किरात याक्थुङ चुम्लुङ हङकङको याक्थुङ स्वर्णिम साँझ तेश्रो कार्यक्रम सम्पन्न भएको छ । स्वर्णिम साँझमा नेपालका कलाकारहरु खगेन्द्र यक्सो, देशु सुहाङ, लक्षमण हुक्पा चोङवाङ, विष्णु चेम्जोङ, समिर सिङगकले लिम्बु भाषा र नेपाली भाषामा आ–आफ्नो गित गाएर दर्शकलाई मनोरञ्जन दिलाएका थिए । नायिका सिर्जना पन्दाकले भने लिम्बु भाषा र नेपाली भाषाको गितमा नृत्य गरेर हङकङवासी नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाएकि थिइन ।
हङकङका स्थानिय नेपाली कलाकारहरु राजु आङदेम्बेको साथमा पुणिमा चङसु, टिकाराम माखिमको साथमा मन्जु कङली इजम, कमानध्वज लाओतीको साथमा संगिता आङवुहाङ, काजीमान मास्वाको साथमा कला चेम्जोङ र भुपेन्द्र योङया लिम्बुले लिम्बु तथा नेपाली भाषाको गितहरु गाएर दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।
याउमातेइ कम्युनिटि हलमा आइतवार साँझ भएको कार्यक्रम दुई चरन गरि सम्पन्न भएको थियो । चुम्लुङको अध्यक्ष त्रिभुवन लुङफुवाको अध्यक्षतामा भएको कार्यक्रम नेपाली महासंघ हङकङका अध्यक्ष प्रदिप थापा मगर प्रमुख अतिथि रहेका थिए भने हङकङका अन्य पाँच दर्जन जति सस्था र वेशेष ब्यक्तिहरुलाई अतिथिको रुपमा आसन ग्रहण गराईएको थियो ।
स्वर्णिम साँझ तेश्रो वगैंचा डटकम वाट प्रत्यक्ष प्रसारण भएको थियो । कार्यक्रमलाई सम्पन्न गराउन किरात याक्थुङ चुम्लुङमा आवद्ध विभिन्न संघ र अन्य विभिन्न संस्था तथा ब्यक्तिहरुले समेत सहयोग दिएका थिए । हङकङ डलर पाँच हजार भन्दा बढी दिनेलाई चुम्लुङले कार्यक्रममा सम्मान पत्र प्रदान गरेको थियो ।
नेपालबाट आएका कलाकारहरुले एकल कार्यक्रम सकेपछि फर्कने बताईएकोछ ।
आम्भु जेठा