प्राण फुस्कन थाल्यो गुर्खाको तर चुपचाप छन् डेविड

Read Time:5 Minute, 23 Second

१९ नोवेम्बर २०१३ लन्डन,
नेपालमा सीव्ंधानसभाको चुनावी रौनक बढी रहेको बेला बेलायतमा भने आफुहरु अन्यायमा  परेको बताउदै भुपु गोर्खालीहरु आन्दोलनलमा उत्रिएकाछन् ।  गोर्खालीहरु आफ्नो अधिकारको लागि ज्यानको मुल्य चुकाउने गरि सत्याग्हमा छन् ।तर गोर्खाको सत्याग्रह आन्दोलनको १३औ दिन बितिसक्दा पनि  बेलायत सरकारले  कुनै प्रतिकृया जनाएको छैन ।
उक्त आन्दोलनका निर्देशक भुपु गोर्खा ज्ञानराज राई प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिट अगाडि आमरण अनसनमा बसेको १३ दिन भैसकेको छ ।सुनुवाई नभएपछि सेम्तेम्बर १९का दिन  गोर्खालीहरुले हवाइट हल अगाडि र्याली निकालेकाछन्् । उक्त र्यालीलाई सम्बोधन गर्दै सत्याग्रह संघर्ष समितिका प्रवक्ता डा राम नारायण कन्दवाले गोर्खाहरुले गरिरहेको भोक हड्ताल बारे जानकारी गराउदै गोर्खालीहरुले बेलायत र बेलायती जनताको लागि २०० बर्षदेखी   रगत र पसिना बगाउदै आएकोमा यसको बदलामा गोर्खालीहरुले सम्मान पाउनु पर्नेमा बिभेद खेप्दै आइरहेको जनाए ।

हिंो विश्व्युद्धमा जबर्जस्ती भर्ती गरेर ल्याएका गोर्खालीहरुलाई युद्ध सकिनासाथ खाली खुट्टा नेपाल पठाउने गरिएको,मर्नेको त लेखाजोखा नै भएन जो जिवित थिए लडाईंमा अङ्ग्भङ्ग् भएका ,युद्दमा  मानसिक सन्तुलन गुमाएका देखी अधिकांशलाई विनाउपचार विना राहत पल्टनबाट धपाई नेपालमा नारकिय जीवन विताउन बाध्य गराएको स्मरण गराइएकोथियो ।

बेलायतको लागि  ज्यान दिने गोर्खाली हरुप्रति गरेको अन्यायपूर्ण व्यवहारको बिरुद्द नै गोर्खालीहरु आन्दोलनमा उत्रिनु परेको जानकारी गराईयो । यो न्यायिक आन्दोलन सुरु गरेको दुई दशक भैसक्दापनि बेलायत र नेपालमा सबै प्रकारका कार्यक्रमहरु गरी सकेको तर  कुनै सुनुवाई नभएपछी वाध्य भएर भोक हड्ताल देखी आमरण अनसनको बाटो रोजेको जानकारी गराईयो  ।  सभैभन्दा प्रजातान्त्रिक मुलुक मानिएको बेलायत जसको बारे ठुला ठुला उदाहरण दिई पढाउने गरिन्छ, तर गोर्खाको हकमा त्यो देखाउने दाँत मात्र रहेछ भन्ने पुष्टि भएकोछ, त्यहाँ बोलियो ।  

कार्यक्रममा बेलायती नागरिक डा डेविड हाल्रोनले गोर्खाहरु सधैं बेलायतको  लागि इमान्दार र बहादुरिका साथ लडेको उदाहरण दिदै साउथ अफ्रिकामा हुँदा गोर्खाले आफ्नो ज्यान बचाएको स्मरण गर्दै यस्ता हजारौ उदाहरण रहेको तर बाहिर नल्याएको जनाउदै बेलायती जनताले गोर्खाहरुलाई सधैं माया र सम्मान गर्ने तर यो सरकार किन हो उदासिन देखिएको भन्दै खेद प्रकट गरे । आफु पनि यो आन्दोलनमा सामिल भई गोर्खा हरुको न्यायको लागि ज्यान दिन तयार रहेको जानकारी गराए ।
विभिन्न चरणको आन्दोलन गरिएकोछ । गत २५ अक्टोबर देखी १३ भिसि हरुको नाममा रिले अनसन बसिएको थियो । त्यसलगत्तै आमरण अनसन सुरु गरिएको छ ।१९९७ अगाडि अवकास प्राप्त गोर्खाहरुको पेन्सन सुबिधामा समानता ,गोर्खाली हरु माथिको भेदभावको क्षतिपूर्ति ,नेपालमा पनि  ब्रिटिशगोर्खाहरुलाई शतप्रतिशत औषीधउपचार खर्च उपलब्ध हुनुपर्ने ,उमेर पुगेका गोर्खाका सन्तानहरुलाई पनि बेलायतमा आवासीय भिसा उपलब्ध हुनुपर्ने ,जागिर  कतौटिमा परेका गोर्खाहरुलाई पनि पेन्सनको ग्यारेन्टी जस्ता पाँच सुत्रिय माग रहेको छ ।   
 गोर्खाहरुले ब्रिटिश साम्रज्यवादसँग मात्र बिभेदको लडाई लड्न परिरहेकोछैन । यी आफ्नै देश नेपालबाट पनि पीडित छन । चुनावका निम्ति करौडौ चन्दाको लागि हसुर्ने हरुले यि गोर्खाहरु अहिले ज्यानको जोखिम मोलेर आन्दोलनमा उत्रदा समेट कुनै सुनुवाई गरिएकोछै छैन् । तिनले आरोप लगाए-न त नेपाल सरकारल्े आफ्नै जनताको लागि केहि पहलकदमी गरेकोछ।

डा.चजिन्द्र राना मगर

…………………………………………

फोटो फिचर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %