तमु एकताका अभियन्ताहरु फेरि जुर्मराए

Read Time:2 Minute, 47 Second

हङकङमा रहेका तमुहरुलाई एकै ठाँउमा भेला गरि पुष १५ ( ल्होछार/ल्होसार) मनाउने प्रयासमा लामो समयदेखि खटिरहेका तमु भद्रजनहरुले आज फेरि एउटा निर्णय गरेकाछन् । गएको महिना कसरी संगै एक ठाँउमा तमुहरुको यो प्रमुख चाड मनाउन सकिन्छ भनि अन्र्तक्रिया चलाएको यो समूहले यहि अक्टोवर २० मा पुनः त्यस्तै कार्यक्रमको आयोजना गर्ने भएकोछ ।
गएको महिना प्राविधिक कारणले प्रमुख सरोकारवालाहरु तमु ट्यो ह्युल र तमु प्हे लु संघका नेता उपस्थित नभएपनि यसपालि ति संस्थाका नेताहरुको पनि कार्यक्रममा सहभागिता रहने बताइएकोछ ।
हङकङबाट यस्तो एकताको सन्देशले विश्वभरका तमुहरुमाझ सकारात्मक सन्देश जाने सोंच सहित तमु कलाकार संघ, घले समाज, ब्रिटिश गुर्खा भुतपुर्व संघका अध्यक्ष हेमप्रताप गुरुङ, भारतीय गोर्खा भुतपुर्व सैनिक संघका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार जंगबहादुर गुरुङ, एनआरएनए हङकङका निवर्तमान सचिव मीन गुरुङ लगायतका प्रवुद्ध तमु ब्यक्तित्वहरुले लामो समय देखि यो सकारात्मक प्रयास गर्दे आईरहेकाछन् ।
केहि बर्ष अगाडि सम्म एकै ठाँउमा मनाईने १५ पुष छुट्टाछुट्टै मनाई थालेपछि यो समूहले त्यसरी गर्दा नकारात्मक सन्देश प्रवाह हुने भन्दै एकताको आन्दोलन शुरु गरेकाहुन् । दुई तरिकाले गरिने कर्मकाण्ड एकै ठाँउमा मिसाउने नभई प्रस्तावित संयुक्त यो चाडमा दुबै पक्षले आ– आफ्नो तरिकाले कर्मकाण्ड गर्दे एक ठाँउमा मिलेर रमाईलो गर्ने मात्र भनिएको यस आन्दोलनका अभियन्ताहरुको भनाई छ । यसमा बहुसंख्यक हङकङबासी तमुहरुको समर्थन रहेको देखिन्छ । तर सरोकारवाला दुई संस्थाहरुको रजाबन्दी हुन नसकेको हुनाले यस्तो प्रयासले मुर्त रुप लिन सकेकोछैन । यद्यपि ति संस्थाका प्रमुख हरु पनि सार्वजनिक कार्यक्रममा संगै मनाउनुपर्छ भन्दै भाषण गर्ने गरेकाछन् । त्यसैले पनि यो एकता भै छाड्ने यो आन्दोलनमा लागेकाहरुको विश्वास देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %