राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष एवं क्षेत्र नं ३ का प्रत्यक्ष उम्मेदवार झमबहादुर गुरुङ्ग संग राज्यसत्ता डट्कम रूपन्देहिका संबादाता गोबिन्द घर्ति मगरले दोश्रो संविधानसभा निर्वाचन सम्वन्धी गरेको कुराकानी सारशंक्षेप्त।
१, निर्वाचनको प्रचार प्रसार कस्तो रहेको छ ?
–दोश्रो संविधानसभा निर्वाचनको प्रचार प्रसार एकदमै सौहार्द वातावरणमा चलिरहेको छ । रुपन्देहीको क्षेत्र नं ३ मा ११ वटा गाविस रहेको छ । सम्पूर्ण पार्टी कार्यकर्ताहरु दिनरात खटिरहनु भएको छ । आम मतदाता संगको घरदैलो तथा कोणसभा, भेटघाट र आन्तरिक छलफलका साथ चुनावी प्रसार प्रसारलाई तिव्रता दिएका छौं ।
२, संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट के का लागि उम्मेदवारी दिनु भएको हो ?
–विशेष गरेर गएको संविधान सभाबाट नेपालका ठूला भनाउदा राजनैतिक दलहरुले संविधान बनाउन सकेन । राजनैतिक दलका नेताहरु मात्र राज्यसत्ताको लुछाचुडीमा मात्र सिमित भएका कारण जनसंविधान निर्माण गर्न, राष्ट्र निर्माण गर्न र सम्वृद्धि नेपाल निर्माणको लागि मैले दोश्रो संविधान सभाको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दिएको हो । नेपालका राजनैतिक दलहरुले पहिचान सहीतको संघीयताको संविधान दिन सक्दैन त्यस कारण त्यो पहिचान सहीतको संविधान निर्माण गर्न पनि मेरो उम्मेदवारी आवश्यक हो ।
३, निर्वाचनमा जित्ने प्रमुख आधार के के छ ?
–निर्वाचन जित्न धेरै आधारहरु छन् । पहिलो कुरा त आफुलाई ठूला राजनैतिक दलका नेताहरुले पहिलो संविधानसभाबाट संविधान दिन सकेन । राष्ट्रिय जनमुक्ति पार्टीले जनतालाई मालिक बनाउने पहिलो प्रतिवद्धता व्यक्त गरेको छ । पहिचान सहीतको संघीयता, संघीयता सहितको संविधान, संविधानसभाबाट संविधानको घोषणालाई प्राथमिता दिएको छ । राज्यको कुनै धर्म हुदैन र धर्म व्यक्तिको हुन्छ भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले स्थापनाकाल देखि उठाउदै आएको धर्म निरपेक्षतालाई अहिले राजनैतिक दलले पनि आत्मसाथ गरेको हुदा पार्टीले उठाएको मुद्दा नै निर्वाचन जित्ने आधारहरु हुन । नेपाल एकल जातीय अधिनायकवाद रहेको छ, एकल जातीय अधिनायकवादलाई अन्तय गर्दै जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने पार्टीको मुख्य मुदा रहेको हुदा अहिलेको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीले जित्ने आधारहरु रहेका छन् ।
४, राष्ट्रिय जनमुक्ति पार्टीको प्रमुख मुद्दा के के रहेको छ ?
– हाम्रो पार्टीको प्रमुख मुद्दा भनेको नेपाललाई भ्रष्टचारमुक्त बनाउने हो । जव सम्म भ्रष्टचार अन्त्य हुदैन तव सम्म देशमा शुसासन कायम हुन नसक्ने हुदा भ्रष्टचार गर्नेलाई राज्यद्धोहको मुद्दा लगाई आजीवन कारावासको सजाय हुनु पर्छ । बहुजातीय लोकतान्त्रिक समाजवादको स्थापना गर्दै राष्ट्रमा मातृभाषामा शिक्षा प्राणली सहितको शिक्षा प्रदान गर्नु पर्ने रहेको छ । राष्ट्रको पुर्वाधारलाई सदुपयोग गर्दै विकास निर्माण, उद्योगको विकास गर्ने, पशुपालन तथा कृषिलाई प्राथमिकता दिने रहेको छ । नेपालको अर्को जटिल समस्या भनेको सुकुम्वासी समस्या हो । सुकुम्वासीहरुको वास्तविक पहिचान गरी उनीहरुलाई गास, वास र रोजगारीको व्यवस्था गर्नु पर्छ ।
५, राष्ट्रिय जनमुक्ति पार्टीलाई जातीय पार्टीको आरोप लगाउने गर्दछ वास्तवमा के हो ?
–जसले जातीय पार्टी संचालन गर्छ उसले राष्ट्रिय जनमुक्ति पार्टीलाई जातीय पार्टीको रुपमा हेर्ने गर्दछ । वास्तवमा भन्ने हो भने नेकपा एमाले, एमाओवादी र काग्रेसको नेतृत्व वाहुनले गरेको छ के ती पार्टीहरुलाई हामीले वाहुनको पार्टी भन्ने ? राष्ट्रिय जनमुक्ति यस्तो पार्टी हो नेपालमा बसोवास गर्ने सम्पूर्ण जातीको सम्मान र अधिकार प्राप्त होस भनेर स्थापनाकाल देखि लड्दै आएको छ । विगतका दिनमा राष्ट्रिय जनमुक्ति पार्टीले संघीयता, धर्म निरपेक्षताको कुरा उठाउदै आउदा सामप्रदायक पार्टीको संज्ञा दिएका थिए । तर आज आएर नेपालमा रहेका राजनैतिक दलहरुले संघीयता संघीयता भन्दै जनताको मत तान्ने माध्यम बनाएको छ । अर्को कुरा अहिलेको निर्वाचनको उम्मेदवारीबाट पनि स्पष्ट हुन्छ कि कुन राजनैतिक दल जातीय भन्ने कुरा । राष्ट्रिय जनमुक्ति पार्टी वाहेक अन्य दलले समावेशीता गर्न सकेको छैन । राष्ट्रिय जनमुक्ति पार्टीमा वादी देखि वाहुन सम्मका जातीलाई उम्मेदवार बनाएर समावेशी लागु गरेको छ । तर अन्य पार्टीमा हेर्ने हो भने त्यो भेटाउन सकिदैन । त्यस्ता पार्टीलाई जातीय पार्टी भन्ने कि हाम्रो पार्टीलाई यो सवैले बुझनु पर्दछ ।
६, चुनावी प्रचार प्रसारको क्रममा मतदाताको अपेक्षा कस्तो पाउनु भएको छ ?
–चुनावी प्रचार प्रसारको क्रममा हामी धेरै मतदाताको घरघरमा पुगियो । जहा हामी पुग्छौं त्यहाका मतदाताहरुको भनाई विगतमा जितेर गएका राजनैतिक दलका नेताहरुले न त संविधान दिन सक्यो नत विकास नै गर्न सक्यो त्यसो भएकोले अवको निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीलाई हेनु पर्छ भन्ने आभास पाएको छु । आम मतदाताले राष्ट्रिय जनमुक्ति पार्टी वाहेक अन्य राजनैतिक दलहरुले संविधान बनाउन नसक्ने भनाई रहेको छ । आम मतदाताको राजनैतिक पार्टी वीच पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान निर्माण होस, नेपालमा विकासले दु्रतगतिमा लियोस, स्थायि शान्ति होस भन्ने अपेक्षा रहेको छ त्यो पुरा गर्न राष्ट्रिय जनमुक्ति पार्टी वाहेक अन्य दलले नसक्ने हुदा अहिलेको निर्वाचनमा जनमुक्तिको जीत सुनिश्चित रहेको छ