दुवईमा जनजाति समिक्षा

Read Time:2 Minute, 30 Second


 २३ नोवेम्बर २०१३
 नेपाल आदिवासी जनजाती परिषद युएईको विशेष महाधिवेशन एवं दिपावली साँस्कृतिक साँझ समिक्षा वैठक संपन्न भएको छ । २२ नोभेम्बर २०१३ परिषद्को सचिवालय आबुधाविमा अध्यक्ष हरि बहादुर घर्ति मगरको अध्यक्षता र परिषदका सल्लाहकार एवं संरक्षक सदस्य रामचन्द्र डंगोलको आतिथ्यतामा सम्पन भएको विशेष महाधिवेशन पछिको प्रथम बैठक एवं समिक्षा बैठकले विशेष महाधिवेशन घोषणासभा एवं शुभ दिपावली साँकृतिक साँझको समिक्षा गर्दै केहि प्राविधिक कमजोरी वाहेक विशेष महाधिवेशन एवं दिपावली साँकृतिक साँझ भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको छ ।

      उक्त कार्यक्रमको समिक्षा गर्दै परिषदका सल्लाहकार संरक्षक सदस्य रामचन्द्र डंगोलले आफ्नो विचार राख्दै हाम्रो ऐतिहासिक जातीय पहिचान सहित राज्य पुनर्संरचनाको मुद्दा अहिलेको संविधान सभाको निर्वाचनको परिणामले अझ वढी संकटमा पर्न गएको ठहर गर्दै अव प्रवासका आदिवासी जनजातिहरुलाई आफ्ना नैसर्गिक जातीय हक अधिकार एवं आत्मनिर्णयको अधिकार सहित जातीय स्वशासनको मुदामा अझ वढी घचघच्याउन सशक्त रुपमा परिषद क्रियाशील हुन भने ।             
बैठकमा अध्यक्ष घर्तीमगरले आफ्नो विचार राख्दै भने – हाम्रो ऐतिहासिक पुर्खौली थातथलो लाई विभिन्न षडयन्त्र गरेर हामीलाई पहिचान विहिन वनाउन खोजिएको छ यो हामीलाई कुनै पनि हालतमा मान्य हुने छैन,यदि त्यस्तो दूशाहसपूर्ण परिणाम आयो भने निसन्देह मुलुक द्वन्दमा फस्ने चितावानी दिए ।
परिषदका सचिव आकाश लामाले संचालन गरेको बैठकमा उपाध्यक्ष भिम तामांगले स्वागत मन्तव्य दिएका थिए ।

सुशी पुलामी,आबुधावी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %