चीन–नेपाल संस्कृति आदान–प्रदान तस्बिर प्रदर्शनी

काठमाडाँंै, १२ मङ्सिर 

मध्य चीनको हुवेइ प्रान्तको इछाङमा दुईदिने चीन–नेपाल संस्कृति आदान–प्रदानसम्बन्धी फोटो प्रदर्शनी यही मङ्सिर ११ गतेदेखि सुरु भएको छ ।

     चिनियाँ इछाङ फोटोग्राफर्स एसोसियसनको आयोजनामा भएको उक्त प्रदर्शनी काठमाडौँ स्कुल अफ मेडिकल टेक्नोलोजी (केएसएमटी) को संलग्नतामा सुरु भएको हो ।

कार्यक्रमको उद्घाटनमा चिनियाँ, नेपाली, भारतीय तथा तिब्बती नृत्य प्रस्तुत भएको थियो । नेपाली संस्कृति बोकेका सयभन्दा बढी फोटो उक्त प्रदर्शनीमा राखिएको छ ।

    कार्यक्रमा केएसएमटीका  कार्यकारी निर्देशक तथा चाइना थ्री गर्जेज युनिभर्सिटीका प्रा डा कृष्ण अधिकारीले यो कार्यक्रम आयोजनाम सघाएका छन् ।  

     युनिभर्सिटीको एमविविएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी ओमप्रकाश अधिकारीका अनुसार हुवेइ, इछाङको इ लिङ परिसरमा भएको उक्त प्रदर्शनीलाई सम्पन्न गराउन कार्यक्रममा चाइना थ्री गर्जेजमा अध्ययनरत करिब २५० नेपाली विद्यार्थीलगायत भारतीय विद्यार्थी तथा उल्लेख्य चिनियाँको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा नेपाल आई फोटो खिच्ने १० जना चिनियाँ फोटोग्राफरलाई सम्मान गरिएको थियो ।

उक्त फोटो प्रदर्शनीमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । रासस