मगर संघ युएईको माघेसक्रान्ति जनवरि १७ मा

Read Time:1 Minute, 48 Second

आबुधावी ,

१४ जनवरी , आगामी १७ जनवरी शुक्रवार आबुधाबिको फेमली कर्नेस पार्कमा मगर संघ युएईले आयोजना गर्ने  मगरहरुको राष्ट्रिय पर्व माघेसक्रान्ती एवं अग्रेजी नयाँ वर्ष २०१४ को पावन अवसरमा हुन थालेको शुभकामना एवं पिकनिक कार्यक्रममा युएईमा रहेका करिव २०० जना नेपाली हरुको सहभागिता हुन सक्ने  आयोजक समितिले जनाएको छ |

उक्त पिकनिकमा विभिन्न संघ सस्था एवं पेशामा आवद्द भै युएईमा रहनुहुने वुद्दिजिवी,समाज सेवी,भद्र भलादमी,व्यापारी एवं श्रमिकहरु जातीय एवं चाडपर्वको सद्भाव राख्दै ठुलो संख्यामा दुबई,सारजा अजमान,अलेनवाट समेत  उपस्थिति हुने युएईको अलेनमा कार्यरत संघका वरिष्ठ उपाध्यक्ष रामकृष्ण पुन मगरले अलेनवाट  र दुबईमा कार्यरत संघका सल्लाहाकार एवं सम्रक्षक प्रिथिछक बुढामगरले दुबईवाट जानाकारी दिए ।

 करिव २०० जनालाई पुग्ने मगर जातीय परिकार ७०० सेलरोटी,सोहि अनुपातमा बटुक रोटी. इन्डियन खसीको मासु,सुँगुरकोमासु,कुकुराकोमासु,तरुल,अचार,चिउरा,भुजा,सलाद, सर्वत् जुस र फलफूल समेत भएको  परिकार जुटाउन तैयारी समति युद्द स्तरमा जुटेको छ । संघका महासचिव समेत रहेका आयोजक समितिका संयोजक भुवन मगरले जानाकारी गराए ।

शुशी पुलामी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %