अध्यक्ष हरि बहादुर घर्ती मगरको अध्यक्षतामा बसेको नेपाल आदिवासी जनजाति युवा परिषद युएईको बैठकले १५ नोबेम्बर २०१३ मा आबुधाबीको केरेला सोसियल सेन्टरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ | आबुधाबीको एयरपोर्टरोड स्थित परिषद्को सचिवालयमा बसेको परिषदको पाँचौ बैठकले विशेष महाधिवेशनको घोषणा-सभामा दिपावली साँस्कृतिक साँझ गर्ने निर्णय गर्दै उपाध्यक्ष मोहन कुमार तामांगको संयोजकत्वमा ९ सदस्यीय तैयारी समिति निर्माण गरेको छ ।
संस्थाका उपाध्यक्ष दिपेन्द्र कुमार राई,नेवा समुदाय संगठन विभाग प्रमुख मोहन कुमार श्रेष्ठ,लिम्बु समुदाय संगठन विभाग प्रमुख दिपराज योंगहांग लिम्बु,सेर्पा समुदाय संगठन बिभाग प्रमुख सोमु सेर्पा,कोषाध्यक्ष सुजन थापामगर,सचिव सुर्य भक्त श्रेष्ठ, सचिवालय सदस्य सोनाम दोर्जे लामा र आकाश लामालाई सदस्यमा चयन गरिएकोछ । दिपावली साँस्कृतिक साँझ तयारी समिति संयोजकको जिम्वेवारी साँस्कृतिक विभाग प्रमुख सुमन सिंगदेन कार्यक्रम साँस्कृतिक संयोजक चुमानसिंह काउछामगर र सहसंयोजक विकल्प राई र तामाङ्ग समुदाय संगठन विभाग प्रमुख भिम लामा तामांग र प्रवक्ता नविन थापा मगर समेतको ५ सदस्यीय समिति निर्माण गरी आवस्यक जिम्मेवारी दिईएको छ |
नेपाल आदिवासी जनजाति युवा परिषद युएई नामाकरणले आम जनमानसमा कुनै अमुख संघ संस्थाको भातृ संगठन हो कि भन्ने भ्रम पर्न गै परिषद्लाई संगठन गर्न प्राविधिक कठिनाई पर्न गएको कारण परिषद्का शुभचिन्तक एवं सल्लाहकार हरुको सल्लाह सुझाव अनुरुप नेपाल आदिवासी जनजाति युवा परिषद युएईवाट युवा शव्द हटाई नेपाल आदिवासी जनजाति परिषद् नामाकरण गर्न र परिषद्का विधानमा केहि परिच्छेद एवं नियम उपनियम संसोधन गर्न विशेष महाधिवेशन बोलाइएको परिषद्का महासचिव पृथिछक बुढामगरले बताए ।
परिषदको विधमान सचिवालयमा शेर्पा समुदायको प्रतिनिधित्व हुने गरी शेर्पा समुदाय संगठन विभाग प्रमुख सोमु शेर्पा र सचिवालय सदस्यहरुमा क्रमस सोनाम दोर्जे लामा,सुशिला मगर,कुमार लामा,सुर्य लामा थप गरी २६ सदस्यीय सचिवालयको निर्माण गरिएको छ |
शुसी पुलामी, आबुधाबी