धराने गायक एपि शेर्पाको एकल गायन कार्यक्रम एपि शेर्पा लाईभ इन धरान भव्यताका साथ सम्पन्न भएको छ । हालै दिवंगत वरिष्ठ गायक फत्तेमानलाई समर्पण गर्दै आयोजना भएको कार्यक्रममा शेर्पाले आफना एक दर्जन गीत गाए । काठमाण्डौमा दुई एकल साँझ गरिसकेका उनको धरानमा भने पहिलो एकल कार्यक्रम हो । धरान सैनिक भवनमा उनका गीत सुन्न व्यापारी, व्यवसायी र विभिन्न क्षेत्रमा सहभागी थिए । एपीको प्रस्तुति हेर्न आएका दर्शकहरु राती दश बजेसम्म रमेका थिए ।
उनले देश र विदेशमा विभिन्न ठाउँमा आफ्नो स्वर सुनाईसकेका छन् । साउदी अरबमा पहिलो पटक नेपाली कलाकार लगेर सांगितिक कार्यक्रम आयोजना गरेका एपिले सिंगापुर, भारतका साथै नेपालका इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, संखुवासभा, धनकुटा, पाँचथर,ताप्लेजुङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, पोखरा, सोलुखुम्बु लगायतका जिल्लाका विभिन्न ठाउँमा आफ्नो गायनकला प्रस्तुत गरिसकेका छन् ।
भैरब आङ्ला, धरान