बेलायत ,
मास्टर मित्रसेन थापा मगरको ११८ औ जन्मजयन्ती तथा युद्घ साहित्य विचार गोष्टी भब्यसंगले सम्पन्न भएको छ । २८ डिसेम्बर सनिबार फोक्सटोनमा सम्पन्न भएको उक्त समारोह नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत द्वारा आयोजना गरिएको थियो ।
बेलायतका लागि नेपाली राजदुत डा सुरेशचन्द्र चालीसे प्रमुख अतिथि रहेको उक्त समारोहमा फोक्सटोन नेप्लीज कम्युनिटीका अध्यक्ष दिपक काउचा, मीड्वे नेप्लीज कम्युनिटीका अध्यक्ष शिवराम राई, गुल्मी जिल्ला समाज यूकेका अध्यक्ष अर्जुण गौतम, तमुधी यूकेका उपाध्यक्ष ज्ञाम गुरूङ, किरात राई यायोक्खा, बेलायतका उपाध्यक्ष चक्रबहादुर राई, नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक चण्डीराज राई, विएफविस गोर्खा रेडियो यूकेका पुर्व प्रमुख खेम गुरूङ, किरात याक्थुम चुम्लुङ, बेलायतका महासचिव छत्र वनेम, एनआरएन, बेलायतका सचिव डम्बर सिंघक लिम्बू, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, बेलायतका सल्लाहकार समुल कुमार गुरूङ र फोक्सटोन नेप्लीज कम्युनिटीका सल्लाहकार मेजर रिटायर्ड वेद पुन लगायतका ब्यक्तिहरूलाई अतिथिको आसन ग्रहण गराइएको थियो ।
मास्टर मित्रसेन थापा मगरको फोटोमा माल्यार्पन तथा दीप प्रजलन गरि सुरूगरिएको उक्त कार्यक्रम तीन भागमा सञ्चालन गरिएको थियो । पहिलो भागमा मास्टर मित्रसेन थापा मगरको जीवनी, ब्यक्तित्व र उनको सामाजिक योगदानको बारेमा प्रतिष्ठानका विशिष्ट सदस्य विजय हितानले पावर पोइन्ट मारफत प्रस्तुत गरेका थिए ।
यसै विच मगर संघ यूकेका कलाकारहरू गायक क्या.रिटायर्ड बीर बहादुर थापा, मादल तुल्सी राना, हार्मोनीयम पहलसिंह थापा र बाँसुरीमा कुल बहादुर थापाको टोलीले लाहुरे दाईको रेलीमाई…, खुत्त्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले…र अव त जाउकान्छी..जस्ता मास्टर मित्रसेन थापा मगरको लोकप्रीय गीतहरू विचविचमा गाएर मन्त्रमुग्ध बनाएको थियो । बरिष्ठ संगीतकार दिनेश सुब्वासंग हङकङमा संगीत शिक्षा लीनु भएका ७३ वर्षीय अग्रज गायक बीर बहादुर थापा एक कुसल गायक हुन । उनले नेपाली गीत बाहेक चाइनीज र अग्रेजी गीतहरू पनि गाउनु भएको छ ।
दोस्रो भागमा प्रमुख अतिथि र सभापतीद्धारा अर्थर हाउस लण्डनद्घारा प्रकासित गोर्खा वार पोइम अंग्रेजी पुस्तकको संयुक्त विमोचन गरिएको थियो । पुस्तकको बारेमा सम्पादक काङमाङ नरेश राईले आप्mना भनाईहरू राखेका थिए भने अर्का सम्पादक अप्जसे कान्छाले पुस्तकको एक कविता वाचन गरेका थिए । त्रय साहित्यकार मिजास तेम्बे, अप्जसे कान्छा र काङमाङ नरेशद्घारा सम्पादन गरिएको गोर्खा वार पोइम पुस्तकमा धेरै नेपाली कविहरूको युद्घ कविताहरू अग्रेजी अनुवाद गरेर प्रकासीत गरिएको छ ।
तेस्रो तथा अन्तीम भागको कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष गणेश राईद्धारा युद्घ साहित्य सिदान्तको घो
षणापत्र प्रतुत गरेका थिए । भने वीचवीचमा कविता र गीतहरू वाचन गरिएको थियो । गीत र कविता वाचन गर्ने गीतकार तथा कविहरूमा समुल कुमार गुरूङ, गोमा राना, सन्देश नेम्बाङ, सञ्जीव राई, नीर्मला परिवेश, विश्काजी राई ,नरेश काङमाङ, विजय हितान, गणेश राई, अप्जसे कान्छा र देवेन्द्र खेरेस रहेका थिए । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका विशिष्ट सदस्य विजय हितान संयोजक रहेको उक्त समारोह उपाध्यक्ष दिपा लिम्बू राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
कोषाध्यक्ष देवेन्द्र खेरेसले स्वागत मन्तब्य दिएका थिए भने सचिव नरेस नाती र सहसचिव अप्जसे कान्छाले कार्यक्रम सञ्चालन गरेका थिए । नेपाली संगीतमा ‘किङ झयाउरे’को उपनामले चिनीएका मास्टर मित्रसेन थापा मगरको पुर्ख्याउली घर पर्वत जिल्लाको राखु पुला हो । बाजे सन्तु थापा मगर नेपाली सेनामा भर्ती भएर भारतमा बसोबास गरे पछि उनि सन् १८९५ सालमा भारतको हिमान्चल प्रदेशको भाक्सु भन्ने ठाउँमा जन्मिएका थिए । उनी १६ वर्षको कलीलो उमेरमा १/१ गोर्खा राइफलमा भर्ना भएर सैनिक जीवन सुरू गरेका थिए । भने प्रथम विश्व युद्घमा सन् १९१४ सालमा फ्रान्समा सहभागी भएका थिए ।
सन् १९२० सालमा सैनीक सेवाबाट अवकास भए पछि साहित्य, संगीत र अन्य सामाजीक तथा धार्मीक सेवामा उनको जीवन वित्यो । लाहुरे श्रष्टा मास्टर मित्रसेन थापा मगरले लाहुरेको रेलीमाई फेसनै राम्रो…,धानको बाला झुल्यो हजुर…र खुत्त्रुक्कै पार्यो जेठान तिम्रो बहिनीले…जस्ता धेरै लोकप्रीय नेपाली गीतहरू गाएका छन् । प्रवासमा जन्मिएर नेपाललाई कर्मक्षेत्र बनाउने मास्टर मित्रसेन थापा मगरले नेपाली भाषा, साहित्य, संगीतको विकासमा उल्लेखनीय योगदान दिएको पाईन्छ ।
–देवेन्द्र खेरेस /बेलायत