हंगकंग, २६ डिसेम्वर, तनहु समाज हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा तनहुँ बाराही साँझ सफलता पूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रमबाट संकलित रकमले तनहुँ जिल्लाका अपाङग तथा सुस्त श्रवणहरुलाई सहयोग गरीने अध्यक्ष भिमराज गुरुङले बताए । कार्यक्रम सफल बनाउनको लागि नेपालबाट लोक गायिका सम्झना लामिछाने मगर, तनहुँ डान्स आइडल इन्दु गुरुङ, लोक गायक तेजेन्द्र दुरा र डान्सर सुशान्त खत्री आएका थिए । तनहुँमा जन्मेका नेपालका चर्चित लोक गायक हाल अमेरिका निवासी प्रेम राजा महत पनि कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमलाई औपचारीकता दिदै भिमराज गुरुङको अध्यक्षतामा सचिब सुवित गुरुङले सञ्चालन गरेका थिए ।
बाराही साँझ गरेर अपाङग र सुष्त श्रवणलाई सहयोग
Read Time:1 Minute, 4 Second