(नेपाल मगर महिला संघ केन्द्रिय समितिको भाषिक उपाध्यक्ष तथा विगत लामो समयदेखि आदिवासी जनजाति आन्दोलन र महिला आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएकी राष्ट्रिय जनमुक्ति पार्टी तनहूँको अध्यक्ष एवम् राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट तनहूँ क्षेत्र नं.२ का प्रत्यक्ष तर्फका उम्मेद्वार, मन्ध्ररी आले मगर संग संबिधान सभा निर्वाचन २०७०को सेरोफेरोमा रही राज्यसत्ता डट कम तनहूँ प्रतिनिधि खडक आले मगरले मितिः२०७० कार्तिक २५ गते गरेको टेलीफोन बार्ताको सार संक्षेप ।)
१. राज्यसत्ता डटकम : तपाई ,राष्ट्रिय जनमुक्ति पार्टीको तर्फ बाट तनहूँ क्षेत्र नं.२ का प्रत्यक्ष उम्मेद्वार पनि हुनुहुन्छ । अब संबिधान सभाको चुनाव आउन जम्मा ८ दिन मात्र बाँकी छ अब भनि दिनु न तनहूँको चुनावी महोल कतिको तातेको छ ?
मन्ध्ररी आले : यतिखेर तनहुँको मात्रै होइन ,देश भरिकै चुनावी माहोल तातेको छ । म पनि तनहूँ क्षेत्र नं.२ को १६ वटै गा.बि.स.मा पुगी भोट माग्दै घर दैलो गरी हिड्दै छु । म खुशी छु, ढुक्क पनि छु । जनताहरुमा उत्साह छ । महिलाहरु उत्साहित भएका छन् । अबको संबिधानमा महिला मुक्तिको लागि, आदिबासी जनजातिको हक अधिकार ,दलित पिछाडिएका वर्ग ,मुस्लिम अल्पसंख्याकको हक अधिकार प्राप्तिका लागि आदिबासी जनजातिको उम्मेद्वार नै छानिनु पर्छ, महिला उम्मेद्वार हुनु पर्छ , अबको संबिधानमा यी हक अधिकार हरु लेखिनु पर्छ भनेका छन सुनिश्चत हुनु पर्छ भनेका छन । म जहाँ जहाँ पूगें जनताहरु बाट मैले हौसला पाएकी छु । हो, चुनावी महोल राम्रो छ ।
२.राज्यसत्ता डट कमः तपाई अहिले तनहूँ क्षेत्र नं: २ बाट चुनाव लड्दै हुनुहुन्छ । जुन यो क्षेत्र नेपाली कंग्रेसको आधार इलाकाको रुपमा हेरिन्छ । जहाँ नेपाली कँग्रसका उपसभापति रामचन्द्र पौडेल बिगत २३ बर्ष यता देखि नै आफ्नो मात्र एकाधिकार जमाउदै आएको क्षेत्र पनि हो । अहिले तपाई उनै पौडेल संग नै प्रतिस्पर्धा पनि गर्दै हुनुहुन्छ । अब भनि दिनुस पौडेल संग प्रतिस्पर्धा गरेर तपाईले चुनाव जित्ने आधारहरु के छ ?
मन्ध्ररी आले : त्यो भन्ने कुरामा त, अबको जनताले बुझि सकेको छ कुन पार्टीले कुन मुद्दा उठाएको छ , उस्को सिद्धन्त बिचारधारा कार्यदिशा कस्तो छ, त्यस्को घोषण पत्रमा के उल्लेख छ ,सबै कुरा जनताले हेरिसकेको छ । साथै त्यसमा पनि ब्यक्तिको संक्षमता इमान्दारीता पनि जनताले हेरिरहेको हुन्छ । जनमुक्तिको सिद्धन्त भनेको बाँच र बाँच्न देउ सिद्धन्तमा आधारित छ । देशलाई आग्रगामि दिशा तर्फ लैजान , देशमा दिगो शान्ति ल्याउन, र देशको चौतर्फि बिकास गर्न जनमुक्तिले मात्र सक्छ । अब कुरा गरौं नेपाली कँग्रेसका पौडेलजी को । २०६४ सालको पहिलो संबिधान सभा चुनावमा यसै क्षेत्र बाट रामचन्द्र पौडेल लाई जिताएर पठाएकै हो, संबिधान लेख्छु भनेर गाकै हो तर जनता लाई संबिधान दिन त सकेन नी त ।
अझ यसो भनुँ , जब जन पक्षिय संबिधान आउन लागेको थियो, बिभिन्न जलझेल गरेर संबिधान सभाको नै हत्या गरियो । संबिधान सभाको हत्या गराउने कार्यमा मुख्य भुमिका पौडेल ज्यू रहेको देखिन्छ । अब जनताले के आधारमा नेपाली कँग्रेस लाई भोट दिने ? उस्ले जनता सामु बिश्वास गुमाई सकेको छ । अर्को कुरो, नेपाली कँग्रेसले कहिल्यै पनि पहिचन सहितको संघियता संघियता सहितको संबिधान स्वीकारदैन । जनता कँग्रेस देखि असन्टुष्ट छ , उसैको कार्यकर्ता नै सन्टुष्ट छैन ।
यस्को उदाहरण नेपाली कँग्रेस महासंघ प्रतिनिधि तथा युबा संघका केन्द्रिय सदस्य पुर्णबहादुर गुरुङ पौडेलकै बिरुद्घमा बागी उम्मेद्वारी दिई चुनाबी मैदानमा छ । कुरो प्रष्ट छ । आज पौडेल चुनाबी प्रचार प्रसार लिएर जहाँ जहाँ पुग्छ त्यहाँ त्यहाँ नेपाली कँग्रेसकै कार्यकर्ताले बरम्बार कालो झन्डा देखाउने बाटामा ढुङ्ग मुढा तेस्र्याउदै गरेको समाचार त तपाईले पनि सुनेकै होला । म सबै क्षेत्रमा घुमे जनताको एउटै गुनासो छ, बिगत २४ बर्ष देखि एउटै जातिका मान्छे लाई जिताएर पठाए तर हामी के पायौं भन्छन् जनताहरु । खै हिजो भोट माग्ने बेलमा नेपाली कँग्रेसले गरेका बाचाहरु पुरा भएनन्। जनताहरु यति खेर कँग्रेस देखी रुष्ट छन । जब हिजो रिमोट कनट्रोलको भरमा चुनाब जित्छु भन्ने पौडेल आज अतालिएका छन । आज उ प्रहरी प्रशसानको जत्था सहित लिई हिजो नछिएका गाउँ गाउँमा पुगी भोट मागी रहेका छन । त्यहाँका गुरुङ मगर दलितको हातमा मात्रै होई खुट्टमै ढोगेर भोट माग्ने स्थितिमा पुगेको छ ।
३.राज्यसत्ता डट कमः आज सुनिन्छ , केही राजनितिक हरुले गाउँ गाउँ गइ खसी कटेर भोज भटेर गरी त्यहाँका युबा क्लब र आमा समुहहरु लाई पैसा बाँड्दै भोट माग्दै छ रे नी , के यो निर्बाचन आचरसंहिता भित्र पर्छ ?
मन्ध्ररी आलेः पर्दैन , हामीले जिल्ला निर्बाचन कार्यलय, प्रशसान कार्यालय सबैमा जानकारी गराई सकेको छ । यहाँ सानालाई ऐन ठूला लाई चैन त हुनु हँुदैन । नियम कानून आचरसंहिता सबै लाई बरोबार लाग्नु पर्छ । यस्तो असोभनिय र अप्रिय कार्य भै राखेको छ , यो बन्द हुनु पर्छ ।
४.राज्यसत्ता डट कमः तपाई त राष्ट्रिय जनमुक्ति पार्टी तनहूँका अध्यक्ष पनि हुनुहुन्छ, तनहूँ जिल्लाको अन्य क्षेत्रमा जनमुक्तिको स्थिति कस्तो छ ?
मन्ध्ररी आलेः राम्रो छ , तिनवटै क्षेत्र बाट जनमुक्तिले जित्छ भनि म ढुक्क छु । क्षेत्र नं १ मा संघिय परिषदका सदस्य हस्तबहादुर थापा उम्मेद्वार हुनुहुन्छ भने क्षेत्र न्ं. ३ मा हाम्रा बरिष्ठ डिएन थापा मगर हुनुहुन्छ । उहाँहरु दुबै जना आ आफ्नो कार्याकर्ता सहित जनताको घर दैलोमा पुगी भोट मागी रहेका छन् । जनमुक्तिको निति कार्यक्रम घोषण पत्र अरुको भन्दा राम्रो छ देशको माटो, हावा पानी, भुगोल र जात जाति सुहाउदो छ । जित्छ , जनमुक्ति पर्टीले तिनै क्षेत्र बाट जित्नु पर्छ हाम्रो दाबी छ । तनहूँ जिल्लाको हकमा राष्ट्रिय जनमुक्ति पार्टी प्रमुख राजनितिक शाक्तिको रुपमा उदाय हुंदै छ ।
५.राज्यसत्ता डट कमः राष्ट्रिय जनमुक्ति पार्टीका मन्ध्ररी आले लाई नै किन जनताले भोट दिने ?
मन्ध्ररी आले : मन्ध्ररी आले भनेको राष्ट्रिय जनमुक्ति पार्टी तनहूँको जिल्ला अध्यक्ष पनि हो । अर्को कुरा म तनहूँ जिल्लाको दक्षिणी बेल्ट कोटदरबार गा.बि.स रिसङको गोठाडीमा जन्मेर हुर्केकी मगरको छोरी हुँ । अर्को कुरा म एक महिला पनि हुँ । पक्कै पनि देश लाई परिवर्तान गर्न ,देशमा दिगो शान्ति ल्याउन सुशसान कायम गर्न र देशको बृहत्तार हित बिकासको लागि महिला लाई नै नेतृत्व तहमा पु¥याउनु पर्छ । किन भने महिलाले घर समाल्छ घर सफा राख्छ । गाउँ समाल्छ गाउँ सफा राख्छ ,गाउँलाई अगाडि बढाउछ । देश र राष्ट्र लाई पनि अगाडि बढाउछ । किन भने महिलाले गरेको प्रत्येक काम सफल भएका छन , महिलाले गरेको काममा कुनै खोट छैन । गाउँ घरमा सा साना बचत समुह वा सहाकारी जो महिलाले चलाएको छ त्यो कृयाशिल छ चुष्ट दुरुष्ट छ । त्यसैले देशको निति निर्माण गर्ने तहमा महिला लाई पु¥याउनु पर्छ । अर्को कुरा म राष्ट्रिय जनमुक्ति पार्टी तनहूँको जिल्लाअध्यक्ष पनि हो । जनमुक्तिको निति कार्यक्रम घोषण पत्र अरुको भन्दा राम्रो छ देशको माटो, हावा पानी, भुगोल र जात जाति सुहाउदो छ । त्यसैले देश भर महिला उम्मेद्वार लाई नै मत दिएर जिताउनु पर्छ । म अनुरोध गर्दछुकी मेरो घर चिन्हामा भोट दिई मलाई जिताउनुस ।
६.राज्यसत्ता डट कमः अन्तमा एउटा जिज्ञसा राखौं , तपाई अहिले जुन क्षेत्र बाट चुनाब लड्दै हुनुहुन्छ, तपाईको जन्मथलो पनि यहि हो जहाँ तपाई जन्मिन’ भयो हुर्किनु भयो एउटा क्रियाशिल महिला नेतृ पनि हुनुहुन्छ । यो क्षेत्र तनहूँ को अति दुर्गम र बिकासका पुर्बधारले पनि अहिले सम्म छुन नसकेको क्षेत्र हो । अब भन्नुस चुनाव जितेर गए पछि यो क्षेत्रको बिकासको लागि केही एजेन्डहरुपनि लिएर आउनु भएको छ की ?
मन्ध्ररी आले : म संबिधान सभामा पुगे पछि मेरो पहिलो काम त जनताको संबिधान बनाउनु नै हो । मैले त्यहाँ संसद सदस्यको भुमिका पनि निर्बाह गर्नु पर्ने हुन्छ । बिकासका कामहरु पनि गर्नु पर्छ । मैले मेरो क्षेत्र लाई राम्ररी चिनेछु । यहाँको समास्य मैले बुझेको छु । म चुनावको प्रचार प्रसारको क्रममा प्रत्येक गाउँ टोलको घर दैलोमा पुग्दा जनताहरु समास्य राखेका छन । हो , त्यो क्षेत्र हल सम्म पनि बिकासको पुर्बधार मोटर बाटो नै पुगेको छैन । स्वास्थ्यचौकी छैन ,अस्पताल छैन ।
कैर्यौ सुत्केरी महिला बिरारीले आकालमै ज्यान गुमाउनु परेको छ । माध्यमिक बिद्यालय पढ्न डेरा गरेर बस्नु पर्छ । बिद्यालयको स्तर राम्रो छैन । स्वच्छ खाने पानी , बिजुलीको सुबिधा छैन यस्ता बिबिध समास्य ले गाँजेको क्षेत्र हो यो । यी र यीनै समास्यहरुको समाधान गर्नु मेरो प्रमुख दायित्व रहने छ ।