टोयोटामा बौद्ध भिक्षु सहित देउसीरे

Read Time:3 Minute, 18 Second

नेपाल मगर संघ टोकाई जापानको आयोजनामा शनिवार टोयोटामा देउसीभैलो खेलियो । नेपाल मगर संघ टोकाई जापानले हरेक बर्ष देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।  यस बर्षको तिहारमा विश्व शान्ति यात्रामा निस्केका भिक्षु मगरको विशेष उपस्थिति कार्यक्रम भएको थियो ।  साथमा  उनीसंगै आएका नेपाल मगर बौद्ध सेवा समाजका महासचिव  ईन्द्र राना मगरको विशेष आतिथ्य रहेको थियो ।

 नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष मन बहादुर पुन मगरको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा, अतिथिहरुमा मिए जापानिज भाषा विद्यालयका प्रशिक्षिक याम कुमारी गाहा मगर, शेर्पा संघ टोकाई जापानका अध्यक्ष पासांङ शेर्पा, थकाली सेवा समिति टोकाई जापानका उपाध्यक्ष योगेन्द्र शेरचन, नेपाल तामांग मैत्री संघ टोकाई जापानका अध्यक्ष सुर्य तामांग लगाएत विभिन्न संघ संस्थाका प्रतिनिधित्व रहेको थियो ।  साथै संस्थाका भुपु अध्यक्ष श्री भिजेन्द्रमान पुन मगर, तथा श्याम राना मगर को समेत आतिथ्यता रहेको थियो ।  कार्यक्रम संचालन महासचिव कौडा बुढा मगरले गरेका थिए, र संस्थाका अध्यक्ष दिलीप राना मगर को सभापतित्व रहेको थियो ।  

     विश्व शान्ति यात्रामा निश्केका भिक्षु मगर ले पुजा आजा गरी कार्यक्रमको आरम्भ गरेका थिए । भिक्षु मगरले शान्तिका अग्रदुत गौतम बुद्ध नेपालमा जन्मेका हुन भन्ने विभिन्न प्रमाणहरु हरेक नेपालीले जान्नुपर्ने आवश्यकता रहेको बताए ।   यसै गरी प्रमुख अतिथि पुन मगरले पनि यहि बारेमा थप प्रष्ट पारेकाथिए ।  अन्तमा देउसी भैलोका अगुवा भिजेन्द्रमान पुन मगर ले उपस्थित सबैलाई देउसी भैलो द्धारा आशिष दिए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ जापान द्धारा १० नोभेम्बरमा टोयोटा सिटी, वाकामिया चो स्थीत नेपाली रेष्टुरेन्टको दोश्रो तल्ला सभा कक्षमा  विहान ११ बजे देखि शुरु हुने धर्मश्रवण कार्यक्रममा विश्व शान्ति यात्रामा निस्केका भिक्षु मगरद्वारा भगवान बुद्धको अस्थिधातु प्रदर्शन गरीने हुदा श्रद्धावान सम्पुर्ण महानुभावहरुमा उपस्थितीको लागी हार्दिक निमन्त्रणा गरिएकोथियो ।
 

श्याम राना

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %