३०, नोभेम्वर, रेडिंग
किरात राई चाम्लिंग खाम्वातिमद्धारा गोर्खा सत्याग्रह अभियानकर्मीहरुलाई एक विषेश कार्यक्रमसहित सम्मान गरियो । प्रधानमन्त्री कार्यालय अगाडी १५ दिन आमरण अनसन वसेर चर्चाको शिखरमा रहेका ज्ञानराज चाम्लिंग राईलाई संस्थाका अध्यक्ष तेजबहादुुर चाम्लिंग तथा सल्लाहकारहरु रामकाजी चाम्लिंग, पर्तुराम चाम्लिंग, जगतबहादुर चाम्लिंगले संयुक्तरुपमा पगरी ओढाएर सम्मान गरेका थिए । यो संकार मुत्य नजिक पुगेर वाँचेकालाई सिर उठान ९सायो रम्भा० गरिने किरात चाम्लिंगहरुको एक पितृ पूजा हो ।
स्मरण रहोस गोर्खा भूपू सेनाहरुले एक संयुक्त संघर्ष समिति निर्माण गरी ंप्रधानमन्त्रीलाई ५ सूत्रीय माग राखेर लण्डनमा आमरण अनशन ९गोर्खा सत्याग्रह० वस्ने कार्यक्रम तय गरेका थिए । ६ महिनाको अल्टिमेन्टममासमेत सरकारवाट जवाफ नआएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार, नोभेम्वर ७ देखि गोर्खा सत्याग्रह कार्यक्रमका निर्देशक तथा उक्त कार्यक्रमका प्रमुख परिकल्पनाकार ज्ञानराज राई आफै अमरण अनसन सुरु गरे ।
उक्त कार्यक्रमलाई बेलायतका नागरिक, संचार, गोर्खा तथा युकेवासी नेपालीहरुको समर्थन बढ्न थालेपछि प्रधानमन्त्री डेभिड क्यामरुनले संसदको एक सर्वदलीय समिति गठन गरी गोर्खा समस्याहरुलाई संधैको निमित्त समाधान गर्न आदेश दिएपछि १५ पदिनपछि २१ नोभेम्वरमा अनशन तोडेका थिए ।
कार्यक्रममा युनाइटेड व्रिटिश गोर्खा भूपू सैनिक संघ बेलायतको आयोजनामा संचालित हस्ताक्षर कार्यक्रम सहभागी तिन दर्जनजति गोर्खा तथा तिनका परिवारहरुलाई खदासहित सम्मान गरियो । गोर्खा सत्यग्रहको पहिलो चरण आन्दोलनसरह ११ जुलाई २०११ देखि ११ जुलाई २०१२ सम्म विभिन्न शहरहरुवाट १ लाख ११ हजार बेलायती नागरिकहरुवाट प्रतक्ष हस्ताक्षर संकलन गरी ११ जुलाईका दिन प्रधानमन्त्री डेभिड क्यामरुलाई बुझाएका थिए ।
१३ गोर्खा भिसिहरुका नाममा १३ दिन रिले अनसन वस्ने रामकाजी राई, कमला कन्दंगवा, दीलबहादुर राई, गोवर्धन राई, गदमसरी राई, प्रेमकुमारी राई, रजनी तुम्वाहाम्फे, पुष्पा सुनुवार, टकबहादुर गुरुंग, ध्यानबहादुर राई, चक्रबहादुर लिम्बू, सरस्वती राई, राजु मगर, लिला मादेन, पुष्पा राई, पदमकुमारी थापा लिम्बू, सुमेन राई, वोलमाया गुरुंग्, किशोर राई, किरणसिं राई, महेन्द्र राई, लिलाकुमारी थापा, तेजबहादुर पून, गणीराज राई र शरणकुमार लिम्बूलाईपनि चाम्लिंग संस्कार अनुसार सेतो पगरी ओढाएर सम्मान गरियोे । कार्यक्रममा सात्याग्रह र्कासमितिका संयोजक कृष्णबहादुर राई, उप संयोजक सुर्य नेम्वांग, गोर्खादूत डा। रामनारायण कन्दंगवा, सचिव लैन शुब्बा, सदस्यहरु तेजबहादुर पून, टकबहदुर गुरुंग, गोपालकृष्ण राई समेतलाई सम्मान गरियो ।
रेडिंगस्थित द फर्गटन गोर्खा हलमा सम्पन्न उक्त कार्यक्रममा सेवासाम्वा रामकाजी चाम्लिंगले मौलिक मुन्धुम वाचन गरेर सुरु गरेका थिए । किरात राई चाम्लिंग खाम्मातिम बेलायत, वेलायतवासी चाम्लिंग राईहरुको भाषा, संस्कृति, संस्कारहरुजस्ता आफ्ना पहिचानको संरक्षण र संवद्धन तथा अन्य विभिन्न सामाजिक काम गर्न स्थपना भएको एक सामाजिक संस्था हो ।
हेम्बे कृष्ण