दशक साँझमा अपाङगलाई सहयोग

Read Time:1 Minute, 21 Second

१५ डिसेम्वर, हंगकंग, पुन मगर समाज हंगकंगले दशौ बार्षिकउत्सवको उपलक्ष्यमा याउ मा तेइ कम्युनिटि हलमा दशक साँझ सम्पन्न गरेको छ । विशेष गरेर पुन मगर र अन्य महानुभावहरुको राम्रो उपस्थितिले कार्यक्रम सफल भएको चर्चा चलिरहेको थियो । कार्यक्रमलाई सफल बनाउन हास्यकलाकार दिपक राज गरी, दोहोरी गायिका सम्झना लामिछाने मगर, दोहोरी गायक मदुसुदन थापा मगर र पप गायक गगन पुन मगर, नृत्याङगना मीना पुन मगर नेपालबाट आएका थिए । कार्यक्रममा एउटा खुट्टा गुमाएकी मीना पुन मगरले रोचक नृत्य प्रस्तुत गरीकी थिइन । उनलाई हलमा नै सहयोग गर्नेको भिड नै लागि रु. एघार लाख सहयोग संकलन भएको अध्यक्ष राजु पुन मगरले बताए ।
मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगरको प्रमुख आतिथ्यमा अध्यक्ष राजु पुन मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %