को हुन् पत्रकारकै कानमुनी गोली दाग्ने

सुनसरीको धरानमा आईतवार साझ धरानका पत्रकार गोपाल देवान माथि गोली हान्ने असफल प्रयास भएपनि त्यसरी सम्साँझै कार्यालयमा आई पत्रकारलाई गोली ठोक्न ठालिएपछि सुरक्षा ब्यवस्थामाथि प्रश्न उठ्न थालेकोछ ।

साझ ७ वजेर १० मिनेटमा विश्वस्त्र सुत्र साप्ताहिकको कार्यालयमा समाचार सम्पादन गर्दे गर्दा कालो पल्सर मोटरसाईकलमा आएका दुई जना युवा मध्ये एक जनाले देवानलाई कन्चटमा पेस्तोल ताकेर गोली हानेका थिए । जम्पर र माक्स लगाएका ती युवाले देवानको कान नजिकै वन्दुक पडकाएर भागेका थिए । वन्दुक पडकेको आवाज आए पछि स्थानिय छिमेकीहरुले हातमा पेस्तोल वोकेका युवा मोटरसाईकलमा पछाडी वसेर भाग्दै गरेको देखेका थिए । कानको नजिकैवाट पेस्तोल ताकिए पनि पत्रकार देवानलाई भने गोली लागेन । प्रहरीका अनुसार बल्याङक फायर गरेको हुन सक्ने बताईएको छ ।

गोपाल देवान विश्वस्त सुत्र साप्ताहिकका सम्पादक, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका केन्द्रिय सल्लाहकार, संघिय प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष र  व्लाष्ट टाईम्स दैनिक संग पनि आवद्ध छन् । गोली हान्ने नकावधारी युवाको खोजी भईरहेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी टेकवहादुर तामाङले वताए । पत्रकार देवान माथि भएको गोली काण्डको विषयमा नेपाल पत्रकार महासंघ सुनसरीको अगुवाईमा धरानमा वसेको आकस्मीक वैठकले सो घटनाको घोर भत्र्सना गरेको छ । गोली प्रहार गर्ने जो कोही भए पनि पक्राउ गरी कार्वाही गर्नुपर्ने माग गर्दे विज्ञप्ती जारी गरेको छ । यी यस्ता घटना प्रेस स्वतन्त्रता माथिको नाङगो प्रहार भएकोले यस्ता घटना घटाउने जो कोहीलाई पनि कानुनी दायरामा राज्यले ल्याउनुपर्ने समेत माग गरिएको छ ।

यसैगरी नेपाल आदिवासी जनजाति पत्रकार संघ फोनिज केन्द्रिय समितिले पनि विज्ञप्ती जारी गरी घटनाको भत्र्सना गरेको छ । यस भन्दा अघि पनि सुनसरीको धरानमा नेकपा एमाले निकट युवासंघ सम्वद्ध युवाले संघिय समाजवादी नेपालका सुनसरी उपाध्यक्ष पारस काङ्माङलाई कन्चटमा ताकेर गोली हान्ने असफल प्रयास भएको थियो । काङमाङले युवासंघका ती युवाहरु माथि किटानी जाहेरी दिए पनि अहिले सम्म प्रहरी पक्राउ गर्न सफल भएको छैन । सुनसरीको धरानमा पछिल्लो समय राजनितिक संरक्षणको कारण अपराधिक गतिविधि वढेको सुरक्षा निकायको निष्कर्ष रहेको छ ।

भैरब आङ्ला