महाबाणिज्यदुत दाहालले चेम्बरको आतिथ्य नपाउने

Read Time:3 Minute, 20 Second

चेम्बर अफ कमर्स हगंकगं र आदिवासी जनजाति महासंघ हगंकगबीच आज भएको वार्ताले मुखैमा आउन थालेको चेम्बरको अधिवेशनमा महाबाणिज्यदुत महेश प्रसाद दाहाललाई नबोलाउने सहमति गरेकोछ । ७ बर्ष देखि जनजाति महाबाणिज्यदुतको माग राख्दै आएको महासंघले नयाँ महाबाणिज्यदुत दाहाललाई औपचारिक कार्यक्रममा नबोलाउन सबै संस्थालाई परिपत्र गरेकोछ । त्यसै कारण अहिले सम्म कुनै संस्थाले दाहाललाई प्रमुख अतिथि बनाएकोछैन ।

 चेम्बरले महासंघले गरेको अनुरोध सम्बन्धमा कुरा गर्न आज वार्ता गरेकोथियो । अधिवेशनमा महाबाणिज्यदुतलाई बोलाउने सम्बन्धमा वार्ता केन्द्रित थियो । स्रोतको भनाईमा चेम्बरका तर्फबाट सहभागी अध्यक्ष जेएन ज्ञवाली सहित राजेन्द्र थापा र कमल पौडेलले अधिवेशनमा महाबाणिज्यदुत बोलाउन अनुमति मागेकाथिए । उता महासंघको तर्फबाट संघर्ष समितिका संयोजक भुपेन्द्र चेम्जोगंको नेतृत्वमा गएको भक्त दुरा, किसन राई, यलम्बर किरातको टोलीले आफुहरुको बाध्यता बुझिदिन अनुरोध गर्दै भद्रतापुर्वक नबोलाउन अनुरोध गरेकाथिए । तिनले आफ्ना पछाडी थुप्रा समुदाय भएका र वार्ताले केहि टुंगो नलाग्दासम्म महाबाणिज्यदुतलाई बोलाउदा तिनको भावना माथि आघात पुग्ने स्मरण गराएकाथिए ।

बरु दाहालको साटो बाणिज्यदुत किरण शाक्यलाई बोलाई कार्यक्रम गर्न दुबै संस्था सहमतिमा पुगेकोछ । वार्ताकै क्रममा हिजो एनआरएनले नेपाल एयरलाईन्सका म्यानेजरको विदाईमा राखेको भोजमा महाबाणिज्यदुतलाई बोलाएर  द्वन्द बढाउन खोजिएको टिप्पणी गरिएकोथियो । भोज कार्यक्रममा सहभागी एनआरएनका जिम्मेवार ब्यक्तिहरुले नै उक्त कार्यक्रमका फोटोहरु गर्वका साथ पोस्ट गरि महासंघलाई जिस्क्याउन खोजेको महासंघका प्रतिनिधिहरुको भनाई थियो । त्यसले स्वंय महाबाणिज्यदुतलाई पनि राम्रो नगर्ने तिनको आक्रोस थियो । प्रत्युत्तरमा चेम्बरका प्रतिनिधिहरुले आफुहरुले नेपाली समाजमा भिड़न्त र द्वन्द बढाउने कुनै काम नगर्ने दोहोर्याएकाथिए । तिनले बरु जनजाति मुद्दालाई प्रभावकारी रुपमा लैजान नेपालका राजनैतिक दलहरुलाई दवाव दिन सुझाव दिएकाथिए । त्यसमा के गर्न सकिन्छ चेम्बरले पनि सहयोग गर्ने प्रतिबद्धता जाहेर गरिएकोथियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %