लाशका थुप्रामा भेटे देवकोटा !

 

लक्ष्मी प्रसाद देवकोटा: विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंसी लक्ष्मीपूजाका दिन काठमाडौंको धोवीधारामा जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद देवकोटा नाम राखिएको हो, यी विराट र बहुमुखी प्रतिभा सम्पन्न साहित्यकारलाई नेपाली साहित्यका महाकवि मानिन्छ। उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो। तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो। देवकोटाको मृत्यु वि. सं. २०१६ साल भदौ २९ गतेका दिन क्यान्सर रोगबाट भएको थियो। आज उनै देवकोटाको १०४औ जन्मजयन्तिको अवशरमा माया घले मगर इजरायल बाट यो कबिता प्राप्त ।

 

मैले बुझेको यथार्थ


मैले सुनेको सत्य

त्यहिँ सत्य र यथार्थभित्र

कति तिम्रा कविताहरु खोजे

कति कविताहरुमा तिमिलाई खोजे !

 

तर फेवातालको पानीमा पनी भेटिन

माछापुछ्रेको शिरमा भेटिन

सगरमाथामा  भेटिन

हुम्ला-जुम्लामा पनी भेटिन

कान्तिपुरमा पनी भेटिन !!

 

गल्ली गल्ली चोक चोकमा

खै कतैपनी भेटिन

मान्छेको भिडहरुमा पनी

बस्ती-बस्तीमा पनी

अह कतै भेट्दै भेटिन !!

 

बरु लासका थुप्रै थुप्राहरू भेटे

डढेको झुप्रै झुप्राहरू भेटे

अनिकाल र अभाबहरू भेटे

बलत्कार र चित्कारहरू भेटे

शोषण र पिडाहरु भेटे

हत्या र हिंसाहरु भेटे

मानबिय भेदभाब र असमानताहरू भेटे

बिबादै विवादहरू पो भेटे !!

 

हुलका हुल जुलुसहरू भेटे

मुर्दावाद जिन्दाबादहरू भेटे

नेपाल त बन्दै बन्द पो भेटे

सुनेका थिय तिम्रा कबिताहरुमा त

शान्ति हुन्छ सदभाब हुन्छ

शान्ति र सदभाब भित्र

तिम्रा मिठासपूर्ण कविताहरु हुन्छ

 

तर देबकोटा !

मैले शान्ति र सदभाब भेटिन

तिम्रा कबिताहरु पनी भेटिन !!

(माया घले मगर हाल :इजरायल)