशील मोर्चा युएईका प्रतिनिधि विवश लिम्बु,बाग्लुंग सेवा समाज युएईका प्रतिनिधि पिताम्बर पाण्डे,अर्घाखाँची क्षेत्रिय समितिका अध्यक्ष विष्णु पन्थी र हमाल ट्राबल एजेन्सीका प्रतिनिधि अकित श्रेष्ठ समेत अतिथि रहेको उपस्थित  पाउनाहरुलालाई केन्द्रीय सदस्य माया मगरले स्वागत गरेकी थिइन् भने महिला विभाग प्रमुख शुशी पुलामीले कार्यक्रम संचालन गरेकी थिइन् ।

प्रथम सत्रमा शुभकामना आदान प्रदान, दोस्रो सत्रमा खानपिन, अन्त्यमा साँकृतिक कार्यक्रम गरी ३ भागमा बाडिएको माघेसक्रान्ति शुभकामना एवं पिकनिक कार्यक्रमका संयोजक एवं संघका महासचिव भुवन मगरले प्रवासमा आफ्नो डीउटीको व्यस्ततावाट समय निकालेर कार्यक्रम व्यवस्थापन गर्न परेका थुप्रै कठिनाई वारे वताउदै, तथापि कार्यक्रमको संयोजकको भूमिका निर्वाह गर्न पाएकोमा आफु अत्यन्तै खुसि भएको जानाकारी गराउंदै,कार्यक्रममा सहभागी पाउनाहरुलाई माघेसक्रान्तिको एवं अंग्रेजी नयाँ वर्षको शुभकामना दिएका थिए ।

उपस्थित महानुभावहरुमा शुभकामना दिदै अध्यक्ष चन्द्र सारुमगरले यो माघेसक्रान्ति पिकनिक एवं शुभकामना कार्यक्रम नेपाली मगर संघ युएईले आयोजना गरे पनि यो मगर जातिहरुको मात्रै राष्ट्रिय चाड नभै हामि सम्पूर्ण नेपाली हरुको राष्ट्रिय चाड हो, तसर्थ यो पिकनिक पनि हामि सबैको हो , हामि त आयोजक मात्रै हौ भन्दै, कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावलाई कार्यक्रममा सहभागी भएकोमा धन्यवाद दिदै शुभकामना समेत दिएका थिए । प्रमुख अतिथि हरि बहादुर घर्ति मगरले शुभकामना दिदै माघेसक्रान्ति चाड-पर्व नेपालका सबै जातिमा अत्यन्तै लोक प्रिय चाड-पर्व भएर पनि राज्यले खासै महोत्व एवं प्रचार प्रसार नगरिएको चाड हो । तथापि २०५२ सालमा मगर जातिको प्रमुख चाड भनेर घोषणा गरिदिएकोमा नेपाल सरकारलाई धन्यवाद समेत दिए । उक्त माघेसक्रान्ति शुभकामना एवं पिकनिक कार्यक्रममा उपस्थित अतिथि एवं सहभागी महानुभाव हरुले एक आपसमा शुभकामना आदान-प्रदान गरेका थिए । 

दोस्रो सत्रको पिकनिक कार्यक्रममा मगर जातिको जातीय परिकारको पहिचानको रुपमा रहेको बटुक रोटी,सुँगुरको मासु एवं सेलरोटी,खसीको मासु,अचार,चिउरा,भुजा र माघेसक्रान्तिमा खानै पर्ने भनि चली आएको चलन अनुरुपको तरुल जस्ता स्वादिष्ट परिकारहरु खाँदा यति मिठो परिकारहरु युएईको समाजहरुको पिकनिकमा जुटाइएको र खान पाइएको यो पहिलो पटक हो भनेर अधिकांस सहभागी पाउनाहरुले अत्यन्तै प्रसंसा गर्दै नेपाली मगर संघ युएईलाई धन्यवाद समेत दिएका थिए ।

पिकनिक कार्यक्रमको अन्तिम सत्रको साँकृतिक कार्यक्रमा पुरुस कलाकारहरु प्रसिद्द दोहारी गायक चुमान काउछा मगर, नयाँ प्रतिभावान कलाकार अमर सेर्पुर्जा मगर,सुन्दर परियार र नारायण सारुमगर र महिला कलाकारको नेतृत्व गरेकी  नानु मैया सुनुवारको टोलीमा शुसिला दर्लामी मगर,निरु मगर र सोमु सेर्पाको समूह पनि ले, रातो घलेकीमा…! कुम्जोडेर नाचौला रोदीमा, आऊ है वेलुकीमा …!! भन्ने दोहारी गितको निकै घम्साघम्सीले पिकनिक कार्यक्रमको माहोल यस सालको जनवरी महिनाको युएईको अति जाडो मौसम पनि निकै तातेको अनुभव गर्न सकिन्थ्यो ।

 

कार्यक्रमको अन्त्यमा रुकुम जिल्ला हुकाम गाविस वडा नं. ३ बस्ने वर्ष १८ को इमानसिङ घर्तीमगरको दुवै मिर्गौला खराव भएकोले आवस्यक उपचार गर्न नेपाली मगर संघ युएईले रु- १३,२०५/- अक्षेरुपी (तेह्रहजार दुइसय पाँच मात्र) रुपैयाँ आदिवासी जनजाति पत्रकार एवं समाजसेवी प्रिथिछ्क बुढा मगर मार्फत उल्लेखित विरामीले पाउनेगरी हस्तान्तरण गरीएको थियो ।

शुशी पुलामी /आबुधाबी

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %