अफगानिस्तानले भारतसंग लियो बदला

Read Time:3 Minute, 2 Second

आठौं साफ च्याम्पियनसिप फुटबलको उपाधि अफगानिस्तानले जितेको छ । काठमाडौंस्थित दशरथ रंगशालामा भएको प्रतियोगिताको फाइनल भिडन्तमा भारतलाई २–० गोलअन्तरले हराउँदै अफगानिस्तानले पहिलो पटक उपाधि उचालेको हो । अफगानिस्तानको जितमा मुस्तफा अजाद्जोए र सन्जदर मोहम्मद अहमादीले दुई गोल गरे । खेलको नवौं मिनेटमै अफगानिस्तानले अग्रता लिएको थियो । भारतीय रक्षापंक्तिलाई समेत छक्याएर खाली पोष्टमा मुस्तफाले गोल गरे । सम्हालिन नपाउँदै गोल खाएपछि आत्तिएको भारतले पहिलो हाफको अन्त्यतिर अफगानी गोलपोष्टमा आक्रमण तेज बनाएको थियो । तर दोस्रो हाफको ६२ औं मिनेटमा पुनः गोल खाएपछि भारत खेलमा फर्कन सकेन । दोस्रो हाफमा भारतले पहिलो हाफको तुलनामा केही मजबुद खेल प्रस्तुत गरे पनि गोल गर्न सकेन । भारतीय कप्तान सुनील क्षेत्रीलाई सुरुआती टोलीमा मैदान प्रवेश नगराउनु भारतका लागि महंगो सावित भयो ।

६० औं मिनेटमा क्षेत्री मैदानमा प्रवेश गरेपछि भने भारतले केही राम्रो प्रदर्शन गरेको थियो । आजको जितपछि अफगानिस्तानले दुई वर्षअघि फाइनलमा पाएको पराजयको बदला लिएको छ । सन् २०११ मा नयाँ दिल्लीमा भएको फाइनलमा अफगानिस्तानलाई हराउँदै भारतले उपाधि जितेको थियो । पराजय पछि भारत भने दोस्रो पटक फाइनल पुगेर उपाधि जित्नबाट बञ्चित भएको छ । यद्यपि भारत यो प्रतियोगिताको सर्वाधिक सफल देश हो ।
भारतले यसअघि पाँच पटक उपाधि जितिसकेको छ । जितसँगै अफगानिस्तानले ५० हजार अमेरिकी डलर र ट्रफी पाउँदा भारत २५ हजार डलरमा चित्त बुझाउन बाध्य भयो । यस्तै सेमिफाइलन पुगेका दुई टिम नेपाल र माल्दिभ्सले पनि दश–दश हजार अमेरिकी डलर प्राप्त गरे । यता प्रतियोगिताको उत्कृष्ट खेलाडीका रुपमा अफगानिस्तानका गोलकिपर मन्सुर फजिरयारले ट्रफी जित्दा नेपालको उत्कृष्ट खेलाडीका रुपमा रविन श्रेष्ठले मोटरसाइकल प्राप्त गरे । यस्तै नेपालले फेयर प्लेको उपाधि जित्यो भने प्रतियोगिताभर सर्वाधिक १० गोल गरेका माल्दिभ्सका कप्तान अली अस्फाक सर्वाधिक गोलकर्ता बने ।  

आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %