चौथो मगर चलचित्र महोत्सव कावासोतीमा

Read Time:1 Minute, 44 Second

मगर चलचित्रकर्मी संघ र नेपाल मगर संघ, शिव मन्दीर ईकाई समिति कावासोतीको आयोजनामा यही असोज ४ गते साधारण सभा र ५ गते चलचित्र महोत्सव कार्यक्रम गणपति चलचित्र हल कावासोतीमा हुने भएको छ । महोत्सवमा ३ वटा मगर चलचित्र (लङ्घन, सालीज्यू र वाङ्म मुले) र ३ वटा मगर डकुमेन्ट्री (यऊनाट, लेह्सान, करीम र भेजा-कचहरी) प्रदर्शन गर्न छनोट भएको कुरा मगर चलचित्रककर्मी संघका महासचिव मेजन पुन मगरले बताए ।

 यसप्रकारको कार्यक्रमबाट मगर चलचित्रको बजार बिस्तार र स्थानीय स्तरमा मगर चलचित्रको दर्शक बढ्ने कुराको ध्यानमा राखेर विगत देखि आयोजना गरिंदै आईरहेको कुरा मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगर बताउँछन । असोज ४ गते बेलुका मगर चलचित्रकर्मी संघको वार्षिक साधारण सभा सम्पन्न गरेपछि असोज ५ गते तीनवटा मगर भाषाका चलचित्रहरु प्रदर्शन गरिने छ । र, हरेक पटक चलचित्र समापनपछि विक्री गरिएको टिकटलाई गोलाप्रथाबाट छनोट भएको भाग्यमानी एक जनालाई मगर चलचित्रका गीत, डकुमेन्ट्री, मगर चलचित्रका दृश्य समावेश गरिएको डिभिडी दिईने कुरा महोत्सव तयारी समितिका संयोजक महेन्द्र थापा मगरले बताए ।

मेजन पुन मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %