हंगकंग, एमाले छाडेका अशोक राईको नेतृत्वमा बनेको संघीय समाजबादी पार्टी नेपालको मातहातमा रहेको संघीय समाजबादी पार्टी हंगकंग बिषेश प्रदेश समितिको आयोजनामा याउ मा तेइ कम्युनीटी हलमा बृहत आमसभा नामक कार्यक्रम सम्पन्न भएको छ । नेपालबाट पार्टीका उपमहासचिबद्धय अजम्बर राई काङमाङ र महेन्द्र थापा मगर सभालाई सम्बोधन गर्न आएका थिए ।
उपमहासचिब राईले सम्बोधनको क्रममा समानुपातिक र संघीयताको मुद्धा राष्ट्रिय जनमुक्ति पार्टीका गोरे बहादुर खपाङगीले उठाएका हुन तर उहाँहरुले यो मुद्धाको झण्डा माथि उठाउन सक्नु भएन । अहिले हामीले यो मुद्धाको झण्डा माथि उठाएका छौ र यो अब संघीय समाजबादी पार्टीको हो भनेका थिए । त्यस्तै बिशेष अतिथि महेन्द्र थापा मगरले पनि एमालेले आदिबासी जनजातिको मुद्धालाई ओझेलमा पारेको हुनाले संघीय समाजबादी पार्टीमा लाग्नु परेको र अब यो पार्टीबाट हामीले मुक्ती पाएछौ भनेका थिए ।
अध्यक्ष ओम राज साम्बाहाम्फेको अध्यक्षयतामा सचिब किसन राईले कार्यक्रम सञ्चालन गरेका थिए ।
भीम थापा