हङकङ चेम्बर अधिवेशनका प्रमुख ३ नौला कुरा

Read Time:6 Minute, 25 Second

जेवी पुन मगर

नेपाल चेम्बर अफ कमर्स हङकङको अध्यक्षमा कानुन ब्यावसायी डासुराम पराजुली सर्वसम्मत निर्वाचित भएकाछन । तेज राईको अध्यक्षतामा ७ जनवरी २००८ मा विधिवत स्थापना भएको चेम्बरको दुई कार्यकाल जेएन ज्ञवालीले चलाएपछि तेस्रो अध्यक्ष हुने सौभाग्य पाएका पराजुली कन्सल्ट्यान्ट ब्यावसायसंग आवद्ध छन् ।जोर्डनमा एक्युट कन्स्टल्ट्यान्ट चलाईरहेका गुल्मी जुनिया घर भएका पराजुली कुनै बेला नेपालमा शिक्षक पेशासंग आवद्ध थिए । शैक्षिक पेशा छाडी भारतको आसाम हानिएका उनले त्यहाँ ब्यावसाय संगै कानुनी बिधामा आफ्नो अध्ययनलाई बढाएकाथिए । नेपालमा अधिवक्ताको लाईसेन्स रहेको पराजुलीको नेपालमै दुर्गा मास्रिता फाईनान्स र लुम्बिनी पीस ट्रावल्सका अध्यक्षका साथै ट्रेडिगं सम्बन्धि ब्यावसायमा पनि संलग्न रहेको बताँउछन  । स्थापनाकाल देखि निरन्तर चेम्बरमा लागेका पराजुली नाताले निवर्तमान अध्यक्ष जेएन ज्ञवालीका साधु दाई हुन् । उनी यसअघि चेम्बरको उपाध्यक्ष पदमा थिए । आईतवार कंगन रेस्टुरेन्टमा भएको तेस्रो अधिवेशनले उनको नेतृत्वमा १५ सदसीय कार्यसमिति चयन गरेकोछ । 

 कंगन रेस्टुरेन्टका मालिक कमल पौडेल उपाध्यक्षमा आएकाछन् । लामो समय देखि रेस्टुरेन्ट ब्यावसायमा सक्रिय र सफल पौडेल नेपाली साहित्यका प्रसिद्ध हस्ताक्षर केवलपुरे किसानका छोरा र  हङकङको साहित्य विधाका चल्तापुर्जा ब्यक्तित्व पनि हुन् । छोटो समयमा  मोबाईल ब्यावसायमा फड्को मारेका चल्तापुर्जा ब्यावसायी राजेन्द्र थापा महासचिवमा पुनः निर्वाचित भए । पुराना रेस्टुरेन्ट ब्यावसायी भीमप्रसाद काफ्ले पनि पुनः कोषाध्यक्षमा चयन भएकाछन । सचिवमा भने भर्खर ट्रावल ब्यावसायमा प्रवेश गरेका  हेमचन्द्र थापा (नेत्र पहराई) निर्वाचित भए । उनी नेपाल मगर संघ  हङकङका पुर्व अध्यक्ष र आदिवासी जनजाति पत्रकार महासंघ हङकङका उपाध्यक्ष हुन् ।

सदस्यहरुमा एथ्निक भ्वाईस साप्ताहिकका प्रकाशक तथा एनआरएनएका महासचिव बिनय शाह, ग्रोसरी ब्यावसायी कोमल गुरुगं (स्याग्जाली कान्छा),डासुरामका ब्यावसायी पार्टनर ईन्द्र बनेम,सौन्दर्य ब्यावसायी अनिता गुरुगं, निवर्तमान अध्यक्ष ज्ञवालीका ब्यवसायी पार्टनर रामजी घिमिरे र रत्न काफ्ले, एकाउन्टिगं ब्यावसायी सुवास लिम्बु, फुड एन्ड बेवरेजका पुराना ब्यावसायी हरिकुमार कार्की,  ट्रेडिगं ब्यापारी प्रविन कुमार राई  र कन्स्ट्रक्सन ब्यावसायी श्याम गुरुगं निर्वाचित भएकाछन् ।

सोलिसिटार्स ऐक नारायण शर्मा आयुक्त रहेको कानुन ब्यावसायी जेवी ओख्राबु र नेपाल पत्रकार संघ हगंकगंका अध्यक्ष किसन राई सम्मिलित निर्वाचन मन्डलले नवनिर्वाचित पदाधिकारीहरुलाई बैधता दिएकोथियो ।

यसपालिको अधिवेशनमा धेरै चीज नयाँ भएकोछ । सचिव पद सहित सदस्यहरुमा धेरै नयाँ अनुहारहरु आएकाछन् । केहि जनजाति नेताहरुको भनाईमा समावेशी पनि देखिएकोछ । आयोजककै भनाईमा यसपालि यसअघिको तुलनामा सहभागीहरु धेरै थिए । पहिलो पटक नेपाली महाबाणिज्य दुतावासका कुनै प्रतिनीधि बिना चेम्बरको अधिवेशन सम्पन्न भएकोछ । आदिवासी जनजाति महासंघका अध्यक्षलाई पहिलो पटक बोल्न मन्च उपलब्ध गराईएकोछ । महासचिव राजन थापाले नै उनलाई आमन्त्रित गर्नु अघि यो रहस्य खोलेकाथिए ।

जनजाति महासंघले जनजाति महाबाणिज्यदुत माग राखी आन्दोलन गरिरहेको र सार्वजनिक कार्यक्रममा नवनियुक्त महाबाणिज्यदुत महेश प्रसाद दाहाललाई नबोलाउन संस्थाहरुलाई परिपत्र गरिएकोले दाहाल स-शरीर त्यहाँ उपस्थित नभएको बताईएकोथियो । मन्तब्यको क्रममा जनजाति महासंघका अध्यक्ष एमवी थापाले चेम्बरले दाहाललाई बोलाउन अनुरोध गरेको तर अन्तिममा नबोलाउने सहमति गरिएको र चेम्बरले नवोलाईदिएकोमा धन्यवाद दिएकाथिए । उनको भनाईमा बोलाएपनि बाणिज्यदुतलाई बोलाउन सकिने भनि दुई पक्षबीच सहमति भएकोथियो । तर चेम्बरले बाणिज्यदुत किरण शाक्यलाई वोलाएन । बरु धेरैलाई घनचक्कर बनाउनेगरि  खुल्लासत्रमा महाबाणिज्यदुत दाहालले पठाएको पत्र वाचन गरिएकोथियो जसमा ‘कार्य ब्यस्तताले आफुले चेम्बरले बोलाएको सो कार्यक्रममा प्रमुख आतिथ्यता गर्न नसकेको’ भन्दै कार्यक्रमको सफलताको कामना गरेकाथिए ।

( महाबाणिज्यदुतले पठाएको पत्रको अन्तरबस्तु र राजनीतिबारे जेवी पुनको स्तम्भ तेस्रो आँखामा आँउदैछ, पढ्नुहोला – सम्पादक)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %