ल है नंवरी ! अब गुर्खा संघर्ष आरकिपार(फोटो फिचर सहित)

Read Time:13 Minute, 16 Second

 विगत ६ महिना देखी घनीभूतरुपमा चल्दै आएको पूर्ण समानताको संयुक्त गोर्खा सत्याग्रह आन्दोलन अन्तिम चरणमा प्रवेश गरेको छ । वेलायती प्रधानमन्त्री डेभीड क्यामरुनले २६ सेप्टेम्वरमा लेखेको पत्र करीव २ हप्त्ता अगाडि हामीलाई प्राप्त भएको थियो । उक्त पत्रमा उनले अहिले जारी रहेको हाम्रो हकअधिकार तथा समानताको आन्दोलन प्रति व्याक्तिगत रुपमा वलियो समर्थन जनाउदै हाम्रा जायज मागहरु वार्ताको माध्यमवाट हल गर्न तीव्र इच्छा जनाउदै त्यसो भए चाउरी परेका, सेताम्मे फुलेका, कम्जोर र वृद्द गोर्खा तथा तिनका परीवारजनहरुले रिले भोक हडताल तथा आमरण भोक हडतालवाट उत्पन्न पीडा सहन गर्न नपर्ने जनाएका थिए ।

उनले उक्त पत्रमार्फत हामीलाई के पनि भनेका थिए भने उनका रक्षा मन्त्री मार्क फ्रान्स्वाले हामीलाई सविस्तार अर्को पत्र लेख्नेछन र त्यो पत्रले वार्ताको आधार तयार गर्ने छ । त्यति मात्र होइन हाउस अफ कमन्सका अनुदार दलका सांसद माननीय रव विलसनले गत सेप्टेम्वर १६ तारीख किङ जर्ज पाचौंको मूर्ती परीसरमा जारी हाम्रो विरोध कार्यक्रममा आई वार्ताका लागि सही मन्त्रीको खोजी भइरहेको तथा एउटा उपयुक्त मितिको पनि छनोट भइरहेको जनाएका थिए । त्यही आशयको पत्र लन्डन महानगरपालीकाका मेयर माननीय वोरीस जोन्सनले पनि लेखेका थिए ।

 यस्तो समाचार सार्वजनीक हुँदा र प्रधानमन्त्रीले लेखेको पत्रले यो संचारको युगमा विजुलीको गतीमा दुनीयामा एउटा हलचल पैदा गरेको थियो भने भूमण्डलीकरणको युगमा विश्वभरी छरीएर रहेका गोर्खा समुदायमा एउटा तरङग उत्पन्न भई उनीहरुलाई आन्नदविभोर तथा अत्यन्त उत्साहीत वनाएको थियो । यो शुभ समाचारले सिंगो मुलुक नेपालमा पनि खुशी छाएको थियो । ठूलो धैर्यताका साथ हामीले वेलायत सरकारलाई दिएको समय सीमा गत २४ अक्टोवरको मध्यरात सम्म वार्ताको प्रत्याभूती सहीतको पत्र अथवा प्रारम्भीक चरणको वार्ता प्रारम्भको प्रतिक्षा गरेका थियौ ।

दुर्भाग्य नै मान्नु पर्छ, यी दुवै कुरा हुन सकेनन । त्यसकारण वाध्य भएर २५ अक्टोवरका दिन किङ जर्ज पाचौंको मूर्ती परीसरमा एउटा ऐतिहासिक विशाल आमसभाको आयोजना गरी त्यही दिनको अपराहान्न १ वजे देखी रिले अनसन प्रथम गोर्खा भीसी श्री कुल वीर थापा मगरको सम्मानमा आरम्भ भएको छ । प्रथम दिन रिले अनसन वसेर गरीमामय गोर्खा इतिहासमा नाम लेखाउने वीर तथा वीरङगनाहरुमा सर्वश्री दिल वहादुर राई, रामकाजी चाम्लीङ तथा श्रीमती कमला कन्दङवा हुनुहुन्छ भने दास्रो दिन भीसी कर्नवहादुर राना मगरको सम्मानमा रिले अनसन वस्नेमा गोवर्धन राई र कृष्ण हेम्वया हुनुहुन्छ ।

 उक्त ऐतिहासिक आमसभाको दिन हाम्रा दुई प्रमुख लक्ष्यहरु अपेक्षा गरे भन्दा धेरै राम्ररी पुरा भएका थिए । पहिलो : सभामा १,००० भन्दा वढी मानिसहरुको उपस्थिति रहेको थियो भने दोस्रो खुशीको कुरा चाहि वीवीसी, स्काई टिभी, आई टिभी, वीएफवीएस टिभी लगायतका पत्रकारहरुको ओइरो लागेको थियो । वेलायतका पत्रकारहरुले अन्तर्वाताका लागि लाइनमा वस्नु परेको थियो । यसको अर्थ हाम्रो कार्यक्रमले कति महत्व पाएको थियो ? यस्तो इतिहासमा भएको थिएन र हुदैन पनि । सवैजसोले महत्वका साथ कार्यक्रम प्रसारण गरेका थिए भने प्रिन्टेड मिडियाहरुले पनि उत्तीकै जोड दिएका थिए ।

काठमाण्डौका प्रमुख राष्ट्रिय दैनिक तथा मोफसलका अखवारहरु पनि गोर्खा सत्याग्रह आन्दोलन र उनीहरुका वीरता, पीडा, वेदना र वेलायती उपेक्षाका कथाव्याथाहरुले भरीएका थिए । वास्तवमा सिंगो विश्व नै एकपटक गोर्खा सत्याग्रहमय भएको छ भने यो विश्वले वेलायत जस्तो शक्तिसाली र सम्पन्न मुलुकले आफ्नै राष्ट्रिय सेनाका अभिन्न अंगको रुपमा गएको दुई शताव्दीदेखी रगत, पसीना र आशुको नदी वगाउदै आएका र वहादुरका सवभन्दा वहादुर भनेर यो विश्वमा कहलीएका गोर्खाहरुलाई मानव सभ्यता र मानवताकै अपमान हुने गरी गरेको गम्भीर भेदभावका वारेमा जान्ने मौका पाएको छ । यो घटनाले विश्वमा समानता, मानव अधिकार, अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज्य र लोकतन्त्रको जननी भनेर नतमस्तक हुदै विश्वले सम्मानपूर्वक सम्वोधन गरीने वेलायतको पाखण्डीपनलाई फेरी एकपटक सर्वाङग उदाङगो वनाएको छ भने यसका घृणीत र अमानवीय व्यवहारलाई शसक्तढङगले मुखरीत गरेको छ ।

 काठमाणडौमा पनि विभिन्न गोर्खाजन्य संगठनका व्यक्तिहरु त्था स्वतन्त्र व्यक्तिहरु मिलेर स्वतस्फूर्तरुपमा एउटा शक्तिसाली समिति वनाएका छन । धरान पनि जागेको छ । काठमाण्डौको संघर्ष समितिको पहलकदमीमा राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटी दवाव सृजना गरेर नेपाल सरकारले कडा शव्दमा वेलायत सरकाराई हाम्रा जायज र न्यायपूर्ण मागहरु यथाशीघ्र पुरा गर्न पत्राचार गरीसकेको छ । हाम्रा मागहरु पुरा गराउन दवाव सृजना गर्न अव नेपालका हाम्रा सहयात्री समितिहरुले कुनै कसर वाकी नराख्ने निश्चित छ । यथाशीघ्र वार्ता गराउन थप दवाव सृजना गर्न सिंह दरवार अगाडि वा वेलायती राजदूतावास अगाडि वा कही कतै उपयुक्त स्थानमा धर्ना वा अनसन वस्ने सम्वन्धमा अहिले वहस चलीरहेको छ ।

त्यसकारण अहिले हाम्रो लामो समयको अथक प्रयास पछि फलाम तातेको छ, फलाम तातेको वेलामा हामी प्रहार गर्न कथमकदाचित चुक्यौ भने सेलाएको फलाम अव हाम्रो जीवनकालमै पुन: तात्ने सम्भावना छैन । कसैले हावादारी ठूला कुरा गर्नुको कुनै औचित्य छैन । कसैले सपना वाडनुको कुनै अर्थ छैन । यो सार्वभौम सत्यलाई हृदयमंग गदै हामी केवल गोर्खा जाति मिलेर कडा र अन्तिम प्रहार गर्नुको कुनै विकल्प छैन । थप खुशी र उत्साहको कुरा अन्तत वीजीडव्लुएस र नेसाहरु पनि औपचारीक रुपमा हाम्रो आन्दोलनमा होमीन आईपुगेका छन । आन्दोलनकारीहरुको तर्फवाट उहाँहरुलाई हार्दिक गोर्खे सलाम ।

 हामीलाई पूर्ण विश्वास छ अहिले वेलायत सरकार आफ्ना निष्ठावान र वहादुर सेनाहरुको युगौ पुरानो असह्य पीडा तथा वेदनालाई सम्वोधन गर्न गृहकार्यमा गम्भीर रुपले जुटेको होला । नेपाल सरकारले पनि हाम्रा सहयात्री समितिहरुको दवावमा अरु आवश्यक पहलकदमी लेला । तर हामीले फलामलाई सेलाउन दिनु हुदैन, कारण सेलाए पछि पुन: तताउने आवश्यक तापक्रम हामीसंग छैन । यसर्थ हाम्रो आन्दोलनको भावी कार्यक्रम र आवश्यक तयारी जारी रहने छ । यही मेसोमा आगामी नोभेम्वर ७ तारीख अपराहन्न १ वजेवाट आमरण अनसन प्रारम्भ हुने छ । त्यही दिन १९४७ मा सम्वन्धित र पक्ष राष्ट्र नेपाललाई वहिष्करणमा पारेर गोर्खा भर्तीका सम्वन्धमा वेलायत अधिनस्थ भारतसंग वेलायतले दुइपक्षीय सन्धि गरेको कालो दिन पनि हो । वास्तवमा हामीलाई भेदभाव गर्ने षडयन्त्रको जाली तमसुक थियो त्यो । त्यसकारण गत २५ तारीख करीव १,००० मानिसको उपस्थिति थियो भने त्यो ऐतिहासिक दिन ३,००० मानिसको अपार उस्थितिमा आमसभा गरी औपचारीक रुपमा हाम्रो आन्दोलनको सवभन्दा पीडादायी तर अन्तिम अस्त्र प्रहार गर्ने योजना भएको हुनाले तपाईहरु सवैलाई उपस्थितिका लागि पुन एकपटक हार्दिक अनुरोध गरीन्छ ।

 तपाई हाम्रो एकक्षणको उस्थितिले यो दुनीयामा फैलिएर वसेका सवै गोर्खा जातिलाई जीवनभर  सम्मान र मीठो फल प्राप्त हुन्छ भने किन उपस्थित नहुने । स्मरण रहोस, वेलायतले दिने सम्मान र फल केही गोर्खाहरुलाई दिने र केहीलाई नदिने होइन । जे प्राप्त हुन्छ त्यो सवैलाई समानरुपमा प्राप्त हुन्छ । त्यसकारण, यो गोर्खा जातिको साझा आन्दोलन हो । हाम्रै सहकर्मी मित्रहरु आफ्नै अमूल्य जीवनसम्म वलीदान गर्न तत्पर भएको वेला चुप लागेर घरमा वस्न नैतिकताले दिन्छ ? त्यो कस्तो इमान्दारीता हो ? त्यस्तो कम्जोर नैतिकता र इमान्दारीता यदि कसैसंग छ भने त्यसले समाज र जगतलाई कहाँ पुर्याउला ? खवरदार ! यस्ता तत्वहरुले जहिले र जसलाई पनि घात गर्न सक्छन । जे होस यस्तो तत्व जुनसुकै समाजमा पनि अत्यन्त कम हुन्छ । त्यसैले यो आवहान केवल नैतिकवान र इमान्दार गोर्खाहरुलाई हो । साथिभाई, ईस्टमित्र, नातागोता, कुलकुटुम्व र छरछिमेक सवैलाई यही सन्देश दिन र सभामा उत्साहका साथ उपस्थित हुन उत्प्रेणा दिनुहुन हार्दिक अनुरोध गरीन्छ । स्मरण रहोस, विजय उत्सव वाहेकको यो हाम्रो अन्तिम गरीमामय आमसभा हो !

भवदीय

 

 

डा. रामनारायण कन्दङवा             ज्ञानराज राई                   कृष्ण वहादुर राई

गोर्खा दूत                                               अभियान निर्देशक कार्यवाहक संयोजक

फोन: ०७४४६ ८८६०८९                       ०७७७२ ३०२४८०        ०७४०३ १९८१९७

 

गोर्खा सत्याग्रह, लन्डन

संयुक्त संघर्ष समिति

युके/नेपाल

सत्याग्रहका अभियान निर्देशक आफै बसे पाचौं दिनको गोर्खा भोक हड्तालमा ।

गोर्खा सत्याग्रहले गरिरहेको २४ घन्टे भोक हड्तालको चौथो दिन पुरा भएर पाचौं दिन सुरु भएको छ । पाचौं दिनको भोक हड्तालमा यस सत्याग्रहका अभियान निर्देशक श्री ज्ञानराज राई र बिगेसोका अध्यक्ष टक गुरूँग बसेका छन् । १३ जना भी.सी का नाममा १३ दिन २४ घन्टे भोक हड्ताल बस्दा सम्म ब्रिटिश सरकारबाट आफ्नो माग पुरा नभए ज्ञानराज राई र गेसोक सभापतिका श्रीमती बोल माया गुरुङ आमरण अनसन बस्ने भएका छन् ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %