आँखैमा किन बिझायो खोटाङ

Read Time:6 Minute, 51 Second

श्यामसुन्दर थापा मगर

लामो समयको प्रतिक्षा र चर्चापछि देखाईएको खोटाङ जिल्लाको बारेमा बनाइएको बृत्तचित्र आँखैमा खोटाङले  निराश बनाएको टिप्पणी दर्शकहरुबाट सुनियो । केहिले यो बृत्तचित्र नै होईन भनि गरेको कटु टिप्पणी समेत आयोजकले सुन्नु परेकोथियो । किन दर्शकलाई निराश बनायो यो बृत्तचित्रले ? यहाँ संक्षिप्तमा औंल्याउने प्रयास गरिनेछ ।

खोटाङ समाजको संयोजनमा देखाईएको यस बृत्तचित्रमा खोटाङ जिल्लाको भूगोलको परिचय दिने प्रयास गरिएकोछ । बृत्तचित्रको केन्द्र त्यहाँ बस्ने मान्छेहरुको बारेमा नभई प्राकृतिक छँटाको बर्णनमा सिमित छ, जुन यस्ता बृत्तचित्रमा हुने आधारभूत तत्व मानिन्छ ।  यस्तो बृत्तचित्तमा स्वाभाविक रुपले निर्जिवता, आकर्षणताको कमी, मानवता, संवेदनशीलता र भाषिक अपनत्व अर्थात सजिवता नभेटिने हुनाले स्वाभाविक रुपमा रुखो मानिन्छ । त्यसैले भूगोलको बर्णन र परिचय सहित दर्शकलाई त्यसमा बाँध्न क्यामेरा र निर्देशकको कलात्मकतामाथि अधिकाधिक ध्यान दिईन्छ ।  किनकी यसमा कथाले बाँध्ने नभई दृश्यले सम्मोहनमा लिने वातावरण बनाईन्छ । त्यसमाथि आकर्षक शब्द शिल्पीले लेखेका स्क्रिप्टले दर्शकलाई त्यो स्थलमा दृश्यसंगै विचरण गराउने काम गर्दछ । तर यो बृत्तचित्रमा स्क्रिप्ट, निर्देशन र क्यामेराले त्यो जिम्मेवारी वहन गर्न सकेको छैन । भोजपुर, तनहुँ जस्ता जिल्लाको बृत्तचित्र बनेपछि हङकङमा केहि समय यता यस्ता बृत्तचित्र बन्ने सिलसिला शुरु भएको देखिन्छ । आँखैमा खोटाङ त्यहि श्रृखँलाको पछिल्लो कडी थियो ।

 

खोटाङका मनोरम दृश्यलाई कैद गर्ने क्यामेराले कुन दृश्य कसरी कैद गर्ने भन्ने छनौट गर्न नसक्नु कमजोरी आफ्नो ठाँउमा छँदैछ, खिचिएका दृश्यहरुमा समेत न्याय गरिएकोछैन । दृश्य हल्लिन्छन्, दृश्य दौडन्छन् । सबैभन्दा ठूलो त्रुटी पर्दामा देखाईने दृश्य खोटाङका कुन ठाँउ हुन् र ति त्यहाँ किन देखाइएको हो भनि प्रष्ट्याईने कष्ट गरिएकोछैन, त्यसले दर्शकलाई रणभुल्ल पार्छ । बुझिदैन ।  कतै विवरण दिइएतापनि त्यसले दृश्य र न्यारासनसंग तादम्यता राख्दैन । त्यसैले दर्शकलाई पर्दाबाट बाहिरिन बाध्य बनाउँछ । यस्ता बृत्तचित्तले त्यस ठाँउको प्राकृतिक छटाको जानकारी दिदैं बाहिरका मान्छेलाई त्यहाँ पुग्ने रोल खेल्ने हुनाले पर्यटकिय दृष्टिकोणले यसलाई महत्वपूर्ण ठानिन्छ । तर कतिपय दृश्य त खोटाङवासीले समेत चिन्न नसकेको टिप्पणी गरिएकोथियो ।बृत्तचित्रले त्यसरी अन्यौल दिएपछि जुन प्रयोजनका निम्ति यस्ता कार्य गरिएका हुन्छन् त्यसले त्यो सन्देश र प्रभाव नछाड्नु स्वाभाविक हो ।

आफ्नो जन्मभूमीको प्रवद्र्धनकै निम्ति यो बृत्तचित्र बनाउन ११ जना हङकङेली खोटाङबासीले १५ लाख भन्दा बेसी नेरु बराबरको लगानी गरेकाथिए । तर उद्देश्यमा न्याय गर्न नसकेपछि  लगानीकर्ता सहित अधिकांश खोटाङवासी दर्शकहरु निराश भएकाहुन् । आयोजकले भने जस्तो नभएकोले पुनः दृश्याँकन र छायाँकन गरि त्यो गल्ति सच्याईने बताएकोछ तर त्यो कार्य त्यति ब्यावहारिक नहुनपनि सक्छ । तर अब त्यसको भिडीयो निकाल्ने हो भने पुनः सम्पादन गरेर मात्र निकाल्न जरुरी छ । त्यसैका निम्ति नेपाल जान थालेको भन्दै फेसबुकको भित्तामा लेखेका यो बृत्तचित्र निर्माण समितिका संयोजक अधिराज राईको सक्रियतामा त्यो कामले मुर्त रुप लिने अपेक्षा चाहिं गर्न सकिन्छ ।

( बृत्तचित्र निर्माणमा लामो अनुभव भएका थापाले तनहुँ :एक परिचय, भोजपुर दर्पण, तेह्थुम : जिओकल्चरल प्रस्पेक्ट, धरानः एक परिचय जस्ता बृत्तचित्र निर्माण गरेकाछन् )

बृत्तचित्र सम्बन्धमा सरोकारवालाहरुको टिप्पणी :

प्राविधिक कमजोरी भो सम्पादन र क्यामेरा सुट पक्ष निकै कमजोर छ । मातृदिप राई ( क्यामेरापर्सन)

के सोंच्यौं के भयो हामीले सोंचेभन्दा ठिक उल्टो भएकोछ । म सन्तुष्ट छैन । सुवास राई ( लगानीकर्ता तथा पूर्व अध्यक्ष खोटाङ समाज)

विशिष्टता हरायो बृत्तचित्रमा सामान्य खोटाङ बोलेकोछ ।तर दर्शकले बृत्तचित्रमा खोज्ने विशिष्ट कुरा चाहिं अलि अस्पष्ट छ । बृत्तचित्रले दिनुपर्ने कुरा यसले दिन सकेकोछैन । किन्दर राई ( प्रमुख सल्लाहकार, खोटाङ समाज)

फेरि मेहनत गर्छौ बृत्तचित्रको निर्माणमा मेहनत गरिएकोछ । खिचिएका दृश्य र क्लिपमा सम्पादन सुधार गर्नुपर्ने देखिएकोछ । हामीसंग प्रर्याप्त मात्रामा फुटेज र भिडीयो क्लिप्सहरु छन् । ति राखेर छिटै रि–एडिटिङ गर्नेछौं । अधिराज राई ( अध्यक्ष खोटाङ समाज तथा संयोजक, बृत्तचित्र निर्माण समिति )

 

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %