हंगकंग, १० नोभेम्वर, गोरखाली एसोसीयसन हंगकंगको आयोजनामा याक एण्ड यती रेष्टुरेण्टमा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । देउसी भैलोबाट उठेको रकमले जिल्लामा भैपरी आएको बेलामा सहयोग गरीने अध्यक्ष भिम थापा मगरले बताए । जिल्लाबासी लगायत अन्य महानुभावहरुको पनि उपस्थितिले रेण्टुरेण्ट खचाखच भएको थियो ।
अध्यक्ष भिम थापा मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा समितिका पुर्व कोषाध्यक्ष ओमराज गुरुङ प्रमुख अतिथि रहेका थिए । सचिब रबिन गुरुङको सञ्चालनमा उपाध्यक्ष गंगा राना मगरले स्वागत मन्तब्य दिएका थिए । मगर संघ हंगकंगकी अध्यक्ष चन्द्र ज्योति आले मगर, तनहु समाजका अध्यक्ष भिमराज गुरुङ लगायत अन्य समाजसेवीहरुले आतिथ्य ग्रहण गरेका थिए ।
देउसीको रकमले जिल्लाबासीलाई सहयोग गर्ने
Read Time:1 Minute, 9 Second