पर्सा (वीरगन्ज), ८ मङ्सिर
वीरगन्जको ‘साना हातहरू’ नामक संस्थाको सक्रियतामा दुई दिनको अन्तरालमा १२ जना युवतीको उद्धार भएको छ ।
वीरगन्ज नाकाबाट भारतको दिल्ली हुँदै तेस्रो मुलुक लैजान खोजिएका आठजना युवतीको गएराति र चारजनाको अस्ति दिउँसो उद्धार गरिएको हो ।
गएराति उदयपुर–११ बस्ने सुमित्रा विक, सानु बस्नेत, उर्मिला लामा, सर्लाही शङ्करपुर–४ बस्ने कविता पासवान, भक्तिपुर–२ का सोभा विक, कविता मगर, बिना विक र रतिमाया विकलाई एक शङ्कास्पद व्यक्तिले भारततर्फ लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको छ ।
उद्धार गरिएका युवतीलाई जिल्ला प्रहरी कार्यालयको महिला सेलले आफ्नो संरक्षणमा राखेको छ ।
–ः ८ ः–
वीरगन्ज नाकाबाट भारतको बाटो हँुदै तेस्रो मुलुकमा युवती लैजान सजिलो हुने भएकाले यसलाई मुख्य बाटो बनाएको सुराकी उक्त संस्थाले पाएपछि केही दिनदेखि चेली उद्धार अभियान सुरु गरिएको पनि उक्त संस्थाले जनाएको छ ।
अस्ति पनि चारजना चेलीको उक्त संस्थाले बसपार्कबाट नै उद्धार गरेको थियो । रासस