मगर भिक्षु विश्व शान्ति भ्रमणमा

Read Time:2 Minute, 7 Second

काठमाण्डु ,

विश्व अशान्ति तर्फ धकेल्लि रहेको अवस्थामा नेपाल मगर बौद्ध सेवा समाज केन्द्रिय कार्यालयले विश्व शान्ति भ्रमणमा नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रिय महासचिव इन्द्रबहादुर राना मगर र भक्तपुर जिल्ला मुनि विहारका भिक्षु मेधङ्कर ( नारायण आले मगर ) लाई विश्व शान्ति भ्रमण प्रस्थानका लागि  यूनेस्को को हलमा भेटघाट कार्यक्रम गरेको छ ।

 उक्त कार्यक्रममा विश्व शान्ति भ्रमणमा जान लाग्नु भएका नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रिय महासचिवले विश्वमा गौतम बुद्धको प्रचार–प्रसारमा भ्रमात्मक विकृति फैलाएकोले ति विषय वस्तु माथि नलैजानको लागि सत्य र तथ्य कुराहरुको प्रचार गर्ने र गौतम बुद्ध नेपालमा नै जन्मिएका हुन भनि विभिन्न किसिमका तथ्यहरुले प्रमाणित गर्ने गरी प्रचार गर्ने र विभिन्न बौद्धमार्गिहरु सँग भेटघाट गर्ने वताउनु भयो ।

विश्व शान्ति भ्रमणमा निस्कन लाग्नु भएका महासचिव इन्द्रबहादुर राना मगर र भक्तपुर जिल्ला मुनि विहारका भिक्षु मेधङ्करको पहिलो प्रस्थान हङकङ हुनेछ । त्यँहाबाट अरू देशको प्रस्थानको लागि तय हुने बताउनु भयो । भने भिक्षु  मेधङ्करले विश्व शान्ति भ्रमणको पहिलो प्रवचन र पुजापाठ हङकङवाट सुरु हुने, विश्व भ्रमणमा रहदा सम्म उँहाले विभिन्न स्थानहरुमा प्रवचन र पुजापाठ गर्ने कार्यक्रम रहेको वताउनु भयो ।

रवि बुढा

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %