पाल्पा, २८ भदौ
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको आयोजनामा आज देखि तानसेनमा २८ भदौ देखि ‘जनरल चोइ राष्ट्रिय तेक्वान्दो महोत्सव’ सुरु भएको छ । प्रतियोगिताको प्रहरी महानिरीक्षक कुवेरसिंह रानाले उद्घाटन गर्दै खेलकुदबाट मुलुकलाई चिनाउन सफल खेलाडीको प्रशंसा गरे । पुख्यौली थलो पाल्पा भएका महानिरीक्षक रानाले प्रहरीले थालेको लागु पदार्थ दुव्यर्सन नियन्त्रणमा खेलकुदले सघाएको बताए ।
कार्यक्रममा राष्टिय खेलकुद परिषदका सदस्य रेशमलाल लामा, राष्टिय खेलकुद परिषद्का खेलकुद विकास विभागका प्रमुख प्रकाशचन्द घिमिरे, प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले जिल्लामा हुने राष्टिय प्रतियोगिताले खेलाडीलाई हौसला बढाएको बताए । प्रतियोगितामा पाँच विकास क्षेत्रका ८१ क्लव साथै विभागीय टोली शसस्त्र प्रहरी र नेपाली सेनाको सहभागीता रहेको छ । प्रतियोगितामा स्पारिङ्ग, प्याटर्न, सेल्फ डिफेन्स, स्पेशयल टेक्निक, पावर ब्रेकिङ्ग गरी आइटिएफ तेक्वान्दोका पाँच विधामा प्रतिस्पर्धा हुनेछ । जसमा १ सय ४ स्वर्ण र रजत र १ सय ४० कास्य गरी जम्मा ३ सय ४८ पदकका लागि झण्डै ६ सय ५० खेलाडीले प्रतिस्पर्धा गनर्जेछन् । १८ वर्षदेखि ३९ वर्षसम्मको सिनियरतर्फ महिला तथा पुरुष, १४ वर्षदेखि १७ वर्षसम्मको जुनियरतर्फ महिला पुरुषको स्पर्धा भइरहेको खेल आज सकिने अयाोजक समितिका संयोजक रेवतबहादुर रानाले जनाए ।
यस्तै १४ वर्षमुनिका बालबालिकाहरुको व्ल्याक वेल्ट तथा करण वेल्टहरुको छुट्टाछुट्टै क्याटगोरी प्रतिस्पर्धा गर्न मिल्नेगरी प्रतियोगिता आयोजना गरिएको छ । एकल स्पारिङ्ग तर्फ ३६ क्याटेगोरी हुनेछ । जसमा महिला, पुरुष र बालबालिका हुनेछन् । एकल प्याट्रनमा ३२ क्याटोगोरी, समूहगत प्याट्रन चार क्याटोगोरी हुनेछ । आयोजकका अनुसार पावर बे्रकिङ्ग दुई, स्पेसल टेक्निक दुई, सेल्फ डिफेन्स दुई क्याटोगोरी हुनेछ । ओभरअल टिम च्याम्पियनले ट्रफी र १५ हजार, टिम सेकेण्डले ट्रफी र १० हजार पाउनेछन् । ओभरअल टिम थर्ड, सिनियर टिम च्याम्पियन, जुनियर टिम च्याम्पियन, बालबालिका टिम च्याम्पियनले ट्रफी र ५ हजार नगद पुरस्कार पाउने जिल्ला संयोजक निरबहादुर सारुले बताए ।
तेक्वान्दोका जन्मदाता स्व.जनरल चोई होङ्ग हीको स्मृतिमा महोत्सव मुलुकका विभिन्न स्थानमा प्रत्येक वर्ष हुँदै आएको छ । जिल्लामा व्यवस्थापन गरेको आइटिएफले पर्यटकीय नगरमा राष्ट्रिय प्रतियोगिता सम्पन्न गर्न पाउँदा जिल्लाकै गौरव र खेलाडीलाई उत्साह बढेको जनाएको छ ।
यसैबिच हिजो भएको हरियो पेटीको प्याट्रन (काटा) परिक्षामा मदरल्याण्ड पाल्पाका कैलाश श्रेष्ठले स्वर्ण पदक जिते भने काली गण्डकी स्याङ्गजाका बिशाल रेश्मी दोश्र्रो भएका छन् ।
पहेलो पेटीमा महिला तर्फ सनराईज कलब डुम्रे पाल्पाकी श्रीजना राना पहिलो भईन् भने ललितपुरकी प्रतिभा राजथला दोश्र्रो भएकी छिन् ।
हरियो पेटीमा भतmपुरका सचिन लामा पहिलो भए भने प्यारागान पाल्पाका रेखा श्रीस दोश्र्रो भएका छन् । निलो पेटीमा भएको प्रतिस्पर्धामा बेथ्थल बोर्डिग स्कुल पाल्पाकी सलिना गाहा पहिलो भईन् भने बनेपाकी सोनी बस्नेत दोश्र्रो भएकी छिन् ।
रातो पेटीमा काठमाण्डौकी निश्मा बस्याल पहिलो भईन् भने धापासी काठमाण्डौकै रन्जु पुलामी दोश्र्रो भएकी छिन् । कालो पेटीको फन डानमा चितवनकी प्रतिमा पुलामी पहिलो भईन् भने मदरल्याण्ड पाल्पाकी समिक्षा थापा दोश्र्रो भएकी छिन् ।
कालोपेटी दोश्र्रो दानमा बेथ्थल पाल्पाकी प्रसंसा रेग्मी पहिलो र मदरल्याण्ड पाल्पाकै दिपा थापा दोश्र्रो भएकी छिन् ।
देब पचभैया