पुर्वमा पर्यटकीय आकर्षणको मुख्य केन्द्र वन्दै छ नाम्जे गाँउ । यो धनकुटा जिल्लाको पश्चिम दक्षिण गाविस भेडेटार वजारवाट तीनकिलोमिटर पुर्वमा पर्दछ । नाम्जे गाउ विश्वको प्रमुख हेर्नुपर्ने १० वटा गाउ मध्येको एउटा गाँउ हो । यो गाँउ आज भन्दा करिव १२ वर्ष अघिको अवस्था कहाली लाग्दो थियो । विश्वको १० वटा हेर्नुपर्ने गाँउ मध्येको एउटा गाँउ भनेर अमेरिकन समाचार संस्था सिएनएनले घोषणा गरेपछि यो गाँउको मुहारै फेरिएको छ ।
दैनिक वाहय तथा आन्तरिक पर्यटकहरुको भीड लाग्ने यो गाँउ आज जति सुन्दर छ विगतमा यस्तो थिएन । विगतमा नाम्जे गाउमा खानेपानीको अत्याधिक समस्या थियो । त्यसवेला अमेरिकन पिस्कोर स्वयंमसेवक राजिवकुमार गोयल यो गाँउमा स्वयंमसेवक शिक्षककोरुपमा आए । अनि गाँउमा नया परिवर्तनहरु देखिन थाले । अन्तत २०६० साल जेठ २८ गते नाम्जे गाँउको घरघरमा पानीको धारा पुग्यो । गाँउवाट पहिले पानी लिन जादा आधा घण्टा तल जानुपर्दथ्यो । तर अहिले त्यस्तो समस्या नाम्जेमा छैन ।
हिजोको सुख्खा नाम्जे गाँउ आज हरियो परियो र रमणिय गाँउ वनेको छ ।
अमेरिकन पिस्कोर स्वयंमसेवक राजिवकुमार गोयल धनकुटाको नाम्जे नआईपुगेको भए नाम्जेमा यस्तो परिवर्तन हुने थिएन भनेर स्थानियवासीहरु वताउछन् । मगर जातिको घना वस्ती रहेको यो गाँउ सफा र हेर्दा साच्चै चिटिक्क परेको भएकैले विश्वको नमुना गाँउ वन्न सफल भएको हो । विश्वका नमुना गाँउ मध्येको १० औमा यो गाँउ परेको छ । यसले गर्दा पुर्वी नेपालका विभिन्न स्थान र भारत सम्मका मानिसहरु यो गाउ हेर्न आउछन । अझ अमेरिकन समाचार संस्था सिएनएनको घोषणाको कारण पर्यटकहरुको पहिलो आकर्षण भेडेटारको नाम्जे गाँउ वनेको छ ।
यो गाँउको अर्को आकर्षण हो अमेरिकाका क्याथोलिक युनिर्भसिटीका १२ जना आर्किटेक ईन्जिनियरहरुले वनाएका आत्मा वस्ने घर ।यो पनि विश्वमा वनेका १२ वटा आत्मा वस्ने घर मध्येको आठौंमा पर्दछ । आत्मा वस्ने घर भन्नाले स्थानिय नाम्जेवासी मगरहरुको २ सय २८ वटा चिहानको ढुंगा मिलाईएर वनाईएको एकप्रकारको छाना विनाको घर छ । यसलाईनै आत्मावस्ने घर
भन्नेगरिन्छ । यो आत्माको घरलाई पनि अमेरिकन समाचार संस्था सिएनएनले विश्वका उत्कृष्ट मध्येको आठौंमा परेको भनेर घोषणा गरेको छ । यसले पनि पुर्वको पर्यटन प्रर्वद्धनमा निक्कै ठुलो महत्व राख्न सक्ने वताउछन् भेडेटारवासी नरबहादुर चेम्जोङ ।
यो आत्मा वस्ने घर भएको स्थान नाम्जे गाउको थुम्की भन्ने ठाउमा छ । भेडेटार गाविसको वडानं ६ मा २० रोपनी जग्गा यही आत्मा वस्ने घरकै लागि भनेर अमेरिकन पिस्कोर स्वायंमसेवक राजिवकुमार गोयलले नै खरिद गरिदिएका हुन । हिजो लथालिङग
अवस्थामा रहेको मगर जातिको चिहानको ढुङगाको प्रयोगवाट विश्वको एउटा नमुना आत्मा वस्ने घर वनेको छ । विदेशी संचारमाध्यमले नमुना भनेर घोषणा गरे पछि दैनिक सय भन्दा वढी आन्तरिक तथा वाहिय पर्यटकहरु नाम्जे गाँउ पुग्ने गर्दछन । करिव ८ लाख खर्चमा निर्माण भएको यो आत्मा वस्ने घर हेर्न समान्य शुल्क लाग्ने गर्दछ । सिएनएनले विश्वको नमुना भनेर नाम्जे र नाम्जेमा रहेको आत्मा वस्ने घरलाई घोषणा गरेपछि अहिले भने पर्यटकहरुको लागि नाम्जेवासीले होमस्टे पनि शुरु
गरेकाछन् ।
मगर जातिको वसोवास रहेकोले यहा आउने पर्यटकहरुले पुर्वका मगर जातिको हुर्रा नाच हेर्न र नाच्न समेत पाउने छन् । नाम्जे गाउको कारण पुर्वको पर्यटन प्रवद्र्धनमा निक्कै राम्रो प्रभाव परेको बताउछन् होटल एसोसिएसन भेडेटारका
सचिव जितेन्द्र रुम्दाली । यसरी अहिले पुर्वको धनकुटा जिल्लामा पर्ने भेडेटार नजिकको गाँउ नाम्जे आन्तरिक र
वाहय पर्यटनका लागि आर्कषणको केन्द्र वन्दै गएको छ । एक जना विदेशी नागरिकको सहयोगले नाम्जेका १ सय ७ घर परिवार खानेपानीवाट लाभन्वीत भए । नाम्जे गाँउ भन्दा ४ सय मिटर होचो ठाउवाट मोर्टरको सहयोगले गाउकै अग्लो ठाउमा खानेपानीको टंकी निर्माण गरि वितरण गरे पछि नाम्जेवासी र नाम्जेमा गजवको परिवर्तन आएको हो ।
एकै जना विदेशिको सहयोगवाट आज पुर्वको एउटा गाँउ नमुना गाँउ वन्न सक्यो । अहिले त्यही आदिवासी मगरहरुको घना वस्ती रहेको भेडेटार नजिकैको गाँउ पुर्वको पर्यटकीय आर्कषणको केन्द्र वनेको छ । तर राज्य पक्षवाट भने उपेक्षित छ, यो गाँउ । पर्यटनको नाममा धेरै ठुलो हल्ला गर्ने पर्यटनवोर्डले पनि नाम्जे गाँउ प्रति केही गर्न सकेको छैन ।
भैरव आङ्ला नाम्जेबाट फर्केर