आबुधावी युएई ,
गत नोवेम्बर १५ तारिख, नेपाल आदिवासी जनजाति परिषद युएईको विशेष महाधिवेशन तथा दीपावली सांस्कृतिक साँझ २०७० ऐतिहासिक रुपमा सम्पन्न भएको छ । अध्यक्ष हरीवहादुर घर्ति मगरको अध्यक्षतामा पुन: २९ सदस्यीय नयाँ सचिवालयको चयन,विधानमा सँशोधन र शुभ दिपावली शुभकामना कार्यक्रमका साथ परिषदको विशेष महाधिवेशन घोषणा सभा र दिपावली सांकृतिक साँझ ऐतिहासिक रुपमा संपन्न भएको छ ।
युएईको राजधानी आबुधाबी स्थित केरेला सोसियल सेन्टरमा सम्पन्न उक्त विशेष महाधिवेशनमा प्रमुख अतिथि युएईका लागि नेपाली राजदूतवासका द्दितीय सचिव ललित कुमार श्रेष्ठ , विशेष अतिथि NRN ICC का भुपू सदस्य बिमल तामांग, आदिवासी जनजाति वुद्दिजिवी रामचन्द्र डंगोल,नेपाली मगर संघ युएईका अध्यक्ष् चन्द्र सारू मगर, तामांग समाज क्षेत्रिय समिति आबुधाबी युएईका अध्यक्ष अनिल लामा,नेपाली समाज युएईका का.वा.अध्यक्ष भेष राज ढकाल, नेपाली जन सपर्क समिति युएईका सभापति चित्र बहादुर केसी,जन प्रगतिशील मोर्चा युएईका केन्द्रीय सदस्य जित बहादुर गुरुङ,समाज सेवी प्रमोद गुरुङ लगायत पत्रकार,समाज सेवी,अन्य विभिन्न संघ सस्था तथा वुद्दिजिवि हरुको विशेष उपस्थित थियो ।
उक्त समारोहलाई संयोजक मोहन कुमार तामांगले शुभ दिपावलीको शुभ कामनाका साथ स्वागत गर्दै नेपाल आदिवासी जनजाति युवा परिषद युएईवाट “युवा” शव्द हटाई नेपाल आदिवासी जनजाति परिषद युएई बनाउन विशेष महाधिवेशनको आवस्यकता भएको हो भनि स्पष्ट पारे भने प्रमुख अत्तिथि श्रेष्ठले सम्वोधन गर्दै नेपाली राजदुतावास युएई नेपालीहरुको हरेक समस्यामा साथ र सहयोगाको भूमिका निर्वाह गर्ने छ, भन्दै युएईमा रहेका नेपाली श्रमिक हरुका विविध समस्याको निराकरण वारे बोलेका थिए । विशेष महाधिवेशनको प्रथम सत्रलाई समापन भएको घोषणाका साथ दिपावलीको शुभकामना दिदै समारोहका सभापति घर्तीमगरले भने अहिले मुलुक संविधानसभाको निर्वाचनको क्रममा छ,हामि भन्छौ यो संविधानसभाको निर्वाचनमा चाहे निर्वाचन बहिस्कार गरिरहेका ३३ दलको सहमतिवाट होवस चाहे उनीहरूलाई बाहिर राखेर उनीहरुको असमतिवाट होवस,मुलुकको प्रमुख समस्याको रुपमा रहेको राज्यको पुनर्संरचना जातीय पहिचानका आधारमा भएन भने फेरी पनि हाम्रो पुर्खाको थातथलो पूर्ण रुपमा नष्ट गराई छाड्ने दुसाहस गरियो भने हामीलाई कुनैपनि हालतमा मान्ने हुने छैन भन्दै यी नव सामन्त वास्तविक रुपमा एक जातिवादी,सर्वसत्तावादी हैकम हरुको किला भात्काउन हामि अन्तिम समय सम्म लडेर भएपनि आफ्नो अधिकार प्राप्त गरी छाड्ने छौ भन्ने प्रवासी आदिवासी जनजातिहरुको प्रतिनिधित्व गर्दै नेपाल आदिवासी जनजाति परिषद युएई यस मंच वाट उद्घोष गर्दछ र हामीमाथि अन्याय गर्ने उत्पीडक एकाधिकारवादी साशकहरुलाई यसै विशेष महाधिवेशन वाट संदेश पठाउन चाहन्छौं ‘ भनेर उद्घोष गरे ।
विशेष महाधिवेशन सन्चालन बरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिबु र महिला विभाग प्रमुख सुशी पुलामी मगरले गरेका थिए भने कार्यक्रमको दोश्रो चरण दीपावली सांस्कृतिक साँझ २०७० वुनु लोचनले सन्चालनगरेकी थिइन् । कार्यक्रमलाई ऐतिहासिक रुपमा सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह गर्ने युएईका सर्वाधिक लोकप्रिय चर्चित एवं सुमधुर स्वरका धनि परिषदका सांकृतिक विभाग प्रमुख समेत रहेका सुमन सिङ्गदेनको गीतले दर्शक मन्त्रमुग्द बन्दै को तालीको गडगडाहट पाएको थियो । युएईका कार्यक्रममा यति धेरै नेपाली दर्शकको उपस्थिति भएको यो पहिलो पटक हो भनेर कार्यक्रम स्थलमा अधिकांस दर्शक हरुले भन्दै थिए । साथै चर्चित निर्त्यकि धनि कलाकार तथा सांकृतिक विभाग उपप्रमुख समेत रहेकी माइली स्याम्बो र सांकृतिक कार्यक्रम संचालिका बुनु लोचनलाई कार्यक्रम अत्यधिक सफल बनाउन महत्वपुर्ण भूमिका निर्वाह गरेकाले आगामी विश्व आदिवासी दिवश ९ अगष्टमा ताम्र पत्र सहित नगद पुरस्कारले सम्मान गर्ने परिषदले समारोह स्थलमानै घोषणा गरेको छ ।
नेपाल आदिवासी जनजाति परिषद युएईको विशेष महाधिवेशनवाट निर्वाचित २९ सदस्यीय पदाधिकारी एवं सदस्य र सल्लाहाकार हरुको नामावली यस प्रकार छ |
१- अध्यक्ष हरि बहादुर घर्तिमगर
२- बरिष्ठ उपाध्यक्ष दिपराज न्योहांग लिबु
३- उपाध्यक्ष् मोहन कुमार
४ – उपाध्यक्ष् भिम लामा
५- महासचिव प्रिथिछक बुढा मगर
६- सचिव आकाश लामा
७ कोषध्यक्ष सुजन थापामगर
८- प्रवक्ता सोनामदोर्जे लामा
९- सह-कोश्यक्ष कार्चुंग लामा
जातीय संगठन विभाग प्रमुख हरु
१- लिम्बु समुदाय प्रमुख वृख बहादुर लिम्बु
२- थारु समुदाय गणेश थारू
३- मगर समुदाय रेशम सोमई मगर
४- राई समुदाय कुस्मणि राई
५- तामांग समुदाय जोया तामांग
६-सेर्पा “ सोमु सेर्पा
७- नेवा “ मोहन कुमार श्रेष्ठ
८- घले समुदाय एलेक्स घले
९- तमु समुदाय जित बहादुर गुरुङ
विभागिय प्रमुखहरू:-१- अनुसासन विभाग अनिल लामा
२- साँस्कृतिक विभाग सुमन सिंग्देंन
३- महिला सशक्तिकरण विभाग सुशी पुलामी
४-युवा सशक्तिकरण विभाग विकल्प राई
५- जन सम्पर्क विभाग चुमान काउछा मगर
सचिवालय सद्स्यस्यहरु
१-नविन थापा मगर
२- सुर्यभक्त श्रेष्ठ
३- सुशिला मगर
४- बुनु लोचन
५- माइली स्याम्वो
६- लक्ष्मी थापा मगर
७- अनुपमा राई
८- सुनिल राई
९ – अमर सेर्पुजा मगर
१०- नारायण सारु मगर
सल्लाहाकार :-
१-सल्लाहाकार एवं सम्रक्षक संयोजक बिमल तामांग
२- उद्दव राई
३- चन्द्र सारुमगर
४- रामचन्द्र डंगोल
५- प्रमोदगुरुङ
साँस्कृतिक विभाग:- १) प्रमुख सुमन सिङ्गदेन
२) उप-प्रमुख माइली स्याम्वो
३) साँकृतिक सचिव जोया तामांग
४ ) सदस्य सुशिला मगर
५ ) विकल्प राई
६) अनुपमा राई
७) निशा घले
शुशी पुलामी ,आबुधाबी युएई