यूएईको मगर दिवसमा मगर ड्रेस अनिवार्य

Read Time:2 Minute, 48 Second

७ डिसेम्वर आबुधाबी

नेपाली मगर संघ युएइले ३२ औ मगर दिवश आगामी २१ फेब्रुरिमा केरेला सोसियल सेण्टर आबुधाबीमा मनाउने निर्णय गरेको छ । गत ६ डिसेम्बर आबुधाबीको एअरपोर्ट रोड पेप्सीकोलामा अध्यक्ष चन्द्र सारुमगरको अध्यक्षता र प्रमुख सल्लाहकार एवं संरक्षक हरि बहादुर घर्तिमगरको आतिथ्यतामा सम्पन्न भएको संघको चौथो बैठकले उक्त निर्णय गरेको हो । बैठकले उपाध्यक्ष शुजन थापामगरको संयोजकत्वमा महासचिव भुवन मगर,कोषाध्यक्ष चुमान काउछामगर,सचिव नाराण सारुमगर,प्रवक्ता रेशम सोमैमगर,संगठन विभाग प्रमुख अमर सेर्पुर्जा मगर,अनुशासन विभाग प्रमुख यम राना मगर,खेलकुद विभाग प्रमुख तिर्थ थापा मगर समेत रहेको ७ सदस्यीय तयारी समिति गठन गरेको छ ।
 मगर दिवशमा आफ्नो जातिय साँस्कृति झल्कने कौडा,मारुनी,सोरठी,घाटु र हुर्रा जस्ता साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्न  कोषाध्यक्ष र सचिव समेत रहेका कलाकारद्वय चुमान काउछामगर र नाराण सारुमगरलाई जिम्मेवारी सुम्पेकोछ ।
 
 समारोह स्थलमा संघका केन्द्रिय पदाधिकारी एवं सदस्यहरूले अनिवार्य आफ्नो जातिय भेषभुषा लगाउनुपर्ने निर्णय कडाइकासाथ लागु गर्न  प्रवक्ता रेशम सोमई मगर र महिला विभाग प्रमुख शुशी पुलामी मगरलाई जिम्मादिने निर्णय गरेको छ। बैठकले पदाधिकारी एवं सदस्यहरुले प्रत्येक बैठक हरुमा आफु९आफुले गरेको सांगठानिक प्रतिवेदन अनिवार्य बुझाउनुपर्ने,आर्थिक पारदर्शिता गर्नुपर्ने,मगर जातिय सचेतना अभियान ल्याउनुपर्ने लगाएतका महत्वपुर्ण निर्णय गरिएको प्रवक्ता रेशम सोमई मगरले वताए ।
 
     सचिव नाराण सारुमगरले संचालन गरेको बैठकमा संगठन विभाग प्रमुख अमर सेर्पुर्जा मगरले स्वागत मन्दव्य दिएका थिए । नेपाल मगरसंघको स्थापना दिवसको अवसर पारि प्रत्येक १५ फाल्गुणलाई मगर दिवसको रुपमा मनाईदै आइएकोछ ।

-शुशी पुलामी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %