मिलेर जान माओवादी राज्यसमितिको दवाव

Read Time:1 Minute, 27 Second

गोरखा (पालुङ्टार), ८ मङ्सिर ।

एकीकृत नेकपा (माओवादी) का राज्य समिति सदस्यहरूले बरिष्ठ नेताहरूलाई मिलेर जान दबाब दिएका छन् ।

 मङ्सिर ५ गतेदेखि यहाँ सुरु भएको छैटौँ विस्तारित बैठकको चौथो दिन आजको बैठकमा आ–आफ्नो धारणा राख्ने क्रममा उनीहरूले यस्तो दबाब दिएको बुझिएको छ ।

 अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्षद्वय मोहन वैद्य किरण र डा बाबुराम भट्टराईले प्रस्तुत गर्नुभएको छुट्टाछुट्टै राजनीतिक प्रस्तावमाथि आ–आफ्नो पक्षबाट समूहगत धारणा राख्ने क्रममा उनीहरूले नेताहरूलाई एकताबद्ध भई शान्ति प्रक्रिया र संविधानलेखन कार्यक्रमलाई पूर्णता दिन आग्रह गरेको पार्टी प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।

 उहाँका अनुसार आ–आफ्ना धारणा राख्न छुट्ट्याइएका ३० वटा समूहमध्ये अहिलेसम्म सेती–महाकाली, भेरी–कर्णाली र मगरात राज्य समितिका टोली नेताहरूले आ–आफ्नो पक्षबाट सुझाव राखिसकेका छन् । रासस

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %