हंगकंगमा गायक प्रधानलाई सम्मान

Read Time:1 Minute, 47 Second

हंगकंग, २५ डिसेम्वर, नेपाल क्लब हंगकंगले याउ मा तेइ कम्युनिटी हलमा सरगम साँझ आयोजना गरी गायन क्षेत्रका धरोहर प्रेमध्वज प्रधानलाई सम्मान गरेको छ । क्लबकी अध्यक्ष रीता गुरुङले दोसल्ला पहिराई सम्मान पत्र गायक प्रधानलाई प्रदान गरेकी थिइन । साथै आएकी धर्मपत्नी किरण कुमारी प्रधानलाई क्लबका निबर्तमान अध्यक्ष सन्तोष घलेले सम्मान गरेका थिए । प्रधानले हंगकंग आउने इच्छा झण्डै ४० बर्ष पछि पुरा भएको बताए । किनकि ४० बर्ष पहिले हंगकंग आउनको लागि कसैले प्रस्ताब राखेता पनि पुरा भएको थिएन उनले थपे । कार्यक्रम निशुल्क राखिएता पनि मोरङ, लेटाङ निवासी अपाङग कृपास थापा मगरलाई स्वचालित ह्वील चियर किन्नको लागि आयोजना गरीएको अध्यक्ष रीता गुरुङले बताएकी थिइन । कृपासको बारेमा कान्तिपुर टेलिभिजनद्धारा प्रसारीत श्रब्य दृष्य पनि देखाइएको थियो ।
अध्यक्ष रीता गुरुङको अध्यक्षतामा सचिब भरत लामाले कार्यक्रम सञ्चालन गरेका थिए । प्रमुख अतिथिको सम्मान गायक प्रधानलाई नै दिइएको थियो । बिशेष तथा अतिथिहरुमा हंगकंगका संघ संस्थाका प्रतिनिधि तथा अध्यक्षहरु रहेका थिए ।

 

नेपाल क्लब हंगकंगको सरगम साँझ  (फोटो)

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %