पूर्ब मन्त्री खपांगीलाइ सहयोग जारी

काठमान्डौ

कार्तिक २२, यु.ए.सए ,ह्याम्पशायर च्याप्टर नेपाली समाजका अध्यक्ष लोक लामा (बारा)ले नर्भीक हस्पिटल पुगी खपांगीका परिवारलाई युएस ७०० डलर अर्थात रु.५९,६७० सहयोग रकम हस्तान्तरण गरेका छन् ।

त्यस्तै मगर संघ स्पेनले पनि ५९० युरो अर्थात रु.७८,८५३ सहयोग संकलन गरि नेपाल पठाउदै छ । उक्त रकम महेन्द्र कुमार घर्ति मगर (देब घर्ति मगर) र स्पेन मगर संघका अध्यक्ष बुद्धबहादुर थापा मगरको पहलमा संकलन् भएको हो ।

खपांगी ७ महिना पहिले मोटरसाइकलको ठक्कर बाट गम्बिर घाइतेभै उपचारको क्रममा नर्भिक हस्पिटलमा छन् । खपांगीको स्वास्थ्यमा क्रमिक सुधार हुदै आएता पनि कपालमा पानी रहेको सिटी स्क्यान रिर्पोटमा देखिएकोले फेरी अर्को भिपी सन्ट राख्नु पर्ने डा० हरुले सुझाईरहेका छन् । उनलाइ औसधी उपचारमा दैनिक २० हजार रुपैया खर्च भैरहेको छ । परिवारको आर्थिक अबश्था नाजुक भएकोले उपचारमा थप संकट देखा परेको छ ।