चुनावमा एमाले र काग्रेंस जस्ता पहिचान विरोधिहरुलाई जिताउन देशी विदेशी शक्तिहरु लागेर षड्यन्त्र गरि आफु लगायतका पहिचानवादी शक्तिलाई हराउन लागेको भन्दै चुनावी परिणाम बहिष्कार गरेको एमाओवादीले भोलिका दिन संकटमा पार्ने देखिएकोछ । उसले मतगणना बहिष्कार गरेपछि अघिल्लो संविधानसभाको चौथो ठुलो दल मधेसी जनअधिकार फोरम नेपालले पनि त्यहि आरोप लगाई एमाओवादीकै बाटो समातेकोछ । हिंजो साझ विविसीसंग कुरा गर्दे फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, जनजाति जस्ता पहिचान पक्षधरहरुलाई तह लगाउन ग्रायन्ड डिजायन सहित देशी विदेशी शक्तिहरु लागेको र यसले भोलिका दिन ठुलो द्धन्द्ध बढाउने प्रतिक्रिया दिएकाथिए । उनले कर्मचारी र गृहमन्त्रालय मिलि यो ग्रायन्ड डिजायनमा काम गरेको आरोप लगाएकाथिए ।
संघीय समाजवादी दलले पनि धाँधली भएको भन्दै चुनाव बहिष्कार गरेकोछ । केन्द्रिय रुपमा नगरिएतापनि स्थानीय रुपमा मधेसी र जनजाति दलहरुको पनि बहिष्कार गर्ने क्रम बढेकोछ । यसरी बहिष्कार गर्नेहरुमा राष्ट्रिय जनमुक्ति पार्टी पनि छ । रुपन्देहीमा राष्ट्रिय जनमुक्ति लगायत आधा र्जन भनदा बढी मधेसी, जनजाति दलले चुनाव गणना बहिष्कार गरेकाछन् । बहिष्कार गर्नेमा राजेन्द्र महतो सदभावना पनि छ । महतोले ब्यापक धाँधली भएको आरोप लगाएकाछन् ।
धाँधलीका प्रमाण – प्रहरी चौकीमा पटपेटिका
यसअघि नै नेकपा माओवादी सहित अधिकांश केहि जनजाति दलहरु सहित ३३ दलले चुनाव नै बहिष्कार गरेकोछ । चुनावमा बदमासी गरिन थालिएको भनि तिनले बहिष्कार गरेकाथिए । अब ३३ दल र अहिले चुनाव बहिष्कार गर्ने एमाओवादी सहित मधेसी र जनजाति दलहरु बिना संविधान लेखन असंभवप्राय छ ।
जंलमा भेटिएका सीलहरु :
यी सडकमा गई आन्दोलनमा उत्रिए देशले यसपालि पनि संविधान नपाउने खतरा छ ।त्यसपछि देश नटुंगिने जातीय हिंसामा फँस्न सक्ने विश्लेषकहरु बताईरहेकाछन् ।