पुर्वी नेपालको सुनसरी स्थित विष्णुपादुका ३ मारहेको जनज्योति प्राविका प्रधानाध्यपक राजकुमार राईले एक वालिकालाई यौन दुर्ब्यवहार गरेका छन् । उनले भाडा माझ्दै गरेकी ११ वर्षिय वालिकालाई तानेर खाटमा लगी यौन दुर्ब्यवहार गर्दे गर्दा वालिकाकी फुपुले थाहा पाएकी थिईन । स्थानिय वाल क्लवका वालवालिकाहरुले प्रहरी गुहारेपछि राईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरेपनि राजनीतिक दवावका कारण कार्वाही नहुने सम्भावना वढेकोले उनलाई कडा कार्वाही गरिनुपर्ने माग गर्दे वालवालिकाहरुले सुनसरीको ईलाका प्रहरी कार्यालयमा धर्ना दिएका छन् ।
कडा कार्वाही हुनुपर्ने माग गर्दे विष्णुपादुका वाल सन्जालका वालवालिकाहरुले धर्ना दिएका हुन् । यौन दुर्ब्यवहार गर्ने राईलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग गर्दे आफुहरुले धर्ना दिएको विष्णुपादुका वाल सन्जालका अध्यक्ष गरिमा राईले वताईन । राईलाई ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरीसकेको र उनी कार्वाहीको प्रकिृयामा रहेको ईलाका प्रहरी कार्यालय धरानका प्रमुख टेकवहादुर तामाङले जानकारी दिए । डिएसपी तामाङले धर्नामा वसेका वालवालिकाहरुलाई दोषीलाई कानुनी सजाय हुने आश्वासन दिएका थिए ।
भैरब आङ्ला, धरान