महासंघको संघिय परिषद बैठक, महासचिवमा चङसु

Read Time:1 Minute, 28 Second

हंगकंग, नेपालीहरुको साझा संस्थाको रुपमा स्थापना भएको हंगकंग नेपाली महासंघको १५ औं संघिय परिषद बैठक याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न भएको छ । हालसम्म महासंघमा आवद्ध भएका ३३ वटा संस्थाहरुको उपस्थिति रहेको थियो । निर्बाचित महासचिब लोकेश बोगटीको असामयिक निधन भएपछि महासचिब पदमा सचिब नन्द चङसुलाई बढुवा गरी महासचिबको जिम्मेवारी दिइएको छ भने सचिबको जिम्मेवारी मोती चाम्लिलाई दिइएको छ ।
अध्यक्ष प्रदीप थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष रीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन । सचिब नन्द चङसुको सञ्चालन रहेको थियो । संगठन प्रतिबेदन सचिब नन्द चङसु र लेखा प्रतिबेदन कोषाध्यक्ष लोकराज लिम्बुले प्रस्तुत गरी हलले पास गरेको थियो । नेपाल चेम्वर्स अफ कमर्सका नबनिर्बाचित अध्यक्ष दासुराम पराजुली र एनआरएन हंगकंगका अध्यक्ष दुर्गा गुरुङ तथा धर्मश्री विजेता सानु गुरुङलाई सम्मान गरीएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %